वीरगंज । मधेश सरकारले सोमबार प्रदेशभर सार्वजनिक विदा दिएको छ । प्रदेशको ठूलो पर्व सीताराम विवाहपञ्चमीको अवसरमा प्रदेश सरकारले भोली (सोमबार) सार्वजनिक विदा दिएको हो ।
मधेशका मुख्यमन्त्री लालबाबु राउतले आइतबार एउटा शुभकामना सन्देश जारी गर्दै विवाहपञ्चमीको अवसरमा सार्वजनिक विदा रहेको जानकारी गराएका छन् ।