• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    वीरगञ्ज उद्योग वाणिज्य सङ्घको सभाकक्षमा ८ औं उद्योग दिवस सम्पन्न

  • वीरगंज संजाल
  • ९ मंसिर २०७९, शुक्रबार १६:१६
  • २७५३

    वीरगञ्ज। उद्योग विभाग, घरेलु तथा साना उद्योग कार्यालय, पर्सा तथा वीरगञ्ज उद्योग वाणिज्य सङ्घको संयुक्त तत्वावधानमा सङ्घको सभाकक्षमा ८ औं उद्योग दिवस सम्पन्न भएको छ ।
    ८औं उद्योग दिवसको अवसरमा प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालबाट वीउवासङ्घको परिसरमा सङ्घको झण्डा झण्डोत्तोलन गरियो । सोही अवसरमा घरेलु तथा साना उद्योग कार्यालय र वीरगञ्ज उद्योग वाणिज्य सङ्घको संयुक्त आयोजनामा सङ्घको सभाहलमा “औद्योगिक लगानी र पूर्वाधार ः समृद्धिको बलियो आधार” नारा सहित ८औं उद्योग दिवस सम्बन्धमा अन्तरक्रिया कार्यक्रमको आयोजना गरियो ।
    कार्यक्रममा प्रमुख अतिथि पर्साका प्रजिअ उमेशकुमार ढकालले सङ्घको झण्डा झण्डोत्तोलन गर्नुहुँदै ७९ वर्षको लामो, गौरवशाली एवम् ऐतिहासिक पृष्ठभूमि बोकेको सङ्घले आनो झण्डा अनवरण गरेको कार्य अत्यन्तै प्रशंसनीय रहेको बताउनुभयो । उहाँले उद्योगहरु स्थापनाका लागि औद्योगिक वातावरण निर्माण गरिने, औद्योगिक शान्ति सुरक्षाको व्यवस्था मिलाइने, उद्योग सम्बन्धी नीतिगत समस्याहरुमा सुधारको लागि पहल गरिने बताउनुभयो ।
    कार्यक्रममा घरेलु तथा साना उद्योग कार्यालयका प्रमुख उद्योग अधिकृत धनंजयकुमार सिंहले घरेलु तथा साना उद्योग सम्बन्धी कार्यपत्र प्रस्तुत गर्नु भएको थियो ।
    कार्यक्रममा वीउवासङ्घका का.वा. अध्यक्ष हरि गौतमले सङ्घको परिसरमा अनवरण गरिएको निलो पृष्ठभूमिमा सङ्घको लोगो अंकित ५ फिट चौडाई र २.५ फिट उचाई भएको झण्डा अनवरत रुपमा फहरिने कुरा राख्नु हुँदै यस झण्डाले उद्योगी व्यवसायीहरुमा एकता कायम राख्ने बताउनुभयो । सरकारी नीति नियमहरु अस्थिर नरहेकोले उद्योगहरु फस्टाउन नसकेकोले दीर्घकालीन नीति नियमको तर्जुमा हुनु पर्नेमा जोड दिनुभयो । उहाँले कोभिड १९ को प्रभावबाट विस्तारै लयमा फर्किदै गइरहेको उद्योगहरुलाई नेपाल राष्ट्र बैंकद्वारा जारी नीति, निर्देशन, परिपत्रका कारण उद्योगहरु धरासायी हुने अवस्थामा पुगेको बताउनुभयो ।
    वीरगञ्ज महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत लक्ष्मीप्रसाद पौडेलले उद्योगहरुको स्थापनाको लागि चाहिने सामाजिक संस्कारको विकास हुन नसकेको बताउनुभयो । उहाँले स्वदेशी लगानीमा सञ्चालित उद्योगहरुको संरक्षण नभइञ्जेल अर्थात् उनीहरुको लगानी संरक्षण हुने सुनिश्चितता नभइञ्जेल विदेशी लगानी भित्रिन नसक्ने बताउनुभयो । उहाँले उद्योगहरुले स्थापना हुन नपाउँदै विभिन्न खाले अनपेक्षित जटिलताहरु आउने गरेको तर्फ संकेत गर्नुभएको थियो ।
    अपेक्षित सङ्ख्यामा उद्योगहरु स्थापनाहरु नहुनुका पछाडि उद्योग सम्बन्धी प्रष्ट नीतिको अभाव, अस्थिर मौद्रिक नीति, उद्योग मैत्री श्रम नीतिको अभाव, उद्योग स्थापनाको लागि नियामक निकायले अनुमति पत्र बाँड्ने काम मात्र नगरी उद्योगहरु दीर्घकालसम्म सञ्चालनको लागि सर्वेक्षण समेत गर्नुपर्ने, उद्योग स्थापनाको लागि अन्तरसरकारी निकायहरुमा समन्वयको अभाव रहेको वक्ताहरुले औल्याउनुभयो ।
    उद्योग विभागका महानिर्देशक सुशीलकुमार साहले धन्यवाद ज्ञापन गर्नु भएको उक्त कार्यक्रममा घरेलु तथा साना उद्योग कार्यालयका प्रमुख उद्योग अधिकृत धनंजयकुमार सिंह, वीरगञ्ज महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत लक्ष्मीप्रसाद पौडेल, पर्साका प्रहरी उपरीक्षक रमेश बस्नेत, वीउवासङ्घका उपाध्यक्ष माधव राजपाल, वीउवासङ्घका महासचिव मनोजकुमार दास, सरकारी कार्यालयका प्रमुखहरु, उद्योगीहरुको उपस्थिति रहेको थियो ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • अनेरास्ववियु पर्साद्वारा ठाकुरराम क्याम्पसमा वृक्षारोपण कार्यक्रम सम्पन्न
  • संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा
  • सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट
  • नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    अनेरास्ववियु पर्साद्वारा ठाकुरराम क्याम्पसमा वृक्षारोपण कार्यक्रम सम्पन्न

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश

    वीरगन्ज लेडिज सर्कल ३ द्वारा नारायणी अस्पतालमा फलफुल वितरण

    सामाजिक युवा एकता क्लबद्वारा रक्तदान, ५१ जनाले गरे रक्तदान

    छपकैयाका आलमलाई उपकार सेवा नेपालद्वारा व्हिलचेयर सहयोग

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    अनेरास्ववियु पर्साद्वारा ठाकुरराम क्याम्पसमा वृक्षारोपण कार्यक्रम सम्पन्न

    News

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    News

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    News

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    News

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑