• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    गिरिराजको हारसँगै प्रतिनिधिसभातर्फ मधेसमा माओवादी शून्य भयो

  • वीरगंज संजाल
  • ११ मंसिर २०७९, आईतवार १३:१४
  • १४५७

    वीरगंज । ११ मंसिर कुनै बेला मधेसलाई आफ्नो आधार क्षेत्र बनाएको नेकपा माओवादी केन्द्र यस आम निर्वाचनमा प्रतिनिधि सभातर्फ त्यहाँ शून्य बनेको छ । माओवादी केन्द्रका उपमहासचिव समेत रहेका पोखरेले महोत्तरी–१ बाट एमालेका उम्मेदवार लक्ष्मी महतोसँग पराजित भएपछि मधेस प्रदेशमा माओवादी केन्द्र शून्य भएको हो । एमालेका उम्मेदवार महतो २३ हजार ४०२ मत ल्याएर विजय भएका छन् भने माओवादी केन्द्रका उपमहासचिव पोखरेलले २२ हजार ३७२ मत ल्याएर पराजित भएका छन् । नेकपा माओवादी केन्द्रको चुनाव चिन्ह लिएर लडेका नेपाल समाजवादी पार्टीका अध्यक्ष महिन्द्र राय यादवमात्र सर्लाहीबाट विजयी भएका छन् । माओवादी केन्द्रले प्रदेश सभातर्फ भने चारवटा सीट जितेको छ । पर्सा १ ९क० मा माओवादी केन्द्रका रोहवर अन्सारी, सर्लाही ४ ९ख० मा फकिरा महतो, महोत्तरी १ ९ख० बाट भरतप्रसाद साह र रौतहट ४ ९क० मा युवराज भट्टराई प्रदेशसभा सदस्यमा विजय भएका छन् । मधेस प्रदेशको प्रतिनिधि सभातर्फ ३२ वटा क्षेत्रमध्ये सात ठाउँमा मात्र माओवादी केन्द्रले आफ्नो उम्मेदवारी दिएको छ । प्रदेश सभातर्फ ६४ वटा क्षेत्रमध्ये १७ ठाउँमा मात्र उम्मेदवारी दिएको छ । निर्वाचन आयोगले सार्वजनिक गरेको मत परिणामअनुसार माओवादी केन्द्रले प्रतिनिधि र प्रदेश सभामध्ये कहीँ अग्रता लिएको छैन । सप्तरी र पर्सामा प्रतिनिधि सभातर्फ उम्मेदवारी नै दिएको छैन भने सिरहामा एक ठाउँमा उम्मेदवारी दिएको थियो । सिरहाको ३ नम्बर क्षेत्रमा माओवादी केन्द्रका विश्वनाथ साहले एमालेका उम्मेदवार लीलानाथ श्रेष्ठबाट पराजित भएका छन् । त्यस्तै, धनुषा १ मा माओवादी केन्द्रका उम्मेदवार मातृका यादवले जसपाका दीपक कार्कीबाट पराजित भएका छन् । महोत्तरी १ मा माओवादी केन्द्रका उम्मेदवार गिरिराजमणि पोखरेल एमालेका उम्मेदवार लक्ष्मी महतोबाट चुनाव हारेको छन् । सर्लाही ३ मा नरेन्द्र साह कलवार एमालेका हरिप्रसाद उप्रेतीसँग पराजित भएका छन् । रौतहट ३ मा माओवादी केन्द्रले रवीन्द्र पटेललाई उम्मेदवार बनाएको थियो । तर प्रभु साह एमालेबाट विद्रोह गरी स्वतन्त्र उम्मेदवार बनेपछि माओवादी केन्द्रले उनलाई सघाएको छ । प्रभु साह पनि चुनाव जितिसकेका छन् । बारा २ मा माओवादी केन्द्रका उम्मेदवार शिवकुमार कुशवाहा पनि जसपाका रामसहाय यादवसँग पराजित भएका छन् ।

    प्रदेश सभातर्फ सप्तरी १ (ख) मा माओवादीका उम्मेदवार बेचन प्रसाद चौधरीले एमालेका राजकुमार लेखीबाट पराजित भएका छन् । सप्तरी २ (ख) मा माओवादी केन्द्रका उम्मेदवार उमेश यादव जनमत पार्टीका उम्मेदवार महेश यादवसँग पराजित भएका छन् । सिरहा २ (क) मा माओवादी केन्द्रका उम्मेदवार जिवछ यादव तेस्रो स्थानमा पुगेर जनमतका सञ्जय यादवबाट हारेका छन् । सिरहा ४ (क) का माओवादी केन्द्रका उम्मेदवार महेन्द्र पासवान जनमत पार्टीका उम्मेदवार त्रिभुवन साहसँग पराजित भएका छन् । धनुषा २ (ख) मा माओवादी केन्द्रका उम्मेदवार श्यामकुमार यादव जसपाका रामअषिश यादवबाट पराजित भएका छन् । पर्सा ३ (क) मा माओवादी केन्द्रको चुनाव चिन्ह लिएर उम्मेदवार बनेका छोटेलाल यादव पनि पराजित भइसकेका छन् ।पर्सा ४ (ख) मा माओवादी केन्द्रका उम्मेदवार चन्दतारा कुमारी पनि जसपाका उम्मेदवार सिंगास साह कलवारबाट तेस्रो स्थानमा गएर पराजित भएकी छिन् भने बारा ३ (क) मा माओवादी केन्द्रको चुनाव चिन्ह लिएर उम्मेदवार भएका मुकेश साह एमालेका रवीन्द्र दास श्रेष्ठबाट पराजित भएका छन् । रौतहट २ ९ख० मा माओवादी केन्द्रको चुनाव चिन्ह लिएर उम्मेदवार बनेका सुरेन्द्र प्रसाद जयसवाल चौथो स्थानमा गएर कनिश पटेलबाट पराजित भएका छन् । सर्लाही १ (क) मा माओवादी केन्द्रको चुनाव चिन्ह लिएर प्रदेश सभा सदस्यका लागि उम्मेदवार बनेका रामचन्द्र सिंह कुशवाहा लोसपाका उम्मेदवार उपेन्द्र महतोसँग पराजित भएका छन् । त्यस्तै, सर्लाही २ (क) मा माओवादी केन्द्रको चुनाव चिन्ह लिएर उम्मेदवार भएका सुनिलकुमार शाह सत्ता गठबन्धनका साझा उम्मेदवार काँग्रेसका नेता जंगीलाल राय यादवबाट पराजित भएका छन् ।

    महोत्तरी ४ (ख) मा पनि माओवादी केन्द्रका उम्मेदवार लालेन्द्र कुमार मण्डल जसपाका उम्मेदवार सरोजकुमार सिंहभन्दा पछाडि छन् । मतगणना अझै जारी छ । तराई मधेसका वाम विश्लेषक रोशन जनकपुरी ,धनुषा भन्छन्, ‘माओवादी देशैभर कमजोर भएको छ तर तराई मधेसमा अलि बढी नै कमजोर देखिन्छ ।’ माओवादीको चरित्र संघर्ष हो, जबसम्म संघर्षमा रहन्छ तबसम्म उसलाई पत्याई रहन्छ, संघर्ष छाडेपछि उसलाई पनि जनता छाड्दै जान्छ, अहिले त्यही नै भएको उनको विश्लेषण छ । माओवादीले पछिल्लो समय संघर्षको राजनीति छाडेर संसदीय राजनीतिमा रमाउन थाले, जुन उसको चरित्रसँग मेल खाँदैन । आफ्नो चरित्र छाडेपछि माओवादी केन्द्रले आफ्नो विश्वास गुमाएको बताउँदै उनले माओवादीले सदन र सरकारलाई महत्त्व दिन छाडेर संघर्षको बाटो अपनाए जनताले पुनः विश्वास गर्ने बताए । माओवादी केन्द्रका केन्द्रीय सदस्य जगत यादव ९सिरहा० का अनुसार गठबन्धनमा रहेका दलहरूले माओवादी केन्द्रलाई मत नहालेको कारण यो अवस्था भएको दाबी गरे । उनले भने, ‘गठबन्धनबाट माओवादीलाई अन्तर्घात भएको हो, काँग्रेसले माओवादी केन्द्रका उम्मेदवारलाई इमानदारीपूर्वक मत नै हालेन ।’ २०७४ को चुनावमा माओवादी केन्द्रले एमालेसँग गठबन्धन गरेको थियो । त्यतिबेला प्रतिनिधि सभामा पाँच र प्रदेश सभामा आठ सिट जितेको थियो । तर यसपटक माओवादी केन्द्रलाई निकै गाह्रो हुने देखिएको छ । मधेसमा माओवादी कमजोर हुनुमा चरण गुटबन्दी रहेको सो पार्टीका युवा नेता भोला यादव (सिरहा) ले बताए । उनले भने, ‘मधेसमा जति जना माओवादी नेता छन् त्यतिवटा गुट छन् । नेता पिच्छे गुट भएको कारण पार्टीका मतदाताहरू अलमलमा परे र आफ्नो अनुकूल मतको सदुपयोग गरे ।’ एउटा गुटका नेताले अर्को गुटका नेतालाई हराउने चलन तराई मधेसमा खुबै देखिएको छ । मधेसमा मातृका यादव र नाराकाजी श्रेष्ठसमूहबीच गुटबन्दी छ । त्यसबाहेक नेता नेताको बीचमा पनि गुटबन्दी छ । एकले अर्कालाई हराउन गरेको गतिविधिहरू प्रस्ट देखिन्छ तर पार्टीले केही गर्न नसकेको गुनासो उनको छ ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • जनकपुरमा मोहर्रमपछि एक युवकमाथि अन्धाधुन तलबार प्रहार, ज्यान मार्ने प्रयास !
  • सङ्घ र बार एसोसिएसनबीच कानुनी सहकार्यकाे प्रतिबद्धता
  • लागु औषध सहित लक्ष्मीनगर बाट एक जना पक्राउ
  • पत्रकारमाथि दुव्र्यवहार गर्ने स्वास्थ्य अधिकृत जयमोद ठाकुर प्रहरी नियन्त्रणमा
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    जनकपुरमा मोहर्रमपछि एक युवकमाथि अन्धाधुन तलबार प्रहार, ज्यान मार्ने प्रयास !

    सङ्घ र बार एसोसिएसनबीच कानुनी सहकार्यकाे प्रतिबद्धता

    लागु औषध सहित लक्ष्मीनगर बाट एक जना पक्राउ

    पत्रकारमाथि दुव्र्यवहार गर्ने स्वास्थ्य अधिकृत जयमोद ठाकुर प्रहरी नियन्त्रणमा

    इप्रका कृष्णनगर द्वारा चोरीको मोटरसाइकिल सहित व्यक्ति पक्राउ

    युवा स्पोर्टस क्लबको नयाँ कार्यसमिति चयन

    दुधेश्वरनाथ महादेव मन्दिर भाथाधाममा श्रावणी मेला प्रचार प्रसारकालागी पत्रकार समिती गठन

    आज आइतबारको राशिफल

    जसपा नेतामाथि पक्राउ पुर्जी जारी भएपछि मलंगवामा प्रदर्शन

    भोजपुरमा एकै परिवारका ४ जनाको हत्या

    जनकपुरमा मोहर्रमपछि एक युवकमाथि अन्धाधुन तलबार प्रहार, ज्यान मार्ने प्रयास !

    सङ्घ र बार एसोसिएसनबीच कानुनी सहकार्यकाे प्रतिबद्धता

    लागु औषध सहित लक्ष्मीनगर बाट एक जना पक्राउ

    पत्रकारमाथि दुव्र्यवहार गर्ने स्वास्थ्य अधिकृत जयमोद ठाकुर प्रहरी नियन्त्रणमा

    इप्रका कृष्णनगर द्वारा चोरीको मोटरसाइकिल सहित व्यक्ति पक्राउ

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    जनकपुरमा मोहर्रमपछि एक युवकमाथि अन्धाधुन तलबार प्रहार, ज्यान मार्ने प्रयास !

    News

    सङ्घ र बार एसोसिएसनबीच कानुनी सहकार्यकाे प्रतिबद्धता

    News

    लागु औषध सहित लक्ष्मीनगर बाट एक जना पक्राउ

    News

    पत्रकारमाथि दुव्र्यवहार गर्ने स्वास्थ्य अधिकृत जयमोद ठाकुर प्रहरी नियन्त्रणमा

    News

    इप्रका कृष्णनगर द्वारा चोरीको मोटरसाइकिल सहित व्यक्ति पक्राउ

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑