• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    नयाँ सरकार गठनका लागि एमाले आन्तरिक छलफलमा

  • वीरगंज संजाल
  • १४ मंसिर २०७९, बुधबार १५:०५
  • १५६१

    वीरगंज । मंसिर-४ मा सम्पन्न आम निर्वाचनको परिणामले नेपाली कांग्रेस सबैभन्दा ठूलो दल बन्ने देखिएको छ। तर समानुपातिक मतमा भने एमाले पहिलो बनेको छ। निर्वाचनले सरकार गठनका लागि कुनै पनि दललाई स्पष्ट बहुमत नदिएपछि अब फेरि गठबन्धन सरकार नै गठन हुने देखिएको छ। त्यसका लागि वर्तमान सत्ता गठबन्धनले सरकार गठनको पहल थालेको छ। यही गठबन्धनलाई निरन्तरता दिने गरी सत्ता गठबन्धनबीच छलफल सुरु भएपनि शक्ति बाँडफाँटका विषयमा उनीहरुबीच कुरा मिलिसकेको छैन।

    सत्ता गठबन्धनले अहिलेकै गठबन्धनलाई निरन्तरता दिने गरी सरकार गठनको प्रयास गरेका बेला नेकपा एमालेले पनि अनौपचारिक रुपमा सरकार गठनका लागि प्रयास सुरु गरेको छ। समानुपातिकतर्फ ठूलो दल बनेको एमालेले जनताले सबै दललाई मिलेर काम गर्ने म्याण्डेड दिएकाले सरकार गठनका लागि अनौपचारिक रुपमा छलफल थालेको हो। एमाले अध्यक्ष केपी शर्मा ओलीले केही दिन अगाडि माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई टेलिफोन गरेर जितको शुभकामना दिँदै प्रचण्डसँग औपचारिक संवादको थालनी गरिसकेका छन्। माओवादी भित्र पनि बाम शक्तिबीच तालमेल गर्दै वाम सरकार गठन गर्नुपर्ने आवाज उठ्न थालेको छ। विशेष गरी महासचिव देव गुरुङ कांग्रेससँगको गठबन्धनले पार्टीलाई फाइदा नपुगेको भन्दै वाम तालमेल गर्नुपर्ने पक्षमा छन्।

    एमाले उपाध्यक्ष सुवास नेम्वाङ निर्वाचन परिणामले सबै दल मिल्नुको विकल्पन नरहेको बताउँछन्। कुनै पनि दल वा गठबन्धनको स्पष्ट बहुमत आउने अवस्था नदेखिएको भन्दै सरकार गठनका विषयमा दलहरुबीच संवाद र छलफल हुनु स्वभाविक भएको उनको भनाइ छ।जनताले निषेधको राजनीतिलाई खारेज गरिदिएको उल्लेख गर्दै नेम्वाङले सबै दल मिलेर अगाडि बढ्नुपर्नेमा उनको जोड छ। एमालेले औपचारिक रुपमा सरकार गठनको पहल थालेको छैन। तर अनौपचारिक रुपमा उ विभिन्न दलसँग संवादमा नै छ। सकेसम्म वाम सरकार गठनका लागि एमालेले प्रयत्न गर्ने र त्यस्तो संभव नभए अन्य विकल्पमा पनि जान सकिने गरी छलफल भइरहेको स्रोतले जनाएको छ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • पर्सालगायत आसपासको जिल्लामा हावाहुरीसहित हल्का वर्षा
  • सङ्घीय निजामती सेवा विधेयक संसदीय समितिबाट पारित
  • राजनीतिक चलखेलमा कुलमान-रविहरूलाई हटाइन्छ’
  • महालेखाद्वारा सवा चार खर्ब असुल्न सरकारलाई निर्देशन
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    पर्सालगायत आसपासको जिल्लामा हावाहुरीसहित हल्का वर्षा

    सङ्घीय निजामती सेवा विधेयक संसदीय समितिबाट पारित

    राजनीतिक चलखेलमा कुलमान-रविहरूलाई हटाइन्छ’

    महालेखाद्वारा सवा चार खर्ब असुल्न सरकारलाई निर्देशन

    वीरगनंजमा खाने पानीको संकट: मुहान सुक्दै

    आज शुक्रबारको राशिफल

    वार्षिक कार्यक्रमहरू समयमै सम्पन्न गर्न मन्त्री गुप्ताको निर्देशन

    नेशनल मेडिकल कलेजद्वारा घडीर्वा पोखरी अवस्थित नि:शुल्क स्वास्थ्य शिविर सम्पन्न

    जानकी महिला जागरण समाज र कानुनी सहायता केन्द्रद्वारा उप–प्रमुख आलमसँग लैंगिक न्यायबारे छलफल

    पोखरिया अस्पतालमा नसा तथा हाडजोर्नी , डेन्टल लगाएत बाल रोग सम्बधी उपचार हुने

    पर्सालगायत आसपासको जिल्लामा हावाहुरीसहित हल्का वर्षा

    सङ्घीय निजामती सेवा विधेयक संसदीय समितिबाट पारित

    राजनीतिक चलखेलमा कुलमान-रविहरूलाई हटाइन्छ’

    महालेखाद्वारा सवा चार खर्ब असुल्न सरकारलाई निर्देशन

    वीरगनंजमा खाने पानीको संकट: मुहान सुक्दै

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    पर्सालगायत आसपासको जिल्लामा हावाहुरीसहित हल्का वर्षा

    News

    सङ्घीय निजामती सेवा विधेयक संसदीय समितिबाट पारित

    News

    राजनीतिक चलखेलमा कुलमान-रविहरूलाई हटाइन्छ’

    News

    महालेखाद्वारा सवा चार खर्ब असुल्न सरकारलाई निर्देशन

    News

    वीरगनंजमा खाने पानीको संकट: मुहान सुक्दै

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑