• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    बाबु पुस्तालाई विस्थापित गर्दै सांसद बने २९ वर्षीय योगेश

  • वीरगंज संजाल
  • ५ मंसिर २०७९, सोमबार १३:२१
  • १९४५

    पोखरा । यो चुनावमा नेपाली कांग्रेसबाट सहजै टिकट पाएका सीमित व्यक्तिमध्ये पर्छन्, मुस्ताङका २९ वर्षे युवक योगेश गौचन । झण्डै ४ दशक मुस्ताङको राजनीतिमा रजगज गरेका कांग्रेस नेता रोमी गौचन थकालीले यसपटक प्रतिनिधि सभाको टिकट आफ्नै छोरा योगेशलाई दिँदा धेरैले भनेका थिए, जिल्लामा प्रभावशाली एमालेका नेता प्रेम तुलाचनका अघि उनको केही जोर चल्दैन । हुन पनि २०७४ सालको निर्वाचनमा प्रेमले रोमीलाई नै हराएर संसद छिरेका थिए ।

    कांग्रेस नेतृत्वले मुस्ताङका जिल्ला सभापतिसमेत रहेका रोमीलाई प्रतिनिधिसभा र प्रदेशसभाको टिकट दिएर पठाएको थियो । रोमीले आफैं उम्मेदवार हुन रुची देखाएनन् र छोरालाई टिकट दिए ।
    देशभर युवाको लहर चलिरहेका बेला भर्खरै राजनीतिमा प्रवेश गरेका योगेशले बाबु पुस्ताका ६० वर्षका प्रेमलाई हराउँदै इतिहास रचे ।

    योगेशले तीन हजार ९९२ मत ल्याएर चुनाव जित्दा एमालेका तुलाचनले तीन हजार ७८ मत पाए । १० हजार ९५७ जना मतदाता रहेको मुस्ताङमा आइतबार भएको निर्वाचनमा ७ हजार २३० मत खसेको थियो ।
    २०७४ को चुनावमा कम मतान्तरले कांग्रेस पराजित भएको क्षेत्रमध्ये मुस्ताङ पनि एक थियो । एमालेका तुलाचनले ३ हजार ५४४ मत पाएर निर्वाचित हुँदा कांग्रेसका रोमीले ३ हजार १८१ मत ल्याएका थिए । यसपटक प्रत्यक्षमा उम्मेदवार हुने रुची नदेखाएका रोमी समानुपातिक तर्फ पनि बसेनन् ।

    ३० वैशाखमा भएको स्थानीय तह निर्वाचनको नतिजा भने मुस्ताङमा एमालेको पक्षमा थियो । ५ स्थानीय तहमध्ये ४ पालिकाको अध्यक्ष एमालेले जितेको थियो भने एउटा पालिकाको अध्यक्ष र २ उपाध्यक्ष कांग्रेसले जितेको थियो । पालिका अध्यक्षले पाएको मतका आधारमा एमाले कांग्रेस भन्दा ४०० मतले अगाडि थियो ।

    यसवर्ष कांग्रेसबाट प्रतिनिधि सभामा पुग्ने योगेश नै सबैभन्दा कम उमेरका सांसद हुन् । पार्टी संरचनाको पदीय जिम्मेवारीमा योगेश तत्कालीन लेते गाविसको पार्टी सभापति थिए । हाल उनी गण्डकी प्रदेश सदस्य र महाधिवेशन प्रतिनिधि हुन् ।

    मुस्ताङको थासाङ गाउँपालिका–३ लेते कालोपानीका योगेश र पराजित प्रेम नातामा साला भेना हुन् । रोमी (योगेशका बुवा) र प्रेम मामा–फूपूका छोरा हुन् ।

    प्रेमलाई योगेशले भेना र प्रेमले योगेशलाई साला भनेर सम्बोधन गर्छन् । भारतमा ब्याचलर अफ बिजनेस म्यानेजमेन्ट सकेर फर्किएका योगेश राजनीतिसँगै व्यापारमा संलग्न छन् । गौचनको लेतेमा कालोपानी गेस्ट हाउस होटल छ । साथै उनले ट्राभल्स कम्पनी पनि सञ्चालन गर्छन् ।

    निर्वाचित योगेशका बुबा रोमीले चार दशक बढी कांग्रेस मुस्ताङको राजनीतिमा एकछत्र पकड कायम राखेका थिए । रोमीले २०५६ र २०७० सालमा निर्वाचनमा जितेका थिए । पूर्व मन्त्री समेत रहेका रोमीले २०६४ र २०७४ मा चुनाव हारेका थिए ।

    नवनिर्वाचित योगेशका हजुरबुबा भने पञ्चायती व्यवस्थाका पक्षधर थिए । मुस्ताङका प्रधानपञ्च तथा कट्टर राजावादी रोमी २०३४ सालतिरदेखि कांग्रेसमा आवद्ध भएका थिए ।

    योगेशले चीनको सिमानामा रहेको कोरला नाका सञ्चालन गर्न चिनसँग कुटनीतिक पहल गर्ने, त्यहाँ जोड्ने सडक पूर्वाधार तयार पार्ने मुद्दालाई प्राथमिकता दिने बताएका छन् । जोमसोम–कोरला सडक कालोपत्रे गर्ने र बेनी–जोमसोम सडकलाई स्थायी र दीर्घकालीन निकास दिन पहल गर्ने मतदाता समक्ष प्रतिवद्धता गरेका छन् ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • अनेरास्ववियु पर्साद्वारा ठाकुरराम क्याम्पसमा वृक्षारोपण कार्यक्रम सम्पन्न
  • संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा
  • सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट
  • नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    अनेरास्ववियु पर्साद्वारा ठाकुरराम क्याम्पसमा वृक्षारोपण कार्यक्रम सम्पन्न

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश

    वीरगन्ज लेडिज सर्कल ३ द्वारा नारायणी अस्पतालमा फलफुल वितरण

    सामाजिक युवा एकता क्लबद्वारा रक्तदान, ५१ जनाले गरे रक्तदान

    छपकैयाका आलमलाई उपकार सेवा नेपालद्वारा व्हिलचेयर सहयोग

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    अनेरास्ववियु पर्साद्वारा ठाकुरराम क्याम्पसमा वृक्षारोपण कार्यक्रम सम्पन्न

    News

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    News

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    News

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    News

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑