• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    महाकालीमा रोकिएन भारतको बलमिच्याइँ, स्थानीयकाे प्रतिराेध तर सरकार माैन

  • वीरगंज संजाल
  • १९ मंसिर २०७९, सोमबार १३:२६
  • २६३७

    वीरगंज । भारतले बंगाबगड क्षेत्रमा महाकालीको बहाव नेपालको दार्चुलातर्फ फर्काउने गरी तटबन्ध निर्माण गरिरहेको छ । नेपालमा क्षति हुनेगरी तटबन्ध निर्माण हुन थाले पनि स्थानीय प्रशासन र नेपाल सरकार मौन छ । तर, दार्चुलावासीले भने नदीको धार परिवर्तन हुनेगरी तटबन्ध निर्माण नगर्न पटकपटक आवाज उठाउँदै आएका छन् । आइतबार भारतको बलमिच्याइँविरुद्ध स्थानीय बासिन्दा विरोधमा उत्रिए । उनीहरूले भारतलाई तटबन्ध निर्माण रोक्न आग्रह गरे । महाकाली नदीको बीच भागमा ग्याबिन जाली लगाएर भारतले तटबन्ध निर्माण गरेको भन्दै विरोध गर्दा तनाव उत्पन्न भयो । सोही क्रममा दुवै देशका नागरिकबीच ढुंगा हानाहानसमेत भएको छ । ढुंगा लागेर दार्चुलाका प्रेमसिंह कुँवर र पुष्करसिंह घाइते भएका छन् । केही भारतीय नागरिक पनि घाइते भएका छन् ।

    Darchula Mahakali Bibad vivad 11670223325.jpg

    तटबन्ध निर्माण गरेर नदीको धार परिवर्तन भइरहेको भन्दै स्थानीयले आइतबार दिउँसो नेपाल–भारत जोड्ने झोलुंगे पुल अढाइ घण्टा बन्द गरेका थिए । सोमबार बिहान झन्डै दुई घण्टा भारतीय पक्षले पनि झोलुंगे पुल बन्द गरेपछि आवागमन नै बन्द भएको थियो । भारतले निर्माण गरिरहेको तटबन्धनले नेपालतर्फ ठूलो क्षति हुने स्थानीयको भनाइ छ । महाकाली नदीको धार नै नेपालतर्फ फर्किने र त्यसले बर्सातमा ठूलो क्षति हुने भन्दै उनीहरूले एकपक्षीय रूपमा भइरहेको तटबन्धन निर्माणको कार्य रोक्न माग गर्दै आएका छन् ।

    दार्चुला प्रशासनले भने समन्वय गरेरै तटबन्धन निर्माण भइरहेको जनाएको छ । दार्चुलाका सहायक प्रमुख जिल्ला अधिकारी हेमन्ती साउँदले तटबन्ध निर्माण गर्दा समन्वय गर्न भारतीय पक्षलाई आग्रह गरेको बताउँदै भनिन्, “हाम्रो समन्वयमा नै तटबन्ध निर्माणको काम भइरहेको छ । आइतबार दिउँसो केही विवाद भएको थियो, अहिले साम्य भइसकेको छ ।” यस्तै, आइतबार दार्चुलाका प्रमुख जिल्ला अधिकारी दीर्घराज उपाध्याय नेतृत्वको टोलीले भारततर्फ निर्माण गरिरहेको तटबन्धको स्थलगत निरीक्षण गरेको छ । नेपालतिर क्षति पुग्नेगरी तटबन्ध निर्माणको कार्य नगर्न प्रमुख जिल्ला अधिकारी उपाध्याय नेतृत्वको टोलीले भारतीय पक्षलाई आग्रह गरेको छ ।

    Darchula Mahakali Bibad vivad 21670223325.jpg

    भारतीय कम्पनी अरुण कन्स्ट्रक्सनले सीमा नदी महाकालीमा गत वर्षबाटै तटबन्ध निर्माण गरिरहेको छ । एक किलोमिटर लम्बाइ र आठ मिटर चौडाइमा पक्की तटबन्ध निर्माण भइरहेको हो ।  कहिले महाकालीमा तटबन्धन निर्माण त कहिले सडक निर्माणका कारण दार्चुलामा सीमा विवाद बढ्दै गएको छ । दार्चुलामा रहेको नेपाली भू–भाग लिपुलेक, कालापानी र लिम्पियाधुरा भएर तिब्बतमा रहेको धार्मिकस्थल मानसरोवरसम्म जाने बाटो निर्माणका क्रममा पनि पटकपटक विवाद हुँदै आएको छ । सोही सडक निर्माण गर्दा भारतमा विस्फोट गरिएको ढुंगा उछिट्टिएर दार्चुलाको ब्यास गाउँपालिका–२ तम्बाकुस्थित बाटोमा हिँडिरहेका ९ वर्षीय पवन महराको मृत्यु भएको थियो । ०७७ वैशाख २६ गते तत्कालीन भारतीय गृहमन्त्री राजनाथ सिंहले उक्त सडकको ‘भर्चुअल’ उद्घाटन गरेका थिए ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला
  • नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश
  • वीरगन्ज लेडिज सर्कल ३ द्वारा नारायणी अस्पतालमा फलफुल वितरण
  • सामाजिक युवा एकता क्लबद्वारा रक्तदान, ५१ जनाले गरे रक्तदान
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश

    वीरगन्ज लेडिज सर्कल ३ द्वारा नारायणी अस्पतालमा फलफुल वितरण

    सामाजिक युवा एकता क्लबद्वारा रक्तदान, ५१ जनाले गरे रक्तदान

    छपकैयाका आलमलाई उपकार सेवा नेपालद्वारा व्हिलचेयर सहयोग

    वीरगंजमा कृत्रिम खानेपानी अभाव सिर्जना गर्ने कार्य: नेपाल खानेपानी संस्थानको गम्भीर ध्यानाकर्षण, नगरवासीलाई सचेत रहन अपिल

    लगातार ५ बलमा ५ विकेट लिएर विश्वरेकर्ड, कुनै पनि व्यसायिक क्रिकेटमा पहिलो घटना

    क्यानडामा कपिल शर्माको क्याफेमा गोली प्रहार, प्रहरीले के भन्यो?

    ट्रम्पको जन्मसिद्ध नागरिकता खारेज गर्ने आदेशमा संघीय अदालतको रोक

    क्यानडालाई ३५ प्रतिशत भन्सार शुल्क लगाउने ट्रम्पको घोषणा

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश

    वीरगन्ज लेडिज सर्कल ३ द्वारा नारायणी अस्पतालमा फलफुल वितरण

    सामाजिक युवा एकता क्लबद्वारा रक्तदान, ५१ जनाले गरे रक्तदान

    छपकैयाका आलमलाई उपकार सेवा नेपालद्वारा व्हिलचेयर सहयोग

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    News

    नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश

    News

    वीरगन्ज लेडिज सर्कल ३ द्वारा नारायणी अस्पतालमा फलफुल वितरण

    News

    सामाजिक युवा एकता क्लबद्वारा रक्तदान, ५१ जनाले गरे रक्तदान

    News

    छपकैयाका आलमलाई उपकार सेवा नेपालद्वारा व्हिलचेयर सहयोग

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑