बारा । बारा क्षेत्र नम्बर २ बाट जनता समाजवादी पार्टीका रामसहाय प्रसाद यादव विजयी भएका छन् । नेकपा माओवादी केन्द्रका शीवचन्द्र कुशवाहालाई ३५५ मतानेतरले पराजित गर्दै पुर्व मन्त्री समेत रहेका यादव दाेश्राे पटक प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका हुन् ।
जसपाका यादवले १३ हजार ८२३ मत पाए भने निकटतम प्रतिस्पर्धी माओवादीका कुशवाहाले १३ हजार ४६८ मत पाए । यस्तै स्वतन्त्र उम्मेदवार रामकिशोर प्रसाद यादवले ११ हजार ४३, अर्का स्वतन्त्र उम्मेदवार रविन्द्रप्रसाद यादवले १० हजार ७५०
, स्वतन्त्र उम्मेदवार अरुणकुमार ज्ञवालीले ७६९८, जनमत पार्टीका राजेश साहले २७२५, नागरिक जनमुक्ति पार्टीका तेजबहादुर भगतले ११११ मत पाए ।