• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    कांग्रेसविहीन बारा : दुई सहमहामन्त्री पाएको बारा प्रदेश र प्रतिनिधिसभामा रित्तै

  • वीरगंज संजाल
  • ९ मंसिर २०७९, शुक्रबार १४:३७
  • १९४९

    वीरगंज । प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनमा बारा जिल्ला नेपाली कांग्रेसविहीन बनेको छ । बाराले कांग्रेसका दुई सहमहान्त्री पाएको छ । थारु कोटाका सहमहामन्त्री उमाकान्त चौधरी बारा निर्वाचन क्षेत्र नम्बर–१ बाट पराजित भए । मुस्लिम कोटाका सहमहामन्त्री फर्मुल्लाह मन्सुर समानुपातिकतर्फको बन्दसूचीमा छन् । तर, बारा प्रदेश र प्रतिनिधिसभा दुवैतर्फ कांग्रेसविहीन बनेको छ । प्रतिनिधिसभातर्फ चार क्षेत्र भएको बारामा प्रदेशसभाका आठ क्षेत्र छन् । तीमध्ये कांग्रेस उमेदवार एक ठाउँबाट पनि निर्वाचित हुन सकेनन् । प्रतिनिधिसभातर्फ कांग्रेसले बारा–१ बाहेक कतै पनि उमेदवारी दिएको थिएन । नेताहरूले नै तीन क्षेत्र छोडेको बारामा एउटा क्षेत्र जनताले कांग्रेसविहीन बनाइदिएका छन् । नेता कृष्णप्रसाद सिटौला समूहबाट कांग्रेस संस्थापन टिममा पुगेका उमाकान्त चौधरीले आफ्नो टिकटका लागि मात्र काम गरेपछि कांग्रेसका भोटरहरूले नै उनलाई हराउन मुख्य भूमिका निर्वाह गरेको हुन सक्ने स्थानीयको विश्लेषण छ । प्रदेशसभाका आठ निर्वाचन क्षेत्र पनि कांग्रेसविहीन बनेको छ ।

    कांग्रेसले बारा–१ मा प्रतिनिधिसभासँगै प्रदेशसभाका दुवै निर्वाचन क्षेत्रमा आफ्नै उमेदवार उठाएको थियो । तर, प्रतिनिधिसभामा सहमहामन्त्री चौधरीसँगै प्रदेशसभाका उमेदवारहरू ‘क’का रमेशप्रसाद दंगाल र ‘ख’का नगेन्द्रप्रसाद कानु दुवै पराजित भएका छन् । तीन क्षेत्रमै हार्दा बारा–१ कांग्रेसविहीन बनेको छ । बारा–२ प्रतिनिधिसभा निर्वाचन क्षेत्र कांग्रेसले नेकपा (माओवादी केन्द्र)का शिवचन्द्रप्रसाद कुशवाहलाई छोडेका थियो । त्यहाँबाट कुशवाह नै निर्वाचित भएका छन् । बारा–२ ‘क’मा कांग्रेसले उमेदवार उठाएको थिएन । बारा–२ ‘ख’मा कांग्रेसले उमेदवार बनाएका संविधानसभा सदस्य समेत भइसकेका रामअयोध्याप्रसाद यादव जनता समाजवादी पार्टी (जसपा)का बच्चा राउत अहिरसँग पराजित भएपछि बारा–२ पनि कांग्रेसविहीन बनेको छ । बारा–३ पनि कांग्रेसले लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)लाई छोडेको थियो । कांग्रेसले निर्वाचन क्षेत्र नै छोडेपछि कांग्रेसका पूर्वजिल्ला सभापति तथा संविधानसभा सदस्य लालबाबुसिंह भूइहार पार्टी नै छोडेर लोसपाको उमेदवार बनेका थिए । तर, यो निर्वाचन क्षेत्रमा माओवादी केन्द्र छोडेर नेकपा (एमाले)बाट उमेदवार बनेकी ज्वालाकुमारी साह निर्वाचित भएकी छन् । प्रदेशतर्फ बारा–३ ‘क’मा कांग्रेसले उमेदवारी नै दिएको थिएन । बारा–३ ‘ख’ मा कांग्रेसका जयचन्द्रप्रसाद चौरासिया तेस्रो नम्बरमा परेर पराजित भएका छन् । बारा–४ मा प्रतिनिधिसभा सदस्यमा कांग्रेसले नेकपा (एकीकृत समाजवादी)का उमेदवार कृष्णकुमार श्रेष्ठ किसनलाई समर्थन जनाएको थियो । प्रतिनिधिसभामा यसरी उमेदवारविहीन बनेको कांग्रेस बारा–४ का ‘क’ र ‘ख’ दुवै प्रदेश निर्वाचन क्षेत्रमा कांग्रेसले उमेदवारी नै दिएका थिएन ।

    कांग्रेस बाराका सभापति राजेश राय यादव पूरै जिल्ला कांग्रेस जनप्रतिनिधिविहीन हुनुमा धेरै कुरा रहेको भन्दै त्यसको समीक्षा आन्तरिक रूपमा गरिने बताउँछन् । उनी सार्वजनिक टिप्पणी नगर्ने भन्दै आन्तरिक समीक्षामा आफूले आवश्यक कुरा राख्ने बताउँछन् । कांग्रेस बाराका सचिव राजेश रौनियार भने बाराबाट प्रतिनिधित्व गर्ने कांग्रेसका दुई सहमहामन्त्रीले कांग्रेसलाई ‘पत्तासाफ’ गराएको बताउँछन् । “एकजना सहमहामन्त्रीले जिल्लामा कांग्रेस जोगाउनेभन्दा आफू मात्र टिकट लिएर नेता बन्ने प्रयास गरे,” सचिव रौनियारले बाह्रखरीसँग भने, “क्षेत्र नम्बर–१ मा उमाकान्तजीले पकेटबाट प्रदेशका उमेदवार छान्नुभयो । कांग्रेसमा लामो समय काम गरेका कार्यकर्ता पाखा लगाएर उहाँले पैसावाललाई छान्नुभयो । त्यसैले तीनवटै क्षेत्र गुम्न पुग्यो ।” उनले अर्का सहमहामन्त्रीले पनि पार्टीका उमेदवारलाई हराउन भूमिका निर्वाह गरेको बताए । “उहाँ आफू समानुपातिकमा बस्नुभयो । उहाँकी निकट मधु शाहीलाई समानुपातिकमा राख्नुभयो । जिल्लामा पार्टीका अरू नेता बन्लान् भनेर उमेदवार नै नबन्ने गरी अरू पार्टीसँग सहमति गर्नुभयो,” रौनियारले भने, “जिल्लाबाट दुई सहमहामन्त्री पाएको बारा जिल्लाले लाभ होइन, घाटा बेहोरेको छ ।” उनले जिल्लाका नेता–कार्यकर्तालाई हराउने वातावरण निर्माण गरेको त्यसको जिम्मा सहमहामन्त्रीद्वयले लिनुपर्ने बताए

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • पर्सालगायत आसपासको जिल्लामा हावाहुरीसहित हल्का वर्षा
  • सङ्घीय निजामती सेवा विधेयक संसदीय समितिबाट पारित
  • राजनीतिक चलखेलमा कुलमान-रविहरूलाई हटाइन्छ’
  • महालेखाद्वारा सवा चार खर्ब असुल्न सरकारलाई निर्देशन
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    पर्सालगायत आसपासको जिल्लामा हावाहुरीसहित हल्का वर्षा

    सङ्घीय निजामती सेवा विधेयक संसदीय समितिबाट पारित

    राजनीतिक चलखेलमा कुलमान-रविहरूलाई हटाइन्छ’

    महालेखाद्वारा सवा चार खर्ब असुल्न सरकारलाई निर्देशन

    वीरगनंजमा खाने पानीको संकट: मुहान सुक्दै

    आज शुक्रबारको राशिफल

    वार्षिक कार्यक्रमहरू समयमै सम्पन्न गर्न मन्त्री गुप्ताको निर्देशन

    नेशनल मेडिकल कलेजद्वारा घडीर्वा पोखरी अवस्थित नि:शुल्क स्वास्थ्य शिविर सम्पन्न

    जानकी महिला जागरण समाज र कानुनी सहायता केन्द्रद्वारा उप–प्रमुख आलमसँग लैंगिक न्यायबारे छलफल

    पोखरिया अस्पतालमा नसा तथा हाडजोर्नी , डेन्टल लगाएत बाल रोग सम्बधी उपचार हुने

    पर्सालगायत आसपासको जिल्लामा हावाहुरीसहित हल्का वर्षा

    सङ्घीय निजामती सेवा विधेयक संसदीय समितिबाट पारित

    राजनीतिक चलखेलमा कुलमान-रविहरूलाई हटाइन्छ’

    महालेखाद्वारा सवा चार खर्ब असुल्न सरकारलाई निर्देशन

    वीरगनंजमा खाने पानीको संकट: मुहान सुक्दै

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    पर्सालगायत आसपासको जिल्लामा हावाहुरीसहित हल्का वर्षा

    News

    सङ्घीय निजामती सेवा विधेयक संसदीय समितिबाट पारित

    News

    राजनीतिक चलखेलमा कुलमान-रविहरूलाई हटाइन्छ’

    News

    महालेखाद्वारा सवा चार खर्ब असुल्न सरकारलाई निर्देशन

    News

    वीरगनंजमा खाने पानीको संकट: मुहान सुक्दै

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑