वीरगंज । पर्साको बहुदरमाई नगरपालिका वडा नम्बर ५ पाडेबर्वास्थित एक सामुदायिक विद्यलयमा आगजनी भएको छ ।
मनोकामना प्राथमिक विद्यालयमा शनिबार अज्ञात समुहले आगजनी गरेको प्रधानाध्यापक देवचन प्रसाद यादवले बताए । शनिबार मध्यराति तिर गरिएको आगजनीका कारण विद्यालय भित्रका सामानमाहरु जलेर नष्ट हुदा ६ लाख भन्दा बढिको क्षति भएको यादवले बताए ।
प्रधानाध्यापक यादवका अनुसार शनिबार राति अज्ञात समुहले गाउँमा रहेको टावर लाईट निभाएर विद्यालयको ताल्चा फुटाई विद्यालयभित्र प्रवेश गरेर कम्प्युटर, प्रिन्टर, टेबुल कुर्सी, कागजात, लगायतका सामाग्री जलाएर नष्ट गरेका हुन् । घटनाको बारेमा ईलाका प्रहरी कार्यालय पोखरीयमा जानकारी गराई सकेको प्रधानाध्यापक यादवले बताए ।