• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    मधेसमा सिके राउतको उदयले उपेन्द्र, महन्थ र राजेन्द्रको राजनीतिक भविश्य के होला ?

  • वीरगंज संजाल
  • ७ मंसिर २०७९, बुधबार १६:१४
  • २४४५

    वीरगञ्ज । मधेस आन्दोलनबाट उदाएका दुई वटा राजनीतिक दल जनता समाजवादी पार्टी (जसपा) र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) यसपटक आफ्नो अस्तित्व जोगाउन कठिन मोडमा पुगेका छन । पृथकतावादी आन्दोलनबाट उदयभएको सिके राउतले नेतृत्व गरेको जनमत पार्टीले मधेसमा राम्रो उपस्थिती देखाउने संकेत गरेको छ । पछिल्लो मतपरिणामले समेत जनमत पार्टीका उमेदवारले केही क्षेत्रमा अग्रता कायम रख्दै आएका छन् । मधेस आन्दोलनबाट नेतृत्व स्थापित गरेका उपेन्द्र यादव यसपटक पराजयको संघारमा पुगेका छन् । त्यस क्षेत्रमा जनमत पार्टीका सिके राउत यादव भन्दा दोब्वर मतान्तरले अगाडी बढेका छन् । चन्द्रकान्त राउत (सिके)को २९ हजार ९७५ मत प्राप्त भएको छ भने उपेन्द्र यादवको १४ हजार ९९० मतमात्र छ । गठबन्धनका उमेदवार लोसपाका जयप्रकास ठाकुर धेरै पछाडी छन् उनले ५ हजार ९९३ मत प्राप्त गरेका छन् । उपेन्द्र यादवको पराजयले मधेसमा नयाँ तरंग पैदा गरेको छ । मधेसका मुद्दामा उपेन्द्र यादवले पटक पटक सत्तासँग सम्झौता गरेको र जनताको एजेण्डालाई स्थापित गर्न नसकेको आरोप उनी माथि लाग्ने गरेको छ । एमालेसँगको चुनावी गठबन्धनले समेत यादव अप्ठेरोमा परेको देखिन्छ । मधेसी जनताको बुझाइमा एमाले अध्यक्ष केपी ओली मधेस विरोधी नेताको रुपमा चिनिन्छन् । पृथकतावादी आन्दोलन छोडेर शान्तिपूर्ण राजनीतिमा आएका सिके राउतलाई मधेसी जनताले उनको शान्तिपूर्ण राजनीतिक यात्रालाई अनुमोदन गरेका छन् । प्रतिनिधिसभा सदस्य र प्रदेशसभा सदस्य पदको निर्वाचनको मतपरिणामलाई हेर्ने हो भने मधेसमा उपेन्द्र यादवको विकल्पमा सिके राउतलाई मधेसी जनताले अगाडी बढाउन खोजे देखिन्छ ।

    नेपाली कांग्रेसको लामो विरासत त्यागेर मधेसवादी राजनीतिमा लागेका महन्थ ठाकुरले नेतृत्व गरेको लोसपाको अवस्था पनि यसपटकको निर्वाचन पछि के हुने हो भन्ने अवस्थामा पुगेको छ । महोत्तरीको निर्वाचन क्षेत्र नं. ३ मा उनलाई स्वतन्त्र उमेदवार रामआधार कापरले पछाडी पारेका छन् । मतपरिणामको प्रारम्भिक नतिजालाई हेर्ने हो भने ठाकुर केही मतले कापर भन्दा पछाडी परेका छन् । अघिल्लो निर्वाचनमा मधेसवादी दल एकठाउँमा थिए । उनीहरु निर्वाचित भएर गएपछि सत्ता स्वार्थमा लागेर विभाजन भए । उनीहरुको सत्ता स्वार्थको लडाईका कारण मधेसका जनताका एजेण्डा ओझेलमा परेको भन्दै यसपटक महन्थ र उपेन्द्रलाई सजाय दिने पक्षमा मधेसी जनताले देखिएका हुन की भन्ने अनुमान लगाउन सकिन्छ । यता सर्लाहीको निर्वाचन क्षेत्र नं. २ बाट उमेदवार बनेका राजेन्द्र महतोको स्थिती पनि राम्रो छैन । त्यस क्षेत्रमा महेन्द्रराय यादव उनी भन्दा धेरै मतान्तर सहित अगाडी छन् । प्रारम्भिक नतिजाले समेत राजेन्द्र महतोको स्थिती कमजोर देखाउछ । सदभावना पार्टीको राजनीतिबाट आएका महतोले यसपटक संसदमा जाने विरासत जोगाउन मुस्किल देखिन्छ । मधेसका केही निर्वाचन क्षेत्रको मतपरिणाम सार्वजनिक भएको छ भने अधिकांश जिल्लामा मतगणना हुदैछ । अहिले सम्म बाहिर आएका परिणामलाई हेर्ने हो भने सप्तरी १ मा नवलकिशोर साह, सिराहा २ मा राजकिशोर यादव, सिराहा ४ मा विरेन्द्र प्रसाद महतो, धनुषा १ मा दिपक कार्की, बारा ३ मा रामबाबु कुमार यादव र पर्सा १ मा प्रदीप यादव आफ्ना निकट्तम् प्रतिस्पर्धी भन्दा अगाडी छन् ।

    मधेस प्रदेशका ३२ स्थानको प्रतिनिधि सभा सदस्य पदमा एमालेसँग गठबन्धन गरेको जसपाले १७ बटा क्षेत्रमा उमेदवारी दिएको थियो । पछिल्लो मतपरिणाम अनुसार जनता समाजवादी पार्टी ६ स्थानमा मात्र अगाडी देखिन्छ । २०७४ को निर्वाचनमा जसपाले प्रत्यक्ष तर्फ ९ स्थानमा विजयी हासिल गरेको थियो ।त्यसैगरी लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)को अवस्था पनि राम्रो छैन । पछिल्लो मत परिणामलाई हेर्ने हो भने लोसपाले मधेसका ३२ स्थान मध्ये दुई ठाउँमा मात्र प्रतिस्पर्धामा अगाडी छ । महोत्तरीको क्षेत्र नं २ बाट शरदसिंह भण्डारी र सर्लाही १ बाट रामप्रकाश चौधरी प्रतिस्पर्धामा अगाडी देखिएका छन् । शरदसिंह भण्डारी आफ्ना प्रतिद्धन्दी भन्दा निकै अगाडी छन भने चौधरीलाई स्वतन्त्र उमेदवार मानबहादुर खड्काले नजिकबाट पछ्याई रहेका छन् । २०७४ को निर्वाचनमा १० स्थान जितेको लोसपाले यसपटक पुरानो विसात जोगाउन सक्ने अवस्थामा देखिदैन । बागमती र गण्डकी प्रदेशको शहरी क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टी प्रति जनमत देखिएको छ भने मधेसको सप्तरी, सिराहा, धनुषा, महोत्तरी र सर्लाही जिल्लामा जनमत पार्टी प्रति जनमत बढेको पाइन्छ । अघिल्लो निर्वाचनमा मधेसवादी पार्टी विचको एकताले मुख्य राजनीतिक दलको कमजोर उपस्थिती रहेकोमा यसपटक मुख्य राजनीतिक दल नेपाली कांग्रेस र नेकपा एमालेले मधेसमा राम्रो स्थान हासिल गर्न सक्ने अवस्था देखिएको छ ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • गोलबजारमा युवतीद्वारा युवकमाथि डेरामै छुरा प्रहार, प्रेम सम्बन्धबाट उत्पन्न विवादको आशंका
  • पर्सा–३ मा रुपेश पाण्डे : उदाउँदो राजनीतिक तारा किशोरदेखि युवासमूहसम्मको रोजाइ, ज्येष्ठ नागरिकको भरोसा बटुल्दै
  • बाँकेमा अगुवा कार्यकर्ता भेटघाट कार्यक्रम सम्पन्न : मन्त्री राजकुमार गुप्ताको संगठन सुदृढीकरणमा जोड
  • अमेरिकाले फेरि विदेशी विद्यार्थीहरूलाई भिसा दिने प्रक्रिया सुरु गर्ने, तर शर्त पालना गर्नुपर्ने
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    गोलबजारमा युवतीद्वारा युवकमाथि डेरामै छुरा प्रहार, प्रेम सम्बन्धबाट उत्पन्न विवादको आशंका

    पर्सा–३ मा रुपेश पाण्डे : उदाउँदो राजनीतिक तारा किशोरदेखि युवासमूहसम्मको रोजाइ, ज्येष्ठ नागरिकको भरोसा बटुल्दै

    बाँकेमा अगुवा कार्यकर्ता भेटघाट कार्यक्रम सम्पन्न : मन्त्री राजकुमार गुप्ताको संगठन सुदृढीकरणमा जोड

    अमेरिकाले फेरि विदेशी विद्यार्थीहरूलाई भिसा दिने प्रक्रिया सुरु गर्ने, तर शर्त पालना गर्नुपर्ने

    इरानको सरकारी टिभी ह्याक

    इरानमाथि आक्रमण गर्न अमेरिकी सेनालाई राष्ट्रपति ट्रम्पको स्वीकृति

    लागूऔषधसहित पोखराबाट चार जना पक्राउ

    राष्ट्रिय प्रजातन्त्र पार्टीले गर्‍यो संसद वहिष्कार

    सांसद थापाले च्याते संसदभित्रै बजेट पुस्तिका

    सुरक्षित तथा पर्याप्त खानेपानी पुर्‍याउन सरकार प्रतिबद्ध छ : मन्त्री यादव

    गोलबजारमा युवतीद्वारा युवकमाथि डेरामै छुरा प्रहार, प्रेम सम्बन्धबाट उत्पन्न विवादको आशंका

    पर्सा–३ मा रुपेश पाण्डे : उदाउँदो राजनीतिक तारा किशोरदेखि युवासमूहसम्मको रोजाइ, ज्येष्ठ नागरिकको भरोसा बटुल्दै

    बाँकेमा अगुवा कार्यकर्ता भेटघाट कार्यक्रम सम्पन्न : मन्त्री राजकुमार गुप्ताको संगठन सुदृढीकरणमा जोड

    अमेरिकाले फेरि विदेशी विद्यार्थीहरूलाई भिसा दिने प्रक्रिया सुरु गर्ने, तर शर्त पालना गर्नुपर्ने

    इरानको सरकारी टिभी ह्याक

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    गोलबजारमा युवतीद्वारा युवकमाथि डेरामै छुरा प्रहार, प्रेम सम्बन्धबाट उत्पन्न विवादको आशंका

    News

    पर्सा–३ मा रुपेश पाण्डे : उदाउँदो राजनीतिक तारा किशोरदेखि युवासमूहसम्मको रोजाइ, ज्येष्ठ नागरिकको भरोसा बटुल्दै

    News

    बाँकेमा अगुवा कार्यकर्ता भेटघाट कार्यक्रम सम्पन्न : मन्त्री राजकुमार गुप्ताको संगठन सुदृढीकरणमा जोड

    News

    अमेरिकाले फेरि विदेशी विद्यार्थीहरूलाई भिसा दिने प्रक्रिया सुरु गर्ने, तर शर्त पालना गर्नुपर्ने

    News

    इरानको सरकारी टिभी ह्याक

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑