• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    पर्सामा ४५ हजारभन्दा बढी मत बदर

  • वीरगंज संजाल
  • १८ मंसिर २०७९, आईतवार १३:३१
  • १८२५

    वीरगन्ज । मंसिर ४ मा सम्पन्न प्रतिनिधि र प्रदेशसभा निर्वाचनमा पर्सा जिल्लामा प्रत्यक्ष र समानुपातिक गरी ४५ हजार ७२५ मत बदर भएको जिल्ला निर्वाचन कार्यालय पर्साले जनाएको छ। निर्वाचन कार्यालयका पर्साका अनुसार प्रत्यक्षतर्फ खसेको कुल मतमध्ये ३.८९ प्रतिशत मत बदर भएको छ। त्यस्तै समानुपातिकतर्फ खसेको कुल मतमध्ये ५.७५ प्रतिशत मत बदर भएको हो। पर्साका चार निर्वाचन क्षेत्र र आठ प्रदेशसभा निर्वाचन क्षेत्रमा गरी प्रत्यक्षतर्फ १८ हजार ४१९ मत र समानुपातिकतर्फ २७ हजार ३०६ मत गरी ४५ हजार ७२५ मत बदर भएको हो। प्रत्यक्ष तर्फ पर्साको प्रतिनिधिसभा क्षेत्र नम्बर १ मा कूल ५१ हजार २११ मत खसेकोमा २ हजार ५९१ मत अर्थात ५.०६ प्रतिशत मत बदर भएको छ। प्रत्यक्ष तर्फ पर्साको प्रतिनिधिसभा क्षेत्र नम्बर २ मा भने सबै भन्दा बढी ५.२० प्रतिशत मत बदर भएको छ। उक्त क्षेत्रमा ५८ हजार ५४७ मत खसेकोमा ३ हजार ४६ मत अर्थात ५.२० प्रतिशत मत बदर भएको हो।

    प्रत्यक्ष तर्फ पर्साको प्रतिनिधिसभा क्षेत्र नम्बर ३ मा ६४ हजार ३२४ मत खसेकोमा २ हजार ६५१ अर्थात ४.१२ प्रतिशत र क्षेत्र ४ मा ६२ हजार २१९ मत खसेकोमा २ हजार १०३ मत अर्थात ३.३८ प्रतिशत मत बदर भएको जिल्ला निर्वाचन कार्यालय पर्साकी प्रमुख रन्जित झाले जानकारी दिइन्। यसैगरि प्रदेशसभाको प्रत्यक्ष तर्फ सबैभन्दा बढी क्षेत्र नम्बर को २ (क) मा मत बदर भएको छ। ८ वटा प्रदेशसभा निर्वाचन क्षेत्र रहेको पर्साको क्षेत्र नम्बर २ को (क) मा ३१ हजार ४५७ मत खसेकोमा १ हजार ३७१ मत अर्थात ४.३६ प्रतिशत मत बदर भएको छ। सबैभन्दा कम क्षेत्र नम्बर ४ को (ख ) मा ८७८ मत अर्थात २.६९ प्रतिशत मत बदर भएको छ। बदर मत प्रत्यक्षभन्दा समानुपातिकमा बढी : पर्सामा प्रत्यक्षको भन्दा समानुपातिकतर्फ भने बढी मत बदर भएको जिल्ला निर्वाचान कार्यालय पर्साले जनाएको छ। प्रतिनिधिसभाको समानुपातिक तर्फ ४.७९ प्रतिशत मत बदर भएको छ। जिल्लाका चार वटै प्रतिनिधिसभा निर्वाचन क्षेत्रमा गरी समानुपातिक तर्फ कूल २ लाख ३६ हजार ६५० मत खसेकोमा ११ हजार ३४७ मत अर्थात ४.७९ प्रतिशत मत बदर भएको हो। यस्तै प्रदेशसभामा पनि आठ वटै प्रदेशसभा निर्वाचन क्षेत्रमा गरी समानुपातिक तर्फ कूल २ लाख ३७ हजार ४१७ मत खसेकोमा त्यसमध्ये १५ हजार ९५९ मत अर्थात ६.७२ प्रतिशत मत बदर भएको निर्वाचन कार्यलय प्रमुख झाले बताइन् ।

    २०७४ को भन्दा यसपालि बदर मतको संख्या आधा : निर्वाचन आयोगको तथ्याङक अनुसार , पर्सामा २०७४ को निर्वाचनको भन्दा यसपालि मंसिर ४ मा भएको निर्वाचनमा भने बदर मतको संख्या निक्कै कम भएको छ। आयोगको तथ्याङक अनुसार २०७४ सालको प्रतिनिधि तथा प्रदेश सभाको निर्वाचनमा पर्सामा प्रत्यक्ष र समानुपातिको गरी औसतमा ९.३७ प्रतिशत मत बदर भएको थियो। तर यसपालिको निर्वाचन त्यो प्रतिशत घटेर ४.८२ प्रतिशतमा झरेको हो। मतदाता शिक्षा प्रभावकारी भएको र मतपत्रहरू पनि छुटटा छुटटै भएका कारणले यसपटकको निर्वाचनमा पर्सामा बदर मतको संख्या विगतको निर्वाचनको भन्दा कम भएको जिल्ला निर्वाचन कार्यालय प्रमुख झाले बताइन्। उनले भनिन् , ‘हामीले विभिन्न पालिकाहरूमा निर्वाचन अगाडि नमूना मतदान गराएका थियौं, जिल्लाकै सञ्चारमाध्यमहरूबाट मतदाता शिक्षाको प्रचारप्रसार पनि गराएका थियौं, १४ वटै पालिकामा फोकल पर्सन पनि राखेका थियौं।’ यसका साथै प्रत्येक पालिकाले हरेक वडामा एक जना महिला स्वंयसेविकालाई घरघरमा पठाएर मतदातालाई मतदान गर्ने शिक्षा प्रदान गरेको पनि झाले बताइन्। यसका साथै यसपालिको निर्वाचनमा चारवटा बेग्ला बेग्लै मतपत्र भएकाले पनि मतदातालाई मतदान गर्ने अलमल नभएकाले पनि बदर मतको संख्यामा कमी आएको झाले बताए।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • ट्राफिक प्रहरी निरीक्षक लोकराज भट्ट असार महिनाको ‘उत्कृष्ट ट्राफिक प्रहरी’ घोषित
  • अनेरास्ववियु पर्साद्वारा ठाकुरराम क्याम्पसमा वृक्षारोपण कार्यक्रम सम्पन्न
  • संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा
  • सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    ट्राफिक प्रहरी निरीक्षक लोकराज भट्ट असार महिनाको ‘उत्कृष्ट ट्राफिक प्रहरी’ घोषित

    अनेरास्ववियु पर्साद्वारा ठाकुरराम क्याम्पसमा वृक्षारोपण कार्यक्रम सम्पन्न

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश

    वीरगन्ज लेडिज सर्कल ३ द्वारा नारायणी अस्पतालमा फलफुल वितरण

    सामाजिक युवा एकता क्लबद्वारा रक्तदान, ५१ जनाले गरे रक्तदान

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    ट्राफिक प्रहरी निरीक्षक लोकराज भट्ट असार महिनाको ‘उत्कृष्ट ट्राफिक प्रहरी’ घोषित

    News

    अनेरास्ववियु पर्साद्वारा ठाकुरराम क्याम्पसमा वृक्षारोपण कार्यक्रम सम्पन्न

    News

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    News

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    News

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑