• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    मधेसमा नयाँ शक्ति जन्मिएको हो ? ‘विखन्डनकारी’देखि ‘माननीय’सम्म बनेका सीके

  • वीरगंज संजाल
  • ८ मंसिर २०७९, बिहीबार १९:२४
  • २७८९

    सप्तरी । २८ भदौ ०७१ मा मोरङको रंगेलीबाट पक्राउ परेपछि डा. सीके राउतलाई धेरैले विखन्डनकारीको रुपमा चिने । त्यसबेला मधेसमा चलिरहेको मधेसवादको राजनीतिबाट असन्तुष्ट पक्षको उनी आकर्षणको केन्द्रमा रहे । राउत धेरैपटक पक्राउ परे । राज्यविरुद्धको अपराधमा मुद्दा खेप्दै जेल बसे । त्यसबेलाका मधेस केन्द्रित राजनीति गर्ने दल र तीनका नेताहरूले राउतलाई पटक–पटक पक्राउ गरेर सरकारले नै उनलाई हिरो बनाउन लागेको भन्दै आपत्ति जनाए । त्यसबेला विखण्डनकारी, अमेरिकी एजेण्टलगायत उनले आरोप खेपे । स्वतन्त्र मधेसको एजेन्डा बोकेर अगाडि बढेका राउतले एकाएक ‘यू टर्न’ गर्दै २४ फागुन ०७५ मा केपी ओलीको सरकारसँग सम्झौता गरी मूलधारको राजनीतिमा फर्किए । ५ चैत ०७५ मा जनमत पार्टी गठन गरे । मधेस केन्द्रित राजनीतिमा छाएका उपेन्द्र यादव नेतृत्वको तत्कालीन संघीय समाजवादी पार्टी र महन्थ ठाकुर नेतृत्वको राष्ट्रिय जनता पार्टीले डा. राउत र उनको जनमत पार्टीलाई मधेसको राजनीतिमा महत्त्व दिएनन् । मंसिर ४ मा भएको प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा सप्तरी २ बाट जनमत पार्टी अध्यक्ष डा. राउतसँग प्रतिष्पर्धामा उत्रिँदा यादवले भनेका थिए, “मेरो कसैसँग प्रतिस्पर्धा नै छैन ।” मंसिर ७ मा सार्वजनिक भएको सप्तरी–२ को निर्वाचन परिणामअनुसार डा. राउतले १८ हजार ६३ को फराकिलो मतान्तरले जसपा अध्यक्ष यादवलाई पराजित गरे । राउत ३५ हजार मत ल्याएर विजयी भए । यादवले १६ हजार ९७८ मत्रै मत पाए ।

    मधेसमा नयाँ राजनीतिक कोर्षको सुरुवात : सप्तरी–२ वाट जनमत पार्टी अध्यक्ष डा. राउतको जितसँगै मधेसमा नयाँ राजनीतिक कोर्षको सुरुवात भएको छ । यस क्षेत्रको दुवै प्रदेशसभा पनि जनमतले जित्यो । प्रदेशसभा (क) मा मधेस प्रदेशका अर्थमन्त्री जसपाका उमेदवार शैलेन्द्र साहलाई पराजित गर्दै जनमतका उमेदवार सतिसकुमार सिंहले जित हात पारे । उनी तिलाठी कोइलाडी गाउँपालिकाका पूर्वअध्यक्ष पनि हुन् । प्रदेशसभा (ख) बाट नेकपा माओवादीका उमेदवार एवं पूर्वसिंचाईमन्त्री उमेशकुमार यादवलाई पराजित गर्दै जनमतका उमेदवार महेशप्रसाद यादव विजयी भए । ०७४ को चुनावमा नेकपा माओवादीबाट उमेदवार भएका महेशलाई यसपटक टिकट नदिँदा चुनावकै मुखमा जनमत पार्टीमा प्रवेश गरी उमेदवार बनेका हुन् । सप्तरी–२ मा जनमत पार्टीले ‘क्लिन स्वीप’ नै गरे । सप्तरी ३ (ख) मा ०७४ को निर्वाचनमा प्रदेशसभा सदस्यमा चुनाव जितेका जसपाका विदेश्वरप्रसाद यादवलाई झिनो मतान्तरले पराजित गर्दै जनमतका उमेदवार शम्भुकुमार साह विजयी भएका छन् । मधेसको मुटु मानिने सप्तरी जिल्लामा जनमतको यो उपस्थितिले यहाँ नयाँ राजनीतिक कोर्षको सुरुवात भएको छ । जनताले पुरानै इतिहासलाई निरन्तरता दिए : ०४८ को आम निर्वाचनमा मधेसको मुद्दा लिएर नेपाल सद्भावना पार्टीका तत्कालीन अध्यक्ष गजेन्द्रनारायण सिंह पहिलो पटक सप्तरी–२ बाट प्रतिनिधिसभा चुनाव जितेका थिए । सिंह ०५१ को मध्यावधिमा पनि यसै क्षेत्रबाट चुनाव जिते तर ०५६ को निर्वाचनमा नेपाली कांग्रेसका रामकुमार चौधरीसँग १७ मतले पराजित हुन पुगे । ०५६ यता कुनै पनि चुनावमा दोहोरिएर यस क्षेत्रबाट कसैले चुनाव नजितेको इतिहास छ । उपेन्द्रको पराजय र सिके राउतको जित पनि सोही इतिहासको निरन्तरता हो ।

    अस्तित्व र औचित्य : ०४६ सालमा मधेसको एजेन्डा स्थापित गर्न नेपाली कांग्रेको राजनीतिबाट अलग्गिएर नेपाल सद्भावना परिष्द गठन गरेका गजेन्द्रनारायण सिंह २०४८ को आम निर्वाचनमा नेपाल सद्भावना पार्टी बनाएर चुनावमा होमिए । उनलाई सप्तरीका जनताले दुई पटक चुनाव पनि जिताए । तर, ०५६ को आम निर्वाचनमा तेस्रो पटक उनी चुनाव हारेपछि नेपाल सद्भावना पार्टीका आस्तिव नै संकटमा पर्‍यो । ०६३ को मधेस आन्दोलनबाट तत्कालीन मधेसी जनाधिकार फोरमका अध्यक्ष उपेन्द्र यादवको उदय भएपछि विस्तारै मधेसको राजनीतिमा नेपाल सद्भावना पार्टीको अस्तित्व पनि समाप्तिको बाटोमा लाग्यो । छोटो समयमै मधेसमा ‘हिरो’ बनेका उपेन्द्र ०६४ को संविधानसभा निर्वाचनदेखि ०७४ को आम निर्वाचनसम्म मधेसमात्रै होइन देशकै राजनीतिलाई तरंगित बनाए । सत्तामा पुगेर महत्वपूर्ण मन्त्रालयको जिम्मेवारी सम्हाले । तर, लगातार १५ वर्षसम्म सत्ता, आन्दोलन, जुट र फुटको राजनीतिलाई निरन्तर जारी राखे । उनको कार्यशैलीप्रति मधेसमा असन्तुष्टि बढ्दै गयो । ०७९ को आम निर्वाचनमा एमालेसँग चुनावी तालमेल गरेपछि पार्टीभित्रै र आम मधेसी जनतामा बढेको असन्तुष्टिका कारण यादव चुनावमा डा. राउतसँग फराकिलो मतान्तरले पराजित भए । ०७९ को आम निर्वाचनबाट मूलधारको राजनीतिमा उदाएका सीके राउत र उनले नेतृत्व गरेको जनमत पार्टीका कारण जसपाको पनि मधेसमा अस्तित्व र औचित्य समाप्त हुने खतरा बढेको विश्लेषकहरू बताउँछन् । “मधेसी जनाधिकार फोरम उदाएपछि नेपाल सद्भावना पार्टीको अस्तित्व र औचित्य समाप्त भयो । जनमत पार्टीको उदयपछि जनता समाजवादी पार्टीको अस्तित्व र औचित्य समाप्त नहोला भन्न सकिन्न । मधेसको राजनीतिमा ३० वर्ष भित्र तीनवटा शक्तिको उदय भयो । एकले अर्कोलाई सिध्याएको जगजाहेर छ,” एक नेताको टिप्पणी छ ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • सरकारले आन्तरिक रोजगारको प्रवद्र्धनमा काम गरिरहेको छ : मन्त्री भण्डारी
  • अमेरिकाले वैदेशिक सहयोग कटौती गर्दा १ करोड ४० लाखको ज्यान जाने खतरा
  • सिरहामा १८ प्रतिशत धान रोपाइँ
  • प्रत्येक नागरिकलाई स्वच्छ खानेपानी र सरसफाइमा पहुँच हुनुपर्छ: प्रधानमन्त्री
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    सरकारले आन्तरिक रोजगारको प्रवद्र्धनमा काम गरिरहेको छ : मन्त्री भण्डारी

    अमेरिकाले वैदेशिक सहयोग कटौती गर्दा १ करोड ४० लाखको ज्यान जाने खतरा

    सिरहामा १८ प्रतिशत धान रोपाइँ

    प्रत्येक नागरिकलाई स्वच्छ खानेपानी र सरसफाइमा पहुँच हुनुपर्छ: प्रधानमन्त्री

    सुनचाँदी व्यवसायीहरुको माग जायज : नेता निधि

    ‘प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त केही नेपाल ऐन संशोधन गर्ने विधेयक, २०८० लाई पारित गरियोस्’ भन्ने प्रस्ताव पारित

    चालीस लाखभन्दा बढीको चिनी नष्ट

    वीरगन्जबाट हुण्डीको २८ लाख रकमसहित तीन जना पक्राउ

    वीरगन्ज महानगरले मेनरोड विस्तारका लागि थालेको काम तत्काल रोक्न घरधनीहरुको माग

    नक्कली प्रहरी बनेर डकैति गरेको आरोपमा दुई जना पक्राउ

    सरकारले आन्तरिक रोजगारको प्रवद्र्धनमा काम गरिरहेको छ : मन्त्री भण्डारी

    अमेरिकाले वैदेशिक सहयोग कटौती गर्दा १ करोड ४० लाखको ज्यान जाने खतरा

    सिरहामा १८ प्रतिशत धान रोपाइँ

    प्रत्येक नागरिकलाई स्वच्छ खानेपानी र सरसफाइमा पहुँच हुनुपर्छ: प्रधानमन्त्री

    सुनचाँदी व्यवसायीहरुको माग जायज : नेता निधि

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    सरकारले आन्तरिक रोजगारको प्रवद्र्धनमा काम गरिरहेको छ : मन्त्री भण्डारी

    News

    अमेरिकाले वैदेशिक सहयोग कटौती गर्दा १ करोड ४० लाखको ज्यान जाने खतरा

    News

    सिरहामा १८ प्रतिशत धान रोपाइँ

    News

    प्रत्येक नागरिकलाई स्वच्छ खानेपानी र सरसफाइमा पहुँच हुनुपर्छ: प्रधानमन्त्री

    News

    सुनचाँदी व्यवसायीहरुको माग जायज : नेता निधि

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑