• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    मधेश प्रदेश सरकारको नेतृत्व अब कांग्रेस वा एमालेको हातमा ?

  • वीरगंज संजाल
  • ११ मंसिर २०७९, आईतवार १३:४९
  • २२६९

    वीरगंज । प्रतिनिधि र प्रदेशसभाको निर्वाचन सम्पन्न भइ उम्मेदवारहरुको मत परिणाम धमाधम आइरहेको छ । प्रदेश सभाको ६४ वटा निर्वाचन क्षेत्र रहेको मधेश प्रदेशमा अहिलेसम्म ६१ वटा क्षेत्रको मतपरिणाम सार्वजनिक भइसकेको छ । अहिलेसम्मको मतपरिणाम अनुसार मधेश प्रदेशमा बसभन्दा ठूलो पार्टीको रुपमा नेकपा एमाले देखिएको छ । एमाले १३ सिटमा जित सुनिश्चत गरिसकेको छ भने महोत्तरीको निर्वाचन क्षेत्र १ को ख मा अग्रता कायम छ । त्यसैगरी, कांग्रेस १२,जसपा ९ सिटमा जित हात पारेका छन् । लोसपा ७ वटा सिटमा जित हासिल गरेका छन भने सर्लाहीको निर्वाचन क्षेत्र नम्बर २ को ख मा अग्रता कायम छ । माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी पार्टी ४/४ वटा क्षेत्रमा जित हासिल गरेका छन् । त्यसैगरी, प्रदेशसभाको पहिलो पटक डा.सिके राउतको नेतृत्वको पार्टी जनमत पार्टीले ६ सिट जितको छ । यो निर्वाचनको अर्को रोचक पक्ष के हो भने प्रदेशसभामा मात्रै ६ जना स्वतन्त्र उम्मेदवार विजयी भएका छन् । यस अघिका प्रदेशसभाको निर्वाचनमा एक जना मात्रै स्वतन्त्र उम्मेदवार अब्बुल कलाम अजाद निर्वाचित भएका थिए । जुन पछि तत्कालीन संघीय समाजवादी पार्टीमा प्रवेश गरेका थिए । अजाद अहिले जनता समाजवादी पार्टीबाट प्रदेश सभामा पुनः विजयी भएका छन् । मधेश प्रदेशमा प्रत्यक्ष ६४ र समानुपातिकको ४३ वटा सिट गरी १०७ वटा सिट रहेको छ । प्रत्यक्षतर्फको परिणाम करिब आइसकेको अवस्था छ । समानुपातिकतर्फको पूर्ण मतपरिणाम आउन अझै करिब एक सप्ताहसम्म कुर्नुपर्ने अवस्था छ । तर अहिले सम्मको समानुपातिक मतपरिणामको नतिजा हेर्दा कांग्रेस १ लाख ७४ हजार ४४ मत ल्याएको छ भने एमाले १ लाख ४९ हजार ९२० मत ल्याइ अग्रता छन् । अर्थात समानुपातिकमा पनि काँग्रेस र एमाले नै अधिक सिट ल्याउने देखिन्छ । मधेश केन्द्रित दल जसपा अहिलेसम्म १ लाख २२ हजार २५०, जनमत १ लाख ४४१, माओवादी केन्द्र ६६ हजार ४०५, नेकपा एस ४७ हजार ८२२, लोसपा ४५ हजार ६९६ मत मात्र ल्याउन सकेको छ । प्रत्यक्ष र समानुपातिकतर्फको सम्पन्न नहुँदै राति सुत्ने ओछ्यानदेखि चिया पसलसम्म प्रदेश सरकार गठनको विषयले चर्चा पाइरहेको छ ।

    अर्थात आगामी प्रदेश सरकारको नेतृत्व कसले गर्ने ? कसरी दलहरुले सरकार बनाउने लगायतका विषयमा सर्वसधारणदेखि राजनीतिकर्मीले चासो लिएका छन् । अहिले जनता समाजवादी पार्टी (जसपा)को नेतृत्वमा मधेश प्रदेश सरकारमा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी पार्टी रहेका छन् । तत्कालीन जसपा विभाजित हुँदा लोसपा अलग भएपछि जसपाले कांग्रेस, माओवादी केन्द्र र नेकपा एसलाई सरकारमा सामेल गरेका थिए । तर निर्वाचनमा सिटबाँडफाँटका विषयमा सत्तारुढ गठबन्धन दलसँग कुरा नमिलेपछि जसपा अध्यक्ष उपेन्द्र यादव नेकपा एमालेसंग गठबन्धन गरेर चुनावमा होमिए । तर अध्यक्ष यादवलाई एमालेसंगको चुनावी तालमेल फापेन । अन्ततः मधेश प्रदेश सरकारको नेतृत्वमा पनि गुमाउने अवस्थामा पुगेको छ । जसपा अध्यक्ष यादव एमालेसँग चुनावी तालमेल गरेपछि सत्तारुढ गठबन्धन दलका नेतृत्व गरिरहेका कांग्रेसका सभापति तथा प्रधानमन्त्री शेरवहादुर देउवा जसपाका मन्त्रीहरुलाई सरकारबाट हटाएका थिए । त्यसको प्रतिशोधमा जसपाका अध्यक्ष यादवको निर्देशनमा मधेश प्रदेशका मुख्यमन्त्री लालबाबु राउतले पनि कांग्रेसका तीन मन्त्रीलाई निर्वाचनको मुखमा हटाए । यसरी सत्तारुढ गठबन्धनबाट अलग भएका जसपालाई अहिलेको निर्वाचनको मत परिणामले मधेश प्रदेशमा पनि सरकारको नेतृत्व भन्दा पनि सरकार बनाउनमा पनि उनको भूमिका महत्वपूर्ण हुने अवस्थामा छैन । कारण समानुपातिकको मतगनामा पनि मधेश प्रदेशमा पनि नेपाली कांग्रेस र एमालेकै अग्रता देखिन्छ । त्यसपछि मधेशमा उदायको नयाँ शक्ति जनमत पार्टीको समानुपातिकमा अग्रता देखिन्छ । यसरी मधेश प्रदेश सरकार बनाउन कांग्रेस र एमालेको साथ र समर्थन आवश्यक हुन जान्छ । मधेश केन्द्रित दलहरुले अहिलेसम्म जितेको र अग्रता कायम गरेको सिटलाई आधार मानेर विशलेषण गर्ने हो भने जसपा, लोसपा र जनतम पार्टीको ५१ प्रतिशत सिट पाउन सक्ने अवस्था छैन । सत्तारुढ पाँच दलीय गठबन्धन ५१ प्रतिशत सिट ल्याउने सम्भावना प्रबल छ । फेरि एमाले जसपा गठबन्धनले पनि एक्लै चाहेको खण्डमा सरकारको लागि आवश्यक बहूमत ल्याउन सक्ने अवस्था छैन । तर जनमत पार्टी र स्वतन्त्रको सहयोगले सरकार बनाउने सक्ने सम्भावना खोज्न सकिन्छ । तर यी दुबै सर्तमा मधेश प्रदेशको नेतृत्व राष्ट्रिय पार्टी कांग्रेस वा एमाले नै पाउने छ । यसैबीच, प्रदेश सरकार गठनमा स्वतन्त्रको निर्वाचित सांसदको भूमिका महत्वपूर्ण हुने भएको छ । प्रत्यक्षतर्फको मतपरिणामलाई आधार मान्ने हो भने सत्तारुढ गठबन्धन दललाई पनि सरकार गठनको लागि आवश्यक बहुमत छैन । कांग्रेसको १२, लोसपाको अग्रता सहित ८, माओवादी केन्द्र र नेकपा एसको म त ल ा र्इ जोडदा २८ मात्र पुग्छ । सरकार बनाउन ५१ प्रतिशत सिट आवश्यक हुन्छ यस्तोमा प्रत्यक्षतर्फ मात्रै ३३ सिट चाहिन्छ । यस्तोमा सत्तारुढलाई सरकार बनाउन स्वतन्त्र वा जनमत पार्टीको सहयोग आवश्यक छ । त्यसैगरी, जसपा एमाले गठबन्धनको जसपाको ९ र एमालेको १ स्थानमा अग्रता सहित १४ गरी २५ हुन्छ । जसपा एमाले गठबन्धनले ६ सिटमा विजयी जनमतको समर्थनमा सरकार बनाउन सक्दैन ।

    त्यसलाई पनि स्वतन्त्रको सहयोग आवश्यक पर्छ । प्रदेशमा बन्ने मिलीजुली सरकार केन्द्रको सरकार जस्तै अस्थिर रहने देखिन्छ । लालबाबु राउत नेतृत्वको सरकारले ६ पटकसम्म सरकार विस्तार गरे पनि मधेश प्रदेश सरकारको नेतृत्वमा गरिहे । तर अब गठन हुने सरकार लालबाबु नेतृत्वको सरकारको भन्दा कमजोर हुने राजनीतिक विश्लेषकहरुको भनाइ छ । तत्कालीन संघीय समाजवादी र राजपाको बलियो सरकार झण्डै तीन वर्षसम्म चलेको थियो । तर राष्ट्रिय राजनीतिमा उथलफुथल भएपछि त्यसको प्रभाव मधेश प्रदेश सरकारमा पनि पर्यो । नेकपा विभाजनको प्रभाव तत्कालीन जसपामा पनि पर्यो र जसपा विभाजित भएर लोसपा बन्दा प्रदेश सरकारमा कांग्रेस, माओवादी र नेकपा एसले प्रवेश पाए । प्रदेशको नाम र राजधानीको लागि चाहिने आवश्यक बहुमत नभएको र आफ्ना नेतृत्वको सरकारलाई बचाई राख्ने कांग्रेस, माओवादी र नेकपा एसलाई पनि सरकारमा ठाँउ दियो । राजनीतिक विशलेषक रोशन जनकपुरीले अहिलेको सिनारियोले मधेश प्रदेशमा पाँच दलीय गठबन्धनले प्रदेशमा सरकार बनाउन सक्ने अवस्था छ । तर त्यो पहिलाको जस्तो टिकाउन भने अवस्थामा रहदैन । कारण संघीय सरकार नै अस्थिर रहने अवस्थाको हुन्छ । फेरि, अर्को गठबन्धन एमाले जसपाले जनमत, स्वतन्त्र वा स–साना दलहरुलाई मिलाएर सरकार गठन गरेको खण्डमा त्यो झन कमजोर हुन्छ । यी दुबै कारणले अव गठन हुने प्रदेश सरकारको जग बलियो हुने सम्भावना कम रहेको उनको भनाइ छ । ‘फेरि एमाले जसपा चुनावी तालमेल गरे पनि यी दुबै दलबीचको सम्बन्ध बलियो हुन सके को छैन, उनले अगाडि भने,एमाले अध्यक्ष ओली जसपा अध्यक्ष यादवसँग चुनावी तालमेल गर्न हात त मिलायो तर दिल मिलाउन सकेनन्, जसको कारण जसपाको सहयोगले एमालेको केही सिट त मधेश प्रदेशमा थपियो तर जसपालाई एमालेसंगको चुनावी तालमेल फापेन । ’ ‘अन्तर्घात एमाले जसपा गठबन्धनबीच मात्र नभइ सत्तारुढ गठबन्धन दलबीच पनि भएको हो,उनले अगाडि भने,‘जनमत पार्टीको मधेशमा नयाँ शक्तिको रुपमा उदय हुनु भनेको विभिन्न कारणहरु मध्ये कांग्रेस र एमालेको सहयोग पनि एक हो । गठबन्धनको हिसाबले जहाँ कांग्रेसको मत लोसपामा र एमालेको मत जसपामा पर्नुपर्नेमा जनमतमा गयो, जनमतका हारेका उम्मेदवारहरुले पनि राम्रो मत ल्याएको अवस्था छ, त्यो कहाँबाट आएको होला ? गठबन्धन भित्रमा पनि व्यापक असन्तुष्टि देखिएकोले अव गठन हुने सरकारले त्यहि सेरोफेरोको हुने निश्चित छ ।’ तत्काल सत्तारुढ गठबन्धनकै मधेश प्रदेशमा सरकार बन्ने सम्भावना रहेको उनले बताए ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • पर्सालगायत आसपासको जिल्लामा हावाहुरीसहित हल्का वर्षा
  • सङ्घीय निजामती सेवा विधेयक संसदीय समितिबाट पारित
  • राजनीतिक चलखेलमा कुलमान-रविहरूलाई हटाइन्छ’
  • महालेखाद्वारा सवा चार खर्ब असुल्न सरकारलाई निर्देशन
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    पर्सालगायत आसपासको जिल्लामा हावाहुरीसहित हल्का वर्षा

    सङ्घीय निजामती सेवा विधेयक संसदीय समितिबाट पारित

    राजनीतिक चलखेलमा कुलमान-रविहरूलाई हटाइन्छ’

    महालेखाद्वारा सवा चार खर्ब असुल्न सरकारलाई निर्देशन

    वीरगनंजमा खाने पानीको संकट: मुहान सुक्दै

    आज शुक्रबारको राशिफल

    वार्षिक कार्यक्रमहरू समयमै सम्पन्न गर्न मन्त्री गुप्ताको निर्देशन

    नेशनल मेडिकल कलेजद्वारा घडीर्वा पोखरी अवस्थित नि:शुल्क स्वास्थ्य शिविर सम्पन्न

    जानकी महिला जागरण समाज र कानुनी सहायता केन्द्रद्वारा उप–प्रमुख आलमसँग लैंगिक न्यायबारे छलफल

    पोखरिया अस्पतालमा नसा तथा हाडजोर्नी , डेन्टल लगाएत बाल रोग सम्बधी उपचार हुने

    पर्सालगायत आसपासको जिल्लामा हावाहुरीसहित हल्का वर्षा

    सङ्घीय निजामती सेवा विधेयक संसदीय समितिबाट पारित

    राजनीतिक चलखेलमा कुलमान-रविहरूलाई हटाइन्छ’

    महालेखाद्वारा सवा चार खर्ब असुल्न सरकारलाई निर्देशन

    वीरगनंजमा खाने पानीको संकट: मुहान सुक्दै

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    पर्सालगायत आसपासको जिल्लामा हावाहुरीसहित हल्का वर्षा

    News

    सङ्घीय निजामती सेवा विधेयक संसदीय समितिबाट पारित

    News

    राजनीतिक चलखेलमा कुलमान-रविहरूलाई हटाइन्छ’

    News

    महालेखाद्वारा सवा चार खर्ब असुल्न सरकारलाई निर्देशन

    News

    वीरगनंजमा खाने पानीको संकट: मुहान सुक्दै

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑