वीरगंज । रुपन्देही–२ मा मतगणनाको क्रममा ३४ वटा मतपत्र थपेको भन्दै मतगणना बहिस्कार गरेका राजनीतिक दल तथा उमेदवारका प्रतिनिधिहरुले पुनः मतदानको माग गरेका छन् । बिहान ५ बजेको समयमा गनेका मत र मुचुल्कामा रहेका मतपत्र फरक–फरक पाइएपछि मतगणना स्थगित भएको थियो ।
पछिल्लो मतगणना अनुसार नेकपा एमालेका विष्णु पौडेलले करिब ११ सय मतान्तरले अग्रता लिएका छन् । उनलार्इ पच्छ्याइरहेका राष्ट्रिय स्वतन्त्र पार्टीका गणेश पौडेल, सत्ता गठबन्धनबाट उमेदवार बनेका जनमुक्तिका केशब बहादुर थापालगायत १४ उमेदवार र ९ राजनीतिक दलले पुनः मतदानको माग गरेका छन् ।