सिरहा । सिरहाको निर्वाचन क्षेत्र नम्बर-३ (क) बाट प्रदेशसभा सदस्यमा नेकपा एमालेका उम्मेदवार मनोज कुमार सिंह निर्वाचित भएका छन् ।
सिंह आफ्ना निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका उम्मेदवार रामसगुन यादवसँग २ हजार ९८७ मतान्तरले विजयी भएका हुन् ।
सिंहले १५ हजार ८८६ मत ल्याउँदा यादवले भने १२ हजार ८९९ मत पाएका छन् । त्यस्तै, जनमत पार्टीका दुष्यन्त कुमार कर्णले ४ हजार ७९३ मत पाएका छन् ।