वीरगंज । प्रदेश नम्बर १ प्रदेशसभातर्फ १० भन्दा धेरै दलले समानुपातितर्फ एक हजार मत प्राप्त गर्न सकेनन् । प्रतिनिधिसभातर्फ २१ दलले प्राप्त गरेको मत एक हजार भन्दा कम छ । निर्वाचन आयोगको तथ्यांकअनुसार प्रदेशसभातर्फ उमेदवारी दिएका १० दलले समानुपातिकमा एक हजार पनि मत कटाउन सकेनन् ।
आयोगको तथ्यांकअनुसार मौलिक जरोकिल ९८२, एकल चिह्न गितारले ८६९, नेपाल संघीय समाजवादी पार्टीले ८५७, विवेकशील साझा पार्टीले ६१६, नेपाल कम्युनिस्ट पार्टीले ६१४, नेपाल जनता पार्टीले ५७६, नेपाल कम्युनिस्ट पार्टी माओवादी समाजवादीले ४८६, नेसनलिस्ट पिपल्स पार्टीले ४६८, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च(थरुहट) ले ४३३ र बहुजन शक्ति पार्टी २५१ मत प्राप्त गरेका छन् ।
निर्वाचन आयोगको तथ्यांकअनुसार प्रतिनिधिसभातर्फ प्रदेश १ मा २१ वटा राजनीतिक दलले एक हजार मत कटाउन सकेनन् ।