• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    प्रहरीमा डीआईजीको दौडधुप : एआईजी बन्न सके आईजीपी पक्का

  • वीरगंज संजाल
  • १९ मंसिर २०७९, सोमबार १३:१९
  • १८२५

    वीरगंज । नेपाल प्रहरीमा रिक्त एआईजी दरबन्दीमा पर्न डीआईजीहरुको दौडधुप सुरु भएको छ । चारजना एआईजी रिक्त भएपछि डीआईजीहरुको दौडधुप सुरु भएको हो । प्रहरीका आठजना एआईजीमध्ये चार दरबन्दी रिक्त छ । अहिले बढुवामा पर्न सके आगामी चैतमा आईजीपी बन्ने भएकाले पनि एआईजी बढुवालाई चासोका साथ हेरिएको छ । आईजीपी बन्ने भएकाले पनि डीआईजीहरु शक्तिकेन्द्र रिझाउन थालेका छन् । प्रधानमन्त्री शेरबहादुर देउवा र गृहमन्त्री बालकृष्ण खाँणले पनि नयाँ सरकार बन्नुअघि नै एआईजी बढुवा गर्ने तयारी गरेको स्रोतले बताएको छ । तर, चुनाव सकिएकाले नयाँ सरकार बनेपछि मात्रै बढुवालगायत काम अगाडि बढाउनु पर्ने दबाब पनि केहीले दिन थालेका छन् । आईजीपीका ब्याचीहरु विश्वराज पोखरेल, मुकुन्द आचार्य, अरुण बीसी र रवीन्द्रबहादुर धानुकले उमेर हदका कारण अवकाश पाइसकेका छन् ।

    यसबाहेक पूजा सिंहले फागुनमा अवकाश अनिवार्य पाउने छिन् ।

    एआईजी सहकुल थापा, दिवेश लोहनी र उत्तमराज सुवेदी आईजीपी धीरजप्रतापसिंहसँगै आगामी चैतमा अवकाशमा जानेछन् ।२० जना डीआईजी एआईजी बढुवाको लाइनमा छन् । जसमध्ये तीनजना डीआईजी नलप्रसाद उपाध्याय, मोहन आचार्य र मसाउद आलम खाँ आईजीपीका ब्याची हुन् । आईजीपी धिरज प्रताप सिंहले आफ्ना ब्याचका तीनजनालाई नै एआईजी बनाउनुपर्ने बताउँदै आएका छन् । तर, यसबाहेक अरु सबै जुनियर ब्याच अर्थात एकै ब्याचका हुन् ।आईजीपीका ब्याची तीनजना डीआईजी एआईजी बढुवा भए एकजना मात्रै जुनियर ब्याचबाट एआईजी बन्ने अवसर प्राप्त गर्नेछन् । जो हालका आईजीपी ब्याचबाहेकका डीआईजी एआईजी बन्ने छन् उनीहरु नै आगामी चैतमा प्रहरी प्रमुख बन्ने सम्भावना बलियो बन्नेछ ।

    एआईजी बढुवाका लागि बसन्त कुँवर, टेकप्रसाद राई, अशोक सिंह, दीपक थापा, श्यामलाल ज्ञवाली, किरण बज्राचार्य, सन्दीप भण्डारी, सुदीप गिरी, मीरा चौधरी, टेकबहादुर तामाङ, उमेशराज जोशी, भीमप्रसाद ढकाल, रामदत्त जोशी, पोषराज पोखरेल, बुद्धिराज गुरुङ, दुर्गा सिंह र किरण राणा छन् ।एकै ब्याचका भए पनि उनीहरु फरक–फरक मितिमा डीआईजी बढुवा भएका हुन् । अहिलेकै सत्ता गठबन्धनको सरकार भए आगामी आईजीपी पनि अहिले बढुवा भएकै एआईजीबाट बन्नेछन् । तर, सरकार फरक गठबन्धनको भएमा सरकारले चाहेको अर्को व्यक्ति पनि आईजीपी बन्न सक्ने सम्भावना रहन्छ ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • वीरगन्ज महानगरपालिकामा साउन १३ गतेदेखि वर्षे विदा
  • ट्राफिक प्रहरी निरीक्षक लोकराज भट्ट असार महिनाको ‘उत्कृष्ट ट्राफिक प्रहरी’ घोषित
  • अनेरास्ववियु पर्साद्वारा ठाकुरराम क्याम्पसमा वृक्षारोपण कार्यक्रम सम्पन्न
  • संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    वीरगन्ज महानगरपालिकामा साउन १३ गतेदेखि वर्षे विदा

    ट्राफिक प्रहरी निरीक्षक लोकराज भट्ट असार महिनाको ‘उत्कृष्ट ट्राफिक प्रहरी’ घोषित

    अनेरास्ववियु पर्साद्वारा ठाकुरराम क्याम्पसमा वृक्षारोपण कार्यक्रम सम्पन्न

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश

    वीरगन्ज लेडिज सर्कल ३ द्वारा नारायणी अस्पतालमा फलफुल वितरण

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    वीरगन्ज महानगरपालिकामा साउन १३ गतेदेखि वर्षे विदा

    News

    ट्राफिक प्रहरी निरीक्षक लोकराज भट्ट असार महिनाको ‘उत्कृष्ट ट्राफिक प्रहरी’ घोषित

    News

    अनेरास्ववियु पर्साद्वारा ठाकुरराम क्याम्पसमा वृक्षारोपण कार्यक्रम सम्पन्न

    News

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    News

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑