वीरगंज । पर्साको सखुवाप्रसौनी गाउँपालिका वडा नम्बर २ रामभौरी स्थित शिव प्राथमिक विधालयको सौन्दर्यकरण र पर्खाल निर्माणको काम शुरु भएको छ । नेपाल सुशासन पार्टीका नेता शीव कुमार साहले सोमबार विधालयको सौन्दर्यकरण र पर्खाल निर्माणको शिलान्याश गरेका हुन् । मधेस प्रदेस सरकारले उपलब्ध गराएको २५ लाख रुपैयाको लागतमा सौन्दर्यकरण र पर्खाल निर्माणको काम शुरु गरिएको हो ।
उक्त काम ३ महिना भित्रमा सम्पन्न हुने उपभोक्ता समितिले जनाएको छ । शीलान्याश कार्यक्रममा बोल्दै सुशासन पार्टीका युवा नेता साहले आमनागरिकको माग अनुसार मधेस सरकारले सामुदायिक स्तरमा विधालय , सडक , नाला, सामुदायिक भवन, मन्दिर , मस्जिद निर्माणको कार्यलाई तिब्रता दिदै आएकोमा मधेस प्रदेस सरकारलाई धन्यवाद दिए ।
शिलान्यास कार्यक्रममा वडा अध्यक्ष चिरञ्जिवी महतो, गाँउपालिकाकी पुर्व उपाध्यक्ष फुलमती चौधरी, उपभोक्ता समिति काअध्यक्ष भुपदेव थारु, प्रधानाध्यापक प्रेम चौधरी, पुर्व वडा अध्यक्ष नेयाज अहमद लगायतको पनि सहभागीता रहेको स्थानीय सन्चारकर्मी रामकिशोर चौधरीले जानकारी दिए ।