वीरगंज । सर्लाही क्षेत्र नम्बर ४ मा नेपाली काँग्रेसबाट विद्रोह गरी स्वतन्त्र उम्मेदवार बनेका डा.अमरेशकुमार सिंह अग्रता कायम गरेका छन् ।
सुरुमा माओवादी केन्द्रको विद्रोही उम्मेदवार मधुमाला कुमारीले अग्रता लिएकी थिइन् । अहिले उनी तेस्रो स्थानमा झरेकी छिन् । मधुमाला शिवपुजन राय यादवकी छोरी हुन् ।
आज विहानदेखि अमरेशसिंह अग्रता लिएका छन् । उनले सात हजार एकमत ल्याएका छन् भने काँग्रेसका उम्मेदवार नागेन्द्रकुमार राय पाँचहजार ९३० मत ल्याएका छन् । त्यस्तै, मधुमाला कुमारीले पाँच हजार १९६ मत ल्याएकी छिन् ।