• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    जनप्रतिनिधि र कर्मचारीले नै तिरेनन् सहकारीको ऋण

  • वीरगंज संजाल
  • १८ मंसिर २०७९, आईतवार १४:०९
  • १६०१

    वीरगंज । गोकर्णेश्वर नगरपालिका-५ जोरपाटीमा रहेको मञ्जुश्री बचत तथा ऋण सहकारी संस्था लिमिटेडबाट लिएको ऋण जनप्रतिनिधि, पूर्वसञ्चालक, पूर्वकर्मचारीले समयमै नतिर्दा बचतकर्ता समस्यामा परेका छन् ।नगरपालिकाको वडा नं ६ का वडाध्यक्ष नवराज लामा सहकारीको सचिव भएका बेला विसं २०६९ असोज १६ मा श्रीमती राधा राईका नाममा रु १६ लाख ३० हजार दुई सय ८६ ऋण लिएका थिए । लामाले लिएको ऋणको अवधि विसं २०७० असोज १५ मा सकिए पनि अझैसम्म ऋण तिरेका छैनन् । लामा विसं २०७४ को स्थानीय तह निर्वाचनमा नेकपा एमालेका तर्फबाट वडा सदस्य पदमा निर्वाचित हुनुभएको थियो ।यसबारे ऋणी लामाकी श्रीमती राईलाई सम्पर्क गर्दा श्रीमानसँग नै यस विषयमा कुरा गर्नुपर्ने बताइन् । राईले दिएको नम्बरमा पटक–पटक लामासँग प्रतिक्रियाका लागि सम्पर्क गर्दा सम्पर्क हुन सकेन । मञ्जुश्री सहकारीको ऋण नतिर्ने लामा एक्ला जनप्रतिनिधि भने होइनन् । नगरपालिकाको वडा नं ५ का वडा सदस्य श्रीबहादुर योगीले पनि उक्त सहकारीको ऋण तिरेका छैनन् । विसं २०७९ को स्थानीय तह निर्वाचनमा नेपाली कांग्रेसका तर्फबाट वडा सदस्य पदमा निर्वाचित भएका योगीले २०७६ असार ३१ गते एक लाख ८१ हजार चार सय १६ ऋण लिएका थिए । योगीले सहकारीलाई ऋण चुक्ता गर्नुपर्ने मिति २०७६ पुस २८ गते नै समाप्त भइसकेको छ । लामा र योगीलाई पटक–पटक पत्र काट्दा पनि ऋण नतिरेको सहकारीका प्रशासन प्रमुख विजय तामाङले गुनासो गरे । ‘जनप्रतिनिधिले नै सहकारीको ऋण नतिरेपछि अरुले दिन मानिरहेका छैनन्, सहकारीका बचतकर्ता भने कार्यालयमै आएर धर्ना दिन थालेका छन्, बचतकर्ताको पैसा खाएर भाग्ने हाम्रो नियत छैन’, उनले भने ।

    सिन्धुपाल्चोक जिल्लाको मेलम्ची नगरपालिका वडा नं ५ का अध्यक्ष राजु रायमाझीले पनि सहकारीसँग लिएको ऋण नतिरेको अभिलेख देखिन्छ । रायमाझीले विसं २०७२ भदौ १६ गते रु तीन लाख २० हजार चार सय ९० ऋण लिनुभएको थियो । रायमाझी पनि २०७९ को स्थानीय तह निर्वाचनमा कांग्रेसका तर्फबाट वडाध्यक्ष निर्वाचित भएका थिए । ऋण तिर्न रायमाझी, योगी र लामालाई पटक-पटक पत्राचार गरेको सहकारीको अभिलेखमा उल्लेख छ । तीनै जना जनप्रतिनिधिसँग प्रतिक्रियाका लागि पटक–पटक सम्पर्क गर्दा पनि उनीहरु सम्पर्कमा आउन चाहेनन् । वचत फिर्ता नहुँदा रोकियो मुटुरोगीको शल्यक्रिया : काभ्रेपलाञ्चोकको पाँचखाल स्थायी घर भएकी पार्वती दाहाल विगत दुई दशकदेखि माकालबारीमा पसल चलाउँछिन् । पसलबाट भएको आम्दानी बचत गरे अप्ठ्यारो परेका बेला काम चलाउन सकिन्छ भनी उनले सहकारीमा पैसा राखिन् । पटक–पटक गरेर दाहालले सहकारीमा छ लाख रुपैयाँ बचत गरेकी छन् । दशैँअघि नै मुटुको शल्यक्रिया गर्नका लागि सहकारीमा पैसा फिर्ता माग्न जाँदा उनले पैसा पाइनन् । ‘मेरो आफ्नै उपचारका लागि सहकारीमा श्रीमानले बचत गरिदिनुभएको हो, त र मैले अप्ठ्यारो परेका बेला पैसा पाउन सकिन’ उनले भनिन् । स्थानीयस्तरमा सहकारीलाई नियमन गर्ने नगरपालिकामा कार्यरत पुष्पबहादुर जिसी र अर्जुन श्रेष्ठले पनि मञ्जुश्री सहकारीबाट ऋण लिएका छन् । उनीहरुले पनि अहिलेसम्म ऋण नतिरेको सहकारीका प्रशासन प्रमुख तामाङले सुनाए ।

    यसैगरी सहकारीका पूर्वकर्मचारीहरूले लिएको ऋण पनि अझै फिर्ता गरेका छैनन् । सहकारीका पूर्वव्यवस्थापक लेखनाथ लामाले विसं २०७६ असार ३१ गते रु ३२ लाख ५३ हजार चार सय पाँच ऋण लिएका थिए । उनले ऋण तिर्नुपर्ने म्याद २०७६ पुस २८ गते नै समाप्त भए पनि अझै ऋण चुक्ता नगरेको पनि सहकारीले जनाएको छ । चन्दु लामा र रामेश्वर चौलागाईँ पनि सहकारीका पूर्वकर्मचारी हुन् । दुवैले लिएको ऋण नतिरेको अभिलेख सहकारीको कार्यालयमा रहेको छ ।सहकारीका अध्यक्ष इन्द्र लामा ऋणीसँग पैसा उठाएर बचतकर्तालाई फिर्ता गरिने प्रतिबद्धता जनाए । सहकारीका नाममा घर पनि छ । बचतकर्तालाई पैसा फिर्ता गर्न त्यो घर पनि बेच्ने योजना बनाएको उनले सुनाए । ‘बचतकर्ताले दुःख गरी जम्मा गरेको पैसा हामी खाँदैनौँ, जसरी पनि पैसा फिर्ता गर्न लागेका छौँ, पैसा फिर्ता पाइन्छ भन्नेमा मञ्जुश्रीका बचतकर्ता ढुक्क बन्नुभए हुन्छ’ उनले भने ।नगरपालिकाका प्रवक्ता एवं वडा नं ५ का अध्यक्ष नारायणबहादुर सुवेदी जनप्रतिनिधि र नगरपालिकाका कर्मचारीले लिएको ऋण फिर्ता गराउन पहल गर्ने प्रतिबद्धता जनाए ।‘नगरपालिकाका जनप्रतिनिधि र कर्मचारीको ऋणले मात्र सहकारी डुबेको होइन, बचत पैसाले घर किनेर धेरै मूल्याङ्कन गरेको सुनेको छु, पैसा घरमा लगाएपछि बचत फिर्ता हुन नसकेको हो, बचत फिर्ताका लागि हामी पनि पहल गर्छौँ’, उनले भने ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • वीरगन्ज महानगरपालिकामा साउन १३ गतेदेखि वर्षे विदा
  • ट्राफिक प्रहरी निरीक्षक लोकराज भट्ट असार महिनाको ‘उत्कृष्ट ट्राफिक प्रहरी’ घोषित
  • अनेरास्ववियु पर्साद्वारा ठाकुरराम क्याम्पसमा वृक्षारोपण कार्यक्रम सम्पन्न
  • संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    वीरगन्ज महानगरपालिकामा साउन १३ गतेदेखि वर्षे विदा

    ट्राफिक प्रहरी निरीक्षक लोकराज भट्ट असार महिनाको ‘उत्कृष्ट ट्राफिक प्रहरी’ घोषित

    अनेरास्ववियु पर्साद्वारा ठाकुरराम क्याम्पसमा वृक्षारोपण कार्यक्रम सम्पन्न

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश

    वीरगन्ज लेडिज सर्कल ३ द्वारा नारायणी अस्पतालमा फलफुल वितरण

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    वीरगन्ज महानगरपालिकामा साउन १३ गतेदेखि वर्षे विदा

    News

    ट्राफिक प्रहरी निरीक्षक लोकराज भट्ट असार महिनाको ‘उत्कृष्ट ट्राफिक प्रहरी’ घोषित

    News

    अनेरास्ववियु पर्साद्वारा ठाकुरराम क्याम्पसमा वृक्षारोपण कार्यक्रम सम्पन्न

    News

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    News

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑