वीरगंज । पर्सा निर्वाचन क्षेत्र नम्बर २ मा नेपाली कांग्रेसबाट प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार अजयकुमार चौरसियाको जित निश्चित भएको छ । चौरसिया अहिले आफ्ना निकटतम प्रतिद्वन्द्वी जसपाका सुरेन्द्र प्रसाद कुर्मीभन्दा ६ हजार ९४ मतको फराकिलो अन्तरले अग्रता लिरहेका छन् । निर्वाचन आयोगले जारी गरेको मतगणनाको पछिल्लो परिणामका अनुसार चौरसियाले २७ हजार ३९० मत प्राप्त गरेका चनं भने कुर्मीले २१ हजार २९६ मत पाएका छन् ।
मतगणना अन्तिमअन्तिम तर्फ पुग्दा ६ हजारभन्दा बढीको मतान्तरले अगाडि रहेका चौरसिया जित निश्चित भएको छ । थोरै मतगणना गर्न बाँकी रहँदा कुर्मीले चौरसियालाई पछ्याउन सम्भावना छैन ।
चार निर्वाचन क्षेत्र रहेको पर्सामा हालसम्म पर्सा-४ मा नेपाली कांग्रेसका रमेश रिजाल, पर्सा-१ मा प्रदीप यादव निर्वाचित भएका छन् भने पर्सा-३ मा नेपाली कांग्रेसका सुरेन्द्र प्रसाद चौधरी र नेकपा एमालेका राजकुमार गुप्ता विच कडा प्रतिष्पर्धा चलिरहेको छ ।