सप्तरी । सप्तरी निर्वाचन क्षेत्र नम्बर–४ ‘ख’बाट स्वतन्त्र उमेदवार अनिरुद्धकुमार सिंह निर्वाचित भएका छन् । उनी नौ हजार ९८५ मत ल्याएर मधेस प्रदेशसभा सदस्य पदमा विजयी भएका हुन् ।
उनका निकटतम प्रतिस्पर्धी जनता समाजवादी पार्टी (जसपा)का उमेदवार अभिषेक यादवले सात हजार ९२० मत प्राप्त गरे ।
०७४ सालको निवाचनमा जितेका पूर्वमन्त्री रेणु यादवका छोरा अभिषेक यसपालि जसपाकै ‘बागी’ उमेदवारसँग पराजित भए । जसपाले टिकट नदिएपछि सिंहले स्वतन्त्र उमेदवारी दिएका थिए ।