वीरगंज । पर्सामा स्वतन्त्र उम्मेदवारले पहिलो जित हात पारेका छन् । पर्सा क्षेत्र नम्बर ३ को (क) को प्रदेशसभा सदस्यमा काउली चुनाव चिन्ह लिएर चुनाव लडेका प्रमोद जयसवाल विजयी भएका हुन् ।
जयसवाल , ७ हजार ३ सय ८१ मत सहित निर्वाचित भएको मुख्य निर्वाचन अधिकृत विनोद पोखरेलले जानकारी दिए ।
उनका निकटतम प्रतिस्पर्धी एमाले–जसपा गठबनधनबाट एमालेका उम्मेदवार अब्दुल रहिम अन्सारीले ५ हजार ९ सय ३० मत पाए । जयसवाल र अन्सारी बिचको मतान्तर १ हजार ४ सय ५१ छ ।नर्विाचत जयसवाल , सखुवा प्रसौनी गाँउपालिकाका पूर्व अध्यक्ष प्रदीप जयसवालका दाइ हुन् ।
तेश्रो स्थानमा रहेका अर्का स्वतन्त्र उम्मेदवार चन्द्रकिशोर चौधरीले ४ हजार ६ सय ५५ मत पाए भने पाँच दलीय गठबन्धनबाट माओवादी केन्द्रका उम्मेदवार छोटेलाल यादव ४ हजार ५ सय २८ मतका साथ पाँचौ स्थानमा सिमित हुन पुगेका छन् । उनि २०७४ को निर्वाचनमा तत्कालीन संघीय समाजवादी फोरम नेपालको उम्मेदवार बनेर यहि क्षेत्रबाट प्रदेशसभा सदस्यमा निर्वाचित भएका थिए ।