वीरगंज । ब्राजिलियन फरवार्ड गाब्रियल जेसस र डिफेन्डर एलेक्स टेलासले फिफा विश्वकप २०२२ का बाँकी खेल खेल्न नसक्ने भएका छन्।
समूह चरणमा क्यामरुनसँग १-० गोलले पराजित भएको खेलमा ब्राजिलका दुवै खेलाडी घाइते भएका थिए। दुवैको दायाँ घुँडामा चोट लागेको थियो।
ब्राजिलियन फुटबल एसोसिएनले दुवै खेलाडीले फिफा विश्वकप २०२२ का बाँकी खेल खेल्न असम्भव भएको बताएको छ। ब्राजिलले अन्तिम १६ को खेलमा सोमबार राति दक्षिण कोरियासँग खेल्दैछ।