वीरगंज । मधेश प्रदेशसभामा जनमत पार्टीले सप्तरीबाट खाता खोलेको छ । सप्तरी क्षेत्र नम्बर २ (ख) मा जनमत पार्टीका महेश यादव १३ हजार ३२५ मत ल्याएर निर्वाचित भएका छन् । उनलेका निकटतम प्रतिद्वन्द्वी माओवादी केन्द्रका उम्मेदवार उमेश यादवले ७ हजार २३ मत मात्र पाएका छन् ।
सोही क्षेत्रमा जनमत पार्टीका राष्ट्रिय अध्यक्ष डा. सिके राउत जसपाका अध्यक्ष उपेन्द्र यादवसँग दोब्बरभन्दा बढी मतले अग्रता कायम गरिरहेका छन् । राउतले १५ हजार ३४ मत प्राप्त गर्दा यादवले भने ७ हजार ४४५ मत प्राप्त गरेका छन् । राउतको साँढे ७ हजार बढी छ ।
तेस्रो स्थानमा रहेका सत्तारूढ गठबन्धनका साझा उम्मेदवार लोसपाका जयप्रकाश ठाकुरले भने ३ हजार ७० मत प्राप्त गरेका छन् ।