काठमाडौं । काठमाडौं क्षेत्र नम्बर २ को प्रदेशसभा ‘ख’ मा राष्ट्रिय प्रजातन्त्र पार्टीले अग्रता लिएको छ । राप्रपाका राजु बिष्टले १ हजार ३४० मत पाएर अग्रता लिएका छन् ।
दोस्रोमा एकीकृत समाजवादीका भरतप्रसाद फुँयालले १ हजार ८८ मत पाएका छन् । तेस्रोमा एमालेका सुवर्ण श्रेष्ठले १ हजार १९ मत पाएका छन् ।
यसअघि काठमाडौं क्षेत्र नम्बर २ को प्रदेशसभा ‘क’ मा राप्रपाका सुनील केसी विजयी भएका थिए ।