भक्तपुर । नेकपा एमालेका नेता एवम् नवनिर्वाचित प्रतिनिधि सभा सदस्य गोकुल बास्कोटाको भक्तपुरस्थित घरमा शंकास्पद वस्तु फेला परेको छ । नेपाली सेनाको बम डिस्पोजल टोली पनि भर्खरैमात्रै आइपुगेको छ ।
यसअघि प्रहरीले सो वरपरको क्षेत्र नियन्त्रणमा लिएको थियो ।सुरक्षाकर्मीबाहेक अन्यलाई आउजाउ गर्न प्रहरीले रोक लगाएको छ । जिल्ला प्रहरी परिसर भक्तपुरका एसपी प्रजित केसीले शंकास्पद वस्तु देखिएपछि घटनास्थल वरपरको क्षेत्र नेपाल प्रहरीले नियन्त्रणमा लिएर
नेपाली सेनाको बम डिस्पोजल टोलीलाई बोलाएको जानकारी दिए । ‘शंकास्पद वस्तु देखिएपछि हामी रिस्क लिंदैनौं, आर्मीको डिस्पोजल टोलीलाई आइपुगेको छ, अब डिस्पोज उसैले गर्छ,’ एसपी केसीले अनलाइनखबरसँग भने ।