• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    सीके राउतको उदय : यी हुन् तीन चुनौती

  • वीरगंज संजाल
  • ७ मंसिर २०७९, बुधबार १७:४९
  • १८६१

    वीरगंज । सप्तरी- २ मा जसपा अध्यक्ष उपेन्द्र यादवविरुद्ध सुरुवातदेखि नै फराकिलो मतान्तरसहित अग्रता लिएदेखि जनमत पार्टीका अध्यक्ष सीके राउतको चर्चा चुलिएको थियो। अन्तिम मत परिणामले उनै राउतले जित निकाले पनि। यादवलाई पराजित गरेपछि राउतको अगामी राजनीतिक यात्रा र उनको संगठनका बारेमा चासो पनि सुरु भएको छ। उनीबारे बढी सोधखोज हुनुको अर्को कारण उनको विगत पनि हो। ११ बर्ष अगाडि अमेरिकाबाट नेपाल फर्किएपछि उनले स्वतन्त्र मधेसको अभियान सुरु गरेका थिए। तर त्यसलाई परित्याग गर्दै २०७५ को फागुनमा उनी मूलधारको राजनीतिमा फर्किएका थिए। मूलधारको राजनीतिमा आएपछि उनले गठन गरेको दल हो, जनमत पार्टी। राउतले त्यसपछि २०७६ मा भएको उपनिर्वाचन र २०७९ को स्थानीय तहको निर्वाचनमा थिए। आफैं भने पहिलो पटक संसदीय निर्वाचनमा यसैपटक भिडे। र जित निकाले।

    अहिले संख्यात्मक रुपमा राउतको उपस्थिति कस्तो होला भन्दा पनि उनको व्यक्तित्व र अन्य मधेसी नेताहरुको पराजयलाई बढी केन्द्रमा राखेर चर्चा भइरहेको देखिन्छ। समानुपातिकतर्फ राउतले प्रदेश र केन्द्रका अन्य मधेसी पार्टीभन्दा बढी मत ल्याउने देखिए पनि प्रत्यक्षतर्फ त्यो सम्भावना देखिएको छैन। मधेस प्रदेश सभामा पनि केही सिट जितिसकेको छ, थप केही सिट जित्ने सम्भावना छ। मधेसका अन्य पार्टीहरुप्रति रहेको वितृष्णाका कारण जनमत पार्टीलाई मधेसको वैकल्पिक राजनीतिक शक्तिका रुपमा प्रस्तुत गर्न थालिएको छ। तर राउतलाई आफ्नो पार्टीको संगठन बनाउनेदेखि अन्य मधेस केन्दित दलहरुले उनीप्रति लिने धारणा र प्रमुख दलहरुसँगको उनको सम्बन्ध कस्तो हुन्छ भन्ने हेर्न बाँकी छ। जानकारहरु भविष्यमा उनका तीन चुनौती रहेको देख्छन्।

    आफ्नै संगठन : सीके राउतले जनमत पार्टी गठन गर्दैगर्दा उनलाई स्वतन्त्र मधेसको अभियानमा साथ देखिएका केही प्रमुख नेताहरुले साथ छाडे। उनीहरुले राउतमाथि काखापाखा गरेको आरोप लगाउँदै संघर्षको समयमा साथ दिनेहरुभन्दा आफ्ना आसेपासेलाई संगठनमा प्राथमिकतामा राखेको आरोप लगाए। उनको नेतृत्वमा रहेको स्वतन्त्र मधेस अभियानका दोस्रो वरियताका नेता कैलाश महतोसहित केही नेताहरुले पार्टी परित्याग गरे। यद्यपि राउतले उनीमाथि संगठनभन्दा पनि अन्य काममा बढी केन्द्रित भएको आरोप लगाएका थिए। तर निर्वाचनबाट पार्टी शक्तिशाली बन्दै गर्दा पार्टीमा आकर्षण थपिने लगभग निश्चित छ। यस्तोमा राउतले पार्टीको संगठन बिस्तारदेखि जिम्मेवारी बाँडफाँट र पार्टीले पाउने अवसरहरुको सदुपयोग कसरी गर्छन्, त्यो महत्त्वपूर्ण छ। त्यही भएर सिंहदरबार/बीआईसीसी भवन पस्दै गर्दा राउतका सामु पहिलो चुनौती आफ्नो पार्टी व्यवस्थापन गर्नु हुनेछ।

    मधेस केन्द्रित अन्य नेताहरु : राउतले मधेसका एक जना स्थापित र बलिया नेता उपेन्द्र यादवलाई निर्वाचनमा पराजित गरेर राजनीतिमा स्थापित हुन लागेका छन्। यो निर्वाचनमा राउतले यादवलाई पराजित गर्दैगर्दा जसपा र लोसपा मधेसमा अत्यन्तै कमजोर देखिएका छन्। ती पार्टीहरुका शीर्ष नेताहरु मतगणनामा पछि देखिएका छन्। यस्तोमा राउतलाई मधेस केन्द्रित दलहरु र नेताहरु चुनौती बन्न सक्ने अवस्था छ। राउतको विगत हेर्दा यादवसँग कटुतापूर्ण सम्बन्ध देखिन्छ भन्ने महन्थ ठाकुरबाहेक अन्यसँग पनि राम्रो सम्बन्ध छैन। राउतको सम्बन्ध ठाकुरसँग राम्रो रहेको चर्चा मधेस वृतमा बेलाबेलामा हुने गरेको छ। यद्यपि राउत शक्तिमा आएपछि ठाकुरसहित आफैंले पराजित गरेका नेता यादव र उनको सगठनसँग कसरी मधेसमा प्रतिस्पर्धा वा मित्रवत् व्यवहार गर्छन् भन्ने रोचक प्रतीक्षा छ। किनकि, राउतले जनमत पार्टी बनाएदेखि मधेसमा जसपालाई निशानामा राखेर गतिविधि गरेको देखिन्छ।

    प्रमुख दलहरु : मधेसको राजनीतिक वृतमा रहको एउटा सदावहार मनोविज्ञान छ, प्रमुख दलहरुले मधेसी नेताहरुलाई सत्तामा फसाएर कमजोर र बदनाम बनाउने खेल खेल्छन्। मधेसी नेताहरु भन्ने सताको लोभमा र प्रमुख दलका नेताहरुको खेलमा फस्ने गरेको मनोविज्ञान देखिन्छ। र यो निर्वाचनपछि राउतको हकमा यो लागू हुन्छ वा हुँदैन, हेर्न बाँकी छ। राउतले संसद्‌मा जाँदै गर्दा प्रमुख दलहरुको सत्ता समीकरणको प्रस्तावमा आफूलाई कसरी प्रस्तुत गर्छन्, हेर्न बाँकी छ। उपेन्द्र यादवदेखि महन्थ ठाकुरप्रति मधेसमा लाग्ने गरेको मुख्य आरोप नै यिनीहरु प्रमुख दलहरुको सत्ताको गोटी देखिए भन्ने हो। मधेसी नेताहरु पटकपटक मन्त्री बन्नकै लागि पार्टी फुटाएका नजिर पनि छन्। त्यो मामिलामा संयमतापूर्वक अगाडि बढ्नु राउतको चुनौती हो।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • अनेरास्ववियु पर्साद्वारा ठाकुरराम क्याम्पसमा वृक्षारोपण कार्यक्रम सम्पन्न
  • संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा
  • सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट
  • नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    अनेरास्ववियु पर्साद्वारा ठाकुरराम क्याम्पसमा वृक्षारोपण कार्यक्रम सम्पन्न

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश

    वीरगन्ज लेडिज सर्कल ३ द्वारा नारायणी अस्पतालमा फलफुल वितरण

    सामाजिक युवा एकता क्लबद्वारा रक्तदान, ५१ जनाले गरे रक्तदान

    छपकैयाका आलमलाई उपकार सेवा नेपालद्वारा व्हिलचेयर सहयोग

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    अनेरास्ववियु पर्साद्वारा ठाकुरराम क्याम्पसमा वृक्षारोपण कार्यक्रम सम्पन्न

    News

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    News

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    News

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    News

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑