• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    मोतीबिन्दुको उपचार कसरी गरिन्छ, कति लाग्छ खर्च

  • वीरगंज संजाल
  • १९ मंसिर २०७९, सोमबार ११:४४
  • १९४५

    वीरगंज । नेपालमा मात्र होइन, अन्य विकासोन्मुख देशमा अन्धोपनको प्रमुख कारक मोतीबिन्दु हो । अहिले मान्छेको सरदर आयु बढेको छ । तर जीवनशैली पनि परिवर्तन भएर मधुमेह, उच्च रक्तचापको समस्या बढेको छ, जसले मोतीबिन्दु हुनेहरूको संख्या बढेको छ । आँखामा एउटा प्राकृतिक पारदर्शी लेन्स हुन्छ । त्यो लेन्समा कलर परिवर्तन हुँदै आयो, अथवा बाक्लो हुँदै गयो भने आँखाको पारदर्शितामा धमिलोपन आई हेर्ने क्षमतामा कमी आउनुलाई मोतीबिन्दु भनिन्छ । उमेर बढेसँगै शरीरका हरेक सेल्स परिवर्तन हुन्छन् । त्यसरी नै आँखामा भएको पारदर्शी लेन्स पनि परिवर्तन हुने नेत्ररोग विशेषज्ञ डा. कमलबहादुर खड्का बताउँछन् ।

    कुन उमेरमा बढी हुन्छ मोतीबिन्दु ?
    प्रायः उमेर बढ्दै गएपछि अधिकांश मानिसमा यो समस्या देखिने गर्छ । विशेषगरी ५० वर्षको उमेरपछि मोतीबिन्दुको समस्या बढी देखिन्छ । जसलाई उमेर अनुसारको मोतीबिन्दु भनिन्छ । मधुमेह तथा हाइपरटेन्सन जस्ता रोगका कारण पनि मोतीबिन्दु हुनसक्ने डा. खड्का बताउँछन् । ‘कहिलेकाहीं दुर्घटना भएर आँखामा चोट लाग्दा, जन्मजात नै मोतीबिन्दु, स्टेरोइडको बढी प्रयोगका कारण र आँखाको अन्य शल्यक्रिया गर्दा पनि यो समस्या देखा पर्छ । तर ८० प्रतिशतभन्दा बढी मोतीबिन्दुको समस्या उमेर ढल्किएपछि नै हुन्छ,’ उनी भन्छन् ।

    मोतीबिन्दु भएमा के हुन्छ ?
    डा. खड्का भन्छन्, ‘मोतीबिन्दु भएमा आँखा हेर्न गाह्रो हुने र धमिलो हुने जस्ता समस्या हुन्छ । यसको समयमा उपचार गरिएन भने पछि जलबिन्दु समेत हुन्छ ।’ मोतीबिन्दु भएपछि बिस्तारै आँखाको दृष्टि कम हुँदै पूरै दृष्टि नै गुम्ने भय पनि हुने उनी बताउँछन् । यसको समयमा उपचार नगरे जटिल समस्या आउन सक्छ ।

    के छ उपचार ?
    मोतीबिन्दु भएपछि यसको उपचार भनेको शल्यक्रिया हो । मोतीबिन्दु भइसकेपछिको सबैभन्दा प्रभावकारी उपचार पनि शल्यक्रिया नै हो । यो रोग औषधिले ठीक हुँदैन । शल्यक्रियापछि यो पूर्णतः निको हुन्छ । यसको उपचार समयमा गरियो भने ९९ प्रतिशत निको हुने डा. खड्का बताउँछन् । ‘यसको शल्यक्रिया गर्दा पुरानो लेन्स निकालेर कृत्रिम लेन्स राख्ने हो । आँखामा रहेको लेन्सलाई ढाक्ने झिल्लीलाई सानो प्वाल पारेर निकालिन्छ र कृत्रिम लेन्स राखिन्छ,’ उनी भन्छन् । ‘यो शल्यक्रिया सामान्य रूपमा गरिएको सर्जिकल प्रक्रियामध्ये एक हो र सबैभन्दा सफल प्रक्रियामध्ये एक हो,’ डा. खड्का भन्छन्, ‘सानो झिल्लीबाट यो लेन्स राखिन्छ । यदि त्यो झिल्ली फुट्यो भने लेन्स राख्न सकिंदैन । अनुभवी डाक्टरसँग शल्यक्रिया गर्दा त्यति जटिल हुँदैन ।’

    शल्यक्रिया गरेकै दिन बिरामीलाई डिस्चार्ज गरिन्छ ?
    मोतीबिन्दुको शल्यक्रिया पहिले ठूलो घाउ बनाएर ७ देखि ११ वटासम्म टाँका लगाएर तीन-चार दिनसम्म अस्पतालमा राखेर गर्ने गरिन्थ्यो । तर पछिल्लो समय मोतीबिन्दु शल्यक्रियाको लागि नयाँ प्रविधि भित्रिएको डा. खड्का बताउँछन् । ‘अहिले एकदमै सानो घाउ २.३ मिलिमिटरको घाउ बनाएर त्यहाँबाट लेन्स निकालेर कृत्रिम लेन्सलाई पट्याएर राखिन्छ । त्यो लेन्सभित्र गएपछि आफैं त्यसले आफ्नो साइज लिन्छ,’ उनी भन्छन् ।मोतीबिन्दुको शल्यक्रिया गरेकै दिन बिरामीलाई डिस्चार्ज गरिन्छ । शल्यक्रिया सकिएपछि आधा घण्टा मात्र बेडमा रेस्ट गराएर बिरामीलाई डिस्चार्ज गर्न सकिन्छ ।

    शल्यक्रियाका लागि कति लाग्छ खर्च लाग्छ ?
    शल्यक्रियाको लागि नेपाल तथा भारतमा बनेको लेन्स प्रयोग गरियो भने न्यूनतम खर्च १२ हजार ५०० रुपैयाँ लाग्छ । कसैले आफ्नो रुचिअनुसार अमेरिकी, जर्मन लगायतका देशमा बनेको लेन्स राख्छु भन्यो भने लेन्सको शुल्क महँगो परेर ३२ हजारदेखि ३५ हजार रुपैयाँसम्म पर्छ । मोतीबिन्दुको शल्यक्रिया गर्न ३० मिनेट भन्दा कम समय लाग्छ । अनुभवी डाक्टरसँग शल्यक्रिया गर्ने हो भने १० मिनेटमा नै यो शल्यक्रिया हुने उनी बताउँछन् ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • यी हुन् मुखको दुर्गन्ध हटाउने १० घरेलु उपाय
  • ‘नर्मल डेलिभरी’ चाहनेले ध्यान दिनुपर्ने पाँच कुरा
  • नेपालमा रेल सेवाको विकास र विस्तारमा लगानी गर्न मन्त्री दाहालको आग्रह
  • के विश्वभरि नै शुक्रकीटको गुणस्तर खस्किरहेको हो ?
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    यी हुन् मुखको दुर्गन्ध हटाउने १० घरेलु उपाय

    ‘नर्मल डेलिभरी’ चाहनेले ध्यान दिनुपर्ने पाँच कुरा

    नेपालमा रेल सेवाको विकास र विस्तारमा लगानी गर्न मन्त्री दाहालको आग्रह

    के विश्वभरि नै शुक्रकीटको गुणस्तर खस्किरहेको हो ?

    सुन्दर छालाका लागि पिउनुहोस् चिया

    आजको राशिफल

    डिजिटल मिडियालाई कारबाही गर्ने काउन्सिलको निर्णय सदर

    बेलायतको श्रम बजारमा मन्दीको संकेत: तलब वृद्धिमा गिरावट, बेरोजगारी दरमा वृद्धि

    📱 CMF Phone 1 Price in Nepal

    मुख्यमन्त्री सिंहद्वारा सामुदायिक विद्यालयमा अनुगमन

    ‘नर्मल डेलिभरी’ चाहनेले ध्यान दिनुपर्ने पाँच कुरा

    नेपालमा रेल सेवाको विकास र विस्तारमा लगानी गर्न मन्त्री दाहालको आग्रह

    के विश्वभरि नै शुक्रकीटको गुणस्तर खस्किरहेको हो ?

    आजको राशिफल

    डिजिटल मिडियालाई कारबाही गर्ने काउन्सिलको निर्णय सदर

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    यी हुन् मुखको दुर्गन्ध हटाउने १० घरेलु उपाय

    News

    ‘नर्मल डेलिभरी’ चाहनेले ध्यान दिनुपर्ने पाँच कुरा

    News

    नेपालमा रेल सेवाको विकास र विस्तारमा लगानी गर्न मन्त्री दाहालको आग्रह

    News

    के विश्वभरि नै शुक्रकीटको गुणस्तर खस्किरहेको हो ?

    News

    सुन्दर छालाका लागि पिउनुहोस् चिया

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑