वीरगंज । जनता समाजवादी पार्टी (जसपा) पर्साका अध्यक्ष रामनरेश प्रसाद यादवले दोस्रो पटक हार्ने संकेत देखिएको छ । अहिलेसम्मको मतपरिणाम हेर्दा पर्साको क्षेत्र नम्बर २ (क) का उम्मेदवार यादवले फेरी हार्ने संकेत देखिएको हो ।
जसपा र नेकपा एमाले गठबन्धनका उम्मेदवार यादवभन्दा पाँच दलीय गठबन्धनका उम्मेदवार नेपाली कांग्रेसका श्याम प्रसाद पटेल २ हजार ७८ मतले अगाडी छन् । पटेल जितको नजिक छन् । पटेलले ११ हजार ८३ मत ल्याएका छन् भने यादवले ९ हजार ५ मत प्राप्त गरेका छन् ।
यादव यसअघि २०७४ को प्रदेश सभाको निर्वाचनमा १ सय ८० मतको झिनो अन्तरले पराजित भएका थिए । नेपाली कांग्रेसका राजेश्वर प्रसाद सा १० हजार २ सय ५९ मत ल्याएर निर्वाचित हुँदा यादवले १० हजार ७९ मत प्राप्त गरेका थिए ।