सर्लाही । सर्लाहीकाे निर्वाचन क्षेत्रनम्बर ४ बाट प्रतिनिधिसभा सदस्यमा स्वतन्त्र उम्मेदवार डा. अमरेश कुमार सिंह निर्वाचित भएका छन् ।
उनले निकटतम प्रतिस्पर्धी कांग्रेसका उम्मेदवार नागेन्द्र कुमार रायलाई १ हजार ७६५ मतान्तरले हराउँदै निर्वाचित भएका हुन् । सिंहले २० हजार १७ मत पाउँदा उनका प्रतिस्पर्धी रायले १८ हजार २५२ मत मात्र ल्याए ।
यस्तै अर्की स्वतन्त्र उम्मेदवार मधुमाला कुमारी यादवले १४ हजार ६२२ मत ल्याइन् । २०७४ काे निर्वाचनमा यहि क्षेत्रबाट जितेका सिंह, काँग्रेसले टिकट नदिएपछि स्वतन्त्र उम्मेदवारी दिएका थिए ।