सप्तरी । सप्तरी निर्वाचन क्षेत्र नम्बर–४ ‘क’बाट नेकपा (एकीकृत समाजवादी)का उमेदवार गोविन्द न्यौपाने पुनः निर्वाचित भएका छन् ।
उनी ११ हजार ४२९ मत ल्याएर मधेस प्रदेशसभा सदस्य पदमा दोहोरिएका हुन् ।
शुक्रबार सार्वजनिक अन्तिम मतपरिणामानुसार उनका निकटतम प्रतिस्पर्धी जनमत पार्टीका उमेदवार नमेनदर पासवानले पाँच हजार ५५८ मत प्राप्त गरे ।