वीरगञ्ज । पर्सा निर्वाचन क्षेत्र नं १ देखी ४ सम्पन्न प्रतिनिधी सभा र प्रदेश सभाको निर्वाचनमा निर्वाचित प्रतिनिधीले कस्ले कति मत पाए ? कति मतले विजयी भए ? यसरी हेर्नुहोस ।
पर्सा– १
पर्सा निर्वाचन क्षेत्र नं १ मा जसपा–एमाले गठबन्धन तर्फबाट जसपाका उम्मेदवार प्रदिप यादव निर्वाचित भएका छन । कुलमत परिणमको २२ हजार ५ सय ३७ मत प्राप्त गरेका थिए । भने प्रतिद्धन्द्वी तर्फका स्वतन्त्र उम्मेदवार १ हजार ६ सय २० मतले पछी छोडदै यादव निर्वाचित भएका छन । प्रतिद्धन्द्वी स्वतन्त्र उम्मेदवार अजय द्विवेदीले २० हजार ९ सय १७ मत प्राप्त गरेका छन ।
पर्सा –१ (क)
पर्सा निर्वाचन क्षेत्र नं १ (क) मा सत्तागठबन्धन तर्फबाट माओवादी केन्द्रका रहबर अंसारी निर्वाचीत भएका छन । कुलमत २८ हार २ सय ७३ मतगणना गर्दा ७ हजार ८ सय १७ मत प्राप्त छन । प्रतिद्वन्द्वी जसपा–एमालेका गठबन्धन तर्फका उम्मेदवार विचारी यादवलाई २ हजार २ सय ९८ मतले पछी छोडदै निर्वाचित भएका हुन । यता जसपा–एमालेका गठबन्धन तर्फका उम्मेदवार विचारी यादव ५ हजार ५ सय १९ मत प्रप्त गरेका छन । स्वतन्त्र उम्मेदवार जन्नत अन्सारी जिप चुनाव चिन्ह रहेकोले ५ हजार २ सय ८६ मत प्राप्त गरेका थिए ।
पर्सा –१ (ख)
पर्सा निर्वाचन क्षेत्र नं २ (ख) मा जसपा–नेकपा एमाले गठबन्धनबाट जसपाका उम्मेदवार मुख्यमन्त्री लालबाबु राउत फेरी पनि विजयी भएका छन । कुलमत मतपरिणमको ७ हजार ५ सय ४५ मत प्राप्त गरी विजयी भएका हुन । त्यसैगरी सत्तागठबन्धनका नेपाली काँग्रेसका साभाँ उम्मेदवार रामनारायाण कुर्मीले ६ हजार २ सय १२ मत प्राप्त गरेका छन । राउत १ हजार ३ सय ३३ मतले अग्रता लिदै पन:निर्वाचित भएका छन ।
पर्सा –२
पर्सा क्षेत्र नम्बर २ मा नेपाली कांग्रेसका नेता अजयकुमार चौरसिया निर्वाचित भएका छन् । उनले जनता समाजवादी पार्टी (जसपा) का सुरेन्द्रप्रसाद कुर्मीलाई ६ हजार ६ सय मतान्तरणले पराजित गरेका हुन् । चौरसियाले २८ हजार ४५१ मत ल्याउँदा जसपाका कुर्मीले २२ हजार ४४५ मत ल्याए । ८६ हजार ९ सय ६६ मतदाता रहेको यस क्षेत्रमा ५९ हजार १ सय ८८ मत खसेको थियो ।
पर्सा –२ (क)
पर्सा निर्वचन क्षेत्र नं २ (क) बाट प्रदेश सभाका सत्तागठबन्धनका उम्मेदवार श्याम पटेल १ हजार ६ सय ५७ मतले प्रतिद्धन्द्धीलाई पछिडी छोडदै बिजयी भएका छन। पुर्णमत पत्र गणना गर्दा श्याम पटेल ले १३ हजार ७ सय ८४ मत प्रप्त गरेका छन भने प्रतिद्वन्दी नेकपा–एमाले गठबन्धन तर्फका उम्मेदवार रामनरेश यादवले १२ हजार १ सय २७ मत प्राप्त गरेका छन।
पर्सा –२ (ख)
पर्सा निर्वाचन क्षेत्र नं २ (ख) बात प्रदेश सभाका सत्तागठबन्धनका उम्मेदवार रमेश कुर्मी २ हजार ६ सय ३७ मतले पछि छोडदै विजयी भएका छन । कुलमत गणना गर्दा ९ हजार ४ सय ७१ म्त प्राप्त गरेका थिए । भने प्रतिद्धन्द्धी स्वतन्त्र उम्मेदवार रुपेशमान सिंहले ६ हजार ८ सय ३४ मत प्राप्त गरेका छन ।
पर्सा –३
पर्सा निर्वाचन क्षेत्र नं ३ प्रतिनिधी सभा सद्स्य तर्फका जसपा–एमाले गठबन्धनबाट एमालेका उम्मेदवार राजकुमार गुप्ता प्रतिद्धन्द्धीलाई १ सय ५१ मतले पछि छोडदै निर्वाचित भएका छन। गप्ताले २४ हजार २ सय ६० मत प्राप्त गरेका छन । त्यसैगरी उनका प्रतिद्धन्द्धी सत्तागठबन्धनका उम्मेदवार नेपाली कांग्रेसका उम्मेदवार सुरेन्द्र प्रसाद चौधरीले २४ हजार १ सय ९ मत प्रप्त गरेका छन ।
पर्सा –३ (क)
पर्सा निर्वचन क्षेत्र नं ३ (क) बाट प्रदेश सभाका स्वतन्त्र उम्मेदवार प्रमोद जयस्वालल प्रतिद्धन्द्धीलाई १ हजार ४ सय ५१ मतले पछिले छडदै विजय भएका छन । प्रमोद जयस्वालले ७ हजार ३ सय ८१ म्त प्राप्त गरेका थिए । प्रतिद्धन्द्धी अब्दुल रहिम अंसारी (मन्जुर अंसारी) ले ५ हजार ९ सय ३० पत प्राप्त गरेका छन ।
पर्सा –३ (ख)
पर्सा निर्वचन क्षेत्र नं ३ (ख) बाट प्रदेश सभाका सत्तागठबन्धनका उम्मेदवार जर्नादन सिंह क्षेत्रीले प्रतिद्धन्द्धीलाई २ हजार ६ सय ७६ मतले पछि छोडदै विजय भएका छन । जर्नादन सिंह क्षेत्रीले १० हजार १ सय ७२ मत प्राप्त गरेका छन । प्रतिद्धन्द्धी जसपा–एमाले गठबन्धन तर्फबाट जसपा की उम्मेदवार मधु गुप्ता ७ हजार ४ सय ९६ मत प्राप्त गरेकी छन ।
पर्सा –४
पर्सा क्षेत्र नम्बर ४ मा सत्ता गठबन्धन तर्फबाट नेपाली कांग्रेसका उम्मेदवार रमेशरिजालले प्रतिद्धवन्द्धीलाई ६ हजार १ सय २४ मतले निर्वाचित भएका छन्। रमेशरिजालले ३० हजार ४५ मत प्राप्त गरेका थिए भने प्रतिद्धन्द्धी जसपा–नेकपा गठबन्धनका उम्मेदवार जालिम मिंयाले २३ हजार ९ सय २१ म्त प्राप्त गरेका छन ।
पर्सा –४ (क)
पर्सा निर्वचन क्षेत्र नं ४ (क) बाट प्रदेश सभाका सत्तागठबन्धन तर्फबाट नेपाली कांग्रेसका उम्मेदवार संकर चौधरी २ हजार ३४ मतले प्रतिद्धन्द्धीलाई पछि छोडदै विजयी भएका छन । संकर चौधरी ११ हजार ५ सय ८५ मत प्राप्त गरेका छन । प्रतिद्धन्द्धी प्रकाश थारुले ९ हजार ५ सय ५१ म्त प्राप्त गरेका छन ।
पर्सा –४ (ख)
पर्सा क्षेत्र नम्बर ४ मा जसपा–एमाले गठबन्धन तर्फबाट जसपाका उम्मेदवार सिंगासन साह कलवार २ हजार ७ सय ९४ मतले प्रतिद्धन्द्धीलाई पछाडी छोडदै विजयी भएका छन । सिंगासन साह कलवार १४ हजार ७ सय ५२ मत प्राप्त गरेका छन । प्रतिद्धन्द्धी स्वतन्त्र उममेदवार प्रहलाद साह कानु ११ हजार ९ सय ५८ मत प्राप्त गरेका छन ।