। मध्यतराइकै पहिलो रेडियो स्टेसन; रेडियो वीरगञ्जले आफ्नो वार्षिकोत्सवको अवसरमा रक्तदान कार्यक्रमको आयोजना गर्ने भएको छ ।
आफ्नो २१ औँ वार्षिकोत्सवको अवसरमा रेडियोले आसन्न मंसिर २४ गते रेडियो प्रांगणमै वृहत रक्तदान कार्यक्रम गर्ने जनाएको हो ।
समाजीक क्षेत्रमा समेत उल्लेख्य योगदान पुर्याउँदै आएको रेडियोले प्रत्येक वर्षको कार्यक्रमलाई निरन्तरता दिएको अध्यक्ष धुर्व साहले बताए । ‘२० वर्ष पार गरेर २१ औँ वर्षमा प्रवेश गरेको अवसरमा हामीले आफ्नो वार्षिक कार्यक्रमलाई निरन्तरता दिँदै वृहत रक्तदान आयोजना गर्न लागेका हौँ,’ अध्यक्ष साहले भने, ‘वृहतरुपमा रक्तदान गरेर यहाँ आवश्यक पर्ने रगतको आभावलाई कम गर्ने हाम्रो लक्ष्य हो ।’
साहले रेडियोका सम्पूर्ण श्रोता, शुभेच्छुकहरुलाई रक्तदान कार्यक्रममा सहभागी हुन् अनुरोध पनि गरेका छन् । वार्षिकोत्सवको अवसरमा अन्य विभिन्न कार्यक्रमहरुको पनि आयोजना गरिने साहले जानकारी दिए ।
विगत २० वर्षदेखि निरन्तर चल्दै आएको रेडियोले यस क्षेत्रका आम श्रोता, विज्ञापनदाता, शुभेच्छुकहरुमा एउटा छुटै पहिचान बनाउन सफल भएको छ ।