वीरगंज । राउण्ड टेबल नेपाले वीरगञ्जका विभिन्न कर्पाेरेट हाउसका लागि मुभेम्बर कर्पोरेट सचेतना सत्र सञ्चालन गरेको छ । पुरुषहरुमा प्रोस्टेट र अण्डकोषको क्यान्सर बारे चेतना जगाउने लक्ष्य कार्यक्रममार्फत राखिएको छ ।
सो अवसरमा नारायणी अस्पतालका कन्सलटेन्ट फिजिसियन डा. सरोजरोशन दासले सहभागीहरुलाई प्रोस्टेट र अण्डकोषको क्यान्सरका बारेमा जानकारी गराएका थिए । जिटिसी ग्रुप, रियल स्टिल प्रा.ली, क्लार्क रिसोर्ट,
गिन्नी एण्ड सन्स (यमाहा डिभिजन) लगायतका विभिन्न कर्पाेरेट हाउसका लगभग १ सय भन्दा धेरै कर्मचारी कार्यक्रमबाट लाभान्वित भइसकेका छन् । राउण्ड टेबल नेपालको राष्ट्रिय पहल अन्तर्गत वीरगन्ज फ्रेन्ड्स राउण्ड टेबल ८ ले कार्यक्रमको आयोजना गरेको हो । साभाल : यात्रा डिलि