रसुवा । रसुवा प्रदेश क्षेत्र नं. १ बाट प्रदेशसभा सदस्यमा नेपाली कांग्रेसका प्रभात तामाङ विजयी भएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी नेकपा (एमाले)का कुलप्रसाद भट्टले चार हजार ७७२ मत प्राप्त गरेका छन् ।
तामाङले आफ्ना प्रतिद्वन्द्वीभन्दा तीन हजार ४१४ मत बढी प्राप्त गरेको निर्वाचन अधिकृत रामचन्द्र पौडेलले जानकारी दिए ।
उक्त क्षेत्रमा एक स्वतन्त्र महिलासहित आठजना उमेदवार थिए । उक्त क्षेत्रमा १३ हजार ६५५ मत खसेकामा १३ हजार २८७ मत सदर भएको थियो । रासस