वीरगंज । निरन्तर रुपमा उतारचढाव भइरहेको नेप्से परिसूचक साताको दोस्रो सोमबार पनि उच्च अंकले गिरावट आएको छ ।
सोमबार नेप्से परिसूचक २४.४६ अंक घटेर १९३८.७६ बिन्दुमा झरेको हो । त्यस्तै, सेन्सेटिभ इण्डेक्स ५.१९ अंक, फ्लोट इण्डेक्स १.३८ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स १.६९ अंक घटेको छ ।
सोमबार कारोवारमा आएका २४० कम्पनीको ४१ लाख २७ हजार कित्ता शेयर १ अर्ब ६७ करोड ४ लाख रुपैयाँ बराबरको खरिदबिक्री भएको छ । आइतबार १ अर्ब ५६ करोड रुपैयाँको कारोबार भएकोमा सोमवार १ अर्ब ६७ करोडको कारोबार भएको छ ।