• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    माग र बजार नभएपछि वीरगन्जको शालिमार सहित आधा दर्जन स्टिल उद्योग बन्द

  • वीरगंज संजाल
  • १८ मंसिर २०७९, आईतवार ११:५९
  • ६९४९

    वीरगंज । माग र बजार नभएपछि डेढ दर्जन स्टिल उद्योगले उत्पादन ठप्प पारेका छन्  । तीमध्ये ६ वटा उद्योग पूर्ण रूपमा बन्द भएका छन् । पर्सा– बारा औद्योगिक कोरिडोरमा रहेका शालिममार स्टिल , गोयल स्पात लगायतका ६ उद्योग बन्द भएका हुन् भने यसै कोरिडोरमा रहेका साख स्टिल , हिमाल स्टिल लगायत १० उद्योगले उत्पादन ठप्प पारेका छन् । अहिले चालु रहेका स्टिल उद्योग पनि पूर्ण क्षमतामा चल्न सकेका छैनन्  । प्रायः स्टिल उद्योगहरुको उत्पादन ६ महिनादेखि बन्द रहेको व्यवसायी बताउँछन्  । बैंक तथा वित्तीय संस्थामा लगानी योग्य रकम अभावको प्रभाव उद्योगमा परेको पञ्चकन्या ग्रुपका निर्देशक उज्ज्वल श्रेष्ठले जनाए । ‘बजार छैन, कारोबार छैन,’ उनले भने, ‘निर्वाचनपछि बजार माग बढ्ला र यो क्षेत्र चलायमान होला भन्ने आशामा छौं ।’ अर्थमन्त्री जर्नादन शर्माले ब्लेड लगायत वस्तुको भन्सार दर बढाएपछि आयात गर्ने उद्योगलाई ७ रुपैयाँ महँगो परेको उनको भनाइ छ । यद्यपि उक्त निर्णय सरकारले सच्याइसकेको छ । ‘ब्लेड आफैं बनाउने उद्योगलाई डन्डी उत्पादन सस्तो पर्छ,’ श्रेष्ठले भने, ‘ब्लेड आयात गरेर डन्डी उत्पादन गर्नेलाई ७ रुपैयाँ महँगो पर्छ ।’ पञ्चकन्या उद्योगले ब्लेड आयात गरेर डन्डी बनाउने गरेको उनले बताए ।

    बैंकसँग रकम अभाव हुँदा त्यसको प्रभाव उद्योगमा परेको नेपाल स्टिल रोलिङ मिल एसोसिएसनका सदस्यसमेत रहेका श्रेष्ठको भनाइ छ । ब्लेडको कारोबार करोडौं रुपैयाँमा हुन्छ । ‘यो कारोबारका लागि कर्जा दिन बैंकसँग क्षमता छैन,’ उनले भने, ‘जसको प्रभाव समग्र उद्योगमा परेको छ ।’ नेपाल राष्ट्र बैंकको कसिलो नीतिले पनि व्यवसाय चलाउन समस्या भएको उनको गुनासो छ । ‘सरकारी खर्च हुन सकेको छैन । सबैको ध्यान निर्वाचनमा केन्द्रित छ,’ उनले भने, ‘जबसम्म मौद्रिक नीति व्यवसायीमैत्री आउँदैन, बजारमा यसको माग बढ्दैन, तबसम्म उद्योग चलाउन गाह्रो छ ।’पहिले वार्षिक १२ देखि १५ लाख टन डन्डी खपत हुने गथ्र्यो । गत आर्थिक वर्षमा भने १० लाख टन मात्र खपत भएको छ । ‘उद्योगहरूको उत्पादन क्षमता वार्षिक ४५ लाखदेखि ५० लाख टनसम्म छ,’ श्रेष्ठले भने, ‘चालु आर्थिक वर्षको पहिलो त्रैमासिकमा उद्योगहरूको क्षमता उपयोग ३० प्रतिशत मात्र छ ।’ बैंकहरूको ब्याजदर बढिरहेको छ । तरलताको अवस्था के हुन्छ र ब्याजदर कति पुग्छ भन्ने कुराले उद्योगहरूको उत्पादन क्षमता निर्भर हुने उनले बताए । ‘डन्डी उद्योग ३२ वटा दर्ता भएका छन्, त्यसमा १८ भन्दा बढी चलेका छैनन्,’ उनले भने, ‘हाम्रो उद्योगको उत्पादन बन्द भएर मौज्दातमा रहेको सामान मात्र बिक्री गरिरहेका छौं ।’ मंसिरमा पनि उद्योग चल्न सक्ने अवस्था नरहेको उनको भनाइ छ । डन्डी उद्योगले घाटा सहेर बिक्री गरिरहेको उनको दाबी छ । ब्लेड आयात गर्ने उद्योगको संख्या करिब १० रहेको श्रेष्ठको भनाइ छ ।

    सरकारी नीतिमा परिवर्तन हुन नसक्दा डन्डीको बजार प्रभावित बनेको हामा स्टिलका राजन श्रेष्ठ बताउँछन् । ‘ब्लेड ल्याएर डन्डी उत्पादन गर्ने उद्योगले यहीँ ब्लेड तयार पारेर डन्डी उत्पादन गर्ने उद्योगसँग प्रतिस्पर्धा गर्न नसक्दा केही उद्योग बन्द भएका छन्,’ उनले भने, ‘त्यस्ता उद्योगले उनीहरूसँग डन्डी किनेर बिक्री गर्नुपर्ने अवस्था आएको छ ।’ लामो समय यस्तै भइरहे डन्डी उद्योगको अस्तित्व संकटमा पर्ने खतरा रहेको उनको भनाइ छ । ‘ठूला उद्योगसँग डन्डी किनेर बेच्न बाध्य छौं, आफैंले बाहिरबाट ब्लेड किनेर ल्याई बेच्न सक्ने अवस्था छैन,’ उनले भने । समग्रमा डन्डीको बजार गतिलो नभएको नेपाल स्टिल रोलिङ मिल एसोसिएसनका उपाध्यक्ष एवं अम्बे स्टिल्सका हरि न्यौपानेको भनाइ छ । ‘घर बनाउनेहरूलाई बैंकले ऋण दिएको छैन । निर्माण व्यवसायीले काम गरेको भुक्तानी पाएका छैनन्,’ उनले भने, ‘चुनावका कारण निर्माणका काम पनि खासै भएका छैनन्, जसले गर्दा यसको खपत छैन, बजारमा नगद प्रवाह पनि कम छ ।’ अम्बे स्टिल्स भने पूर्ण क्षमतामा चलेको उनले बताए । ‘हाम्रो उद्योग चलिरहेको छ, उत्पादन बिक्री भने कम छ,’ उनले भने, ‘राष्ट्र बैंकको नीतिले बैंकहरू पनि दोधारमा छन् ।’

    दसैं तिहार, बर्खा, चुनाव सबैले यो उद्योगमा प्रभाव परेको उनको भनाइ छ । यहाँ भएका उद्योगहरूले भारतमा भन्दा सस्तोमा ब्लेड दिने गरेको उनले बताए । ‘भारतमा भन्दा दुईतीन रुपैयाँ कम मूल्यमा यहाँका उद्योगले ब्लेड दिन तयार छन्,’ उनले भने, ‘डन्डी बिक्री नभएर समस्या भएको हुन सक्छ । तर ब्लेड महँगो भएर यस्तो भएको हो भन्नु गलत हो ।’ व्यवसायीका अनुसार रोलिङ मिल भएको उद्योगको लागत ३ देखि ४ अर्ब रुपैयाँ र भट्टी जडित उद्योगको न्यूनतम लागत ५ देखि ६ अर्ब रुपैयाँ छ ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • सिलाई मेसिनसहित प्रमाणपत्र वितरण गर्दै अध्यक्ष यादवद्वारा महिला सशक्तिकरणमा जोड
  • सर्लाहीमा बाटो विस्तारको विषयमा विवाद, प्रहरीले चलायो गोली
  • कारागारबाट रविको सन्देश–रास्वपाको उदयबाट अत्तालिएकाले मलाई सिध्याउन भयानक षड्यन्त्र रचे
  • चितवन दुर्घटना : यस्तो छ मृतक र घाइतेहरूको विवरण (सूची)
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    सिलाई मेसिनसहित प्रमाणपत्र वितरण गर्दै अध्यक्ष यादवद्वारा महिला सशक्तिकरणमा जोड

    सर्लाहीमा बाटो विस्तारको विषयमा विवाद, प्रहरीले चलायो गोली

    कारागारबाट रविको सन्देश–रास्वपाको उदयबाट अत्तालिएकाले मलाई सिध्याउन भयानक षड्यन्त्र रचे

    चितवन दुर्घटना : यस्तो छ मृतक र घाइतेहरूको विवरण (सूची)

    अहिलेको सरकार देशको सम्पत्ति लुटेर विदेश पुर्याउने भगौडा दलालहरूको पक्षधर हो : प्रभु साह

    अन्तर्राष्ट्रिय योग दिवसमा बीरगञ्जमा भव्य योग कार्यक्रम सम्पन्न

    गोलबजारमा युवतीद्वारा युवकमाथि डेरामै छुरा प्रहार, प्रेम सम्बन्धबाट उत्पन्न विवादको आशंका

    पर्सा–३ मा रुपेश पाण्डे : उदाउँदो राजनीतिक तारा किशोरदेखि युवासमूहसम्मको रोजाइ, ज्येष्ठ नागरिकको भरोसा बटुल्दै

    बाँकेमा अगुवा कार्यकर्ता भेटघाट कार्यक्रम सम्पन्न : मन्त्री राजकुमार गुप्ताको संगठन सुदृढीकरणमा जोड

    अमेरिकाले फेरि विदेशी विद्यार्थीहरूलाई भिसा दिने प्रक्रिया सुरु गर्ने, तर शर्त पालना गर्नुपर्ने

    सिलाई मेसिनसहित प्रमाणपत्र वितरण गर्दै अध्यक्ष यादवद्वारा महिला सशक्तिकरणमा जोड

    सर्लाहीमा बाटो विस्तारको विषयमा विवाद, प्रहरीले चलायो गोली

    कारागारबाट रविको सन्देश–रास्वपाको उदयबाट अत्तालिएकाले मलाई सिध्याउन भयानक षड्यन्त्र रचे

    चितवन दुर्घटना : यस्तो छ मृतक र घाइतेहरूको विवरण (सूची)

    अन्तर्राष्ट्रिय योग दिवसमा बीरगञ्जमा भव्य योग कार्यक्रम सम्पन्न

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    सिलाई मेसिनसहित प्रमाणपत्र वितरण गर्दै अध्यक्ष यादवद्वारा महिला सशक्तिकरणमा जोड

    News

    सर्लाहीमा बाटो विस्तारको विषयमा विवाद, प्रहरीले चलायो गोली

    News

    कारागारबाट रविको सन्देश–रास्वपाको उदयबाट अत्तालिएकाले मलाई सिध्याउन भयानक षड्यन्त्र रचे

    News

    चितवन दुर्घटना : यस्तो छ मृतक र घाइतेहरूको विवरण (सूची)

    News

    अन्तर्राष्ट्रिय योग दिवसमा बीरगञ्जमा भव्य योग कार्यक्रम सम्पन्न

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑