वीरगंज । जबर्जस्ती करणी र डाँका मुद्दामा फरार भएका धनपति ढुङ्गानालाई जिल्ला प्रहरी कार्यालय झापाले सोमबार पक्राउ गरेको छ । नेपाल प्रहरीद्वारा सार्वजनिक सूचनाअनुसार उनी १५ वर्षपछि पक्राउ परेका हुन् ।
जिल्ला प्रहरी कार्यालय झापाबाट खटिएको विशेष टोलीले उनलाई पक्राउ गरेको हो । उनलाई फैसला कार्यान्वयनका लागि कारागार कार्यालय भद्रपुर चन्द्रगढी पठाइएको छ । ७७ वर्षीय ढुंगाना झापा कन्काई नगरपालिका-४ का हुन् ।
जिल्ला अदालत झापाले १३ पुस २०६७ मा धनपतिलाई जबर्जस्ती करणी र डाँका मुद्दामा ६ वर्ष कैद र ७५ हजार रुपैयाँ जरिवाना सुनाएको थियो । त्यसलगत्तै उनी फरार थिए ।