• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    नेपालमा फैलिएको डेंगु कोरोनाकै कुनै स्टेज हो त ? के भन्छन् डा. समीरकुमार अधिकारी ?

  • वीरगंज संजाल
  • ३० कार्तिक २०७९, बुधबार १५:२४
  • १६५३

    वीरगंज । जाडोयाम प्रारम्भ भैसकेको छ, यद्यपि डेंगुबाट मानिसहरु संक्रमित हुने क्रम भने रोकिएको छैन । जाडो बढेसंगै डेंगुको जोखिममा केही कमी त आएको छ, तर यसबाट संक्रमण हुने क्रम भने उस्तै छ । एडिज जातको लामखुट्टेले सार्ने डेंगुको जोखिम झै पनि कायमै रहेको चिकित्सकहरुको भनाइ छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मंगलबार अद्यावधिक गरेको तथ्यांक हेर्ने हो भने अहिले पनि डेंगुको संक्रमण नेपालका ७७ वटै जिल्लामा फैलिएको छ भने गत साउनदेखि मंगलबारसम्म यसबाट संक्रमित हुनेहरुको संख्या ५१ हजार १ सय ७७ पुगेको छ । हालसम्म डेंगुका कारण ५७ जनाको निधन भैसकेको छ ।यसैबीच, कलाकर्मी प्रतिनिधिले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सह–प्रवक्ता डा.समीरकुमार अधिकारीसंग डेंगु संक्रमणको वर्तमान अवस्था, कोरोना संक्रमणको दरदेखि निर्वाचनका चहलपहलले बढाएको जोखिमका बारेमा केन्द्रित रहेर गरिएको कुराकानी गरेका छन् । कुराकानीको सम्पादित अंशः अहिले नेपालमा डेंगुको अवस्था कस्तो छ ? पछिल्लो अवस्थाको बारेमा कुरा गर्नु पर्दा केहीअघिको भन्दा केही सहज अवस्था छ । चिसो बढेसंगै हामीलाई डेंगु घट्ने क्रममा छ जस्तो लागेको छ । यद्यपि, यसको जोखिम भने अझै पनि कायमै छ भन्नु पर्छ । जाडोयाममा त लामखुट्टेको प्रकोप हुँदैन नि ? जाडो लाग्यो अथवा चिसो मौसम प्रारम्भ भयो भन्दैमा डेंगुको जोखिम कम भयो, अब डेंगु हुँदै–हुँदैन भनेर ढुक्क हुनु हुँदैन, कसैले पनि लापरबाही गर्नु हुँदैन । घर बाहिरको तापक्रम अवश्य कम भएको होला, तर घरभित्रै अथवा घरका कुनाकाप्चामा लुकेर बसेका लामखुट्टेले अझै पनि डेंगीलगायत संक्रमण गराउन सक्छन् भन्ने कुरा बिर्सन हुँदैन । पछिल्लो एक–दुई सातायता संक्रमित हुनेहरुको संख्यामा कमि आएको त हो नि ? अवश्य पनि संक्रमित हुनेहरुको संख्यामा कमि आइरहेको छ । पछिल्लो एक सातायता त निकै नै कमि आएको छ । यसरी डेंगुबाट संक्रमित हुनेहरुको संख्या कम हुने आफ्नै केही कारणहरु छन् । जस्तो जाडो बढेसंगै लामखुट्टेको सक्रियता पनि कम हुन्छ । लामखुट्टेको सक्रियता घटेपछि डेंगु लगायतका संक्रमण फैलिने सम्भावना कम हुन्छ । दोस्रो कारण भने जाडो बढेकैले हामी सबै जना अचेल पुरा बाहुला भएका अथवा बाक्ला पहिरन लगाएर बस्छौं, जसका कारण लामखुट्टेको टोकाइबाट बच्न सकियो । तेस्रो कारण भनेको जाडो बढेकैले हामी घर बाहिर जाने क्रम पनि घटेको छ । यी कारणले पनि अहिले डेंगुको संक्रमणको दर घटेको हो । कहिलेसम्म डेंगीको प्रकोप रहिरहन्छ ? अझै पनि डेंगु पूर्ण रुपमा कम भएको छ भन्ने अवस्थामा छैनौं ।

    गाह्रो भएको अवस्थाबाट सहज अवस्थामा मात्र आएका हौं । अघिल्ला वर्षहरुको तुलनामा यो वर्ष डेंगुको संक्रमण लामो अवधिसम्म रह्यो, संक्रमितको संख्या पनि बढी भयो, ज्यान गुमाउनको संख्या पनि धेरै भयो । यसको प्रकोप कहिलेसम्म रहन्छ भन्दा पनि हामीले यसबाट जोगिनका लागि सचेत भएर सावधानीहरु अपनाउनु महत्वपूर्ण कुरा हो । अहिले तापक्रम कम भएकाले जोखिम कम भएको हो, आगामी वर्ष यो झन् बढेर जाने सम्भावना छ । त्यसैले हामीले आगामी वर्षका लागि अहिलेदेखि नै सावधानी अपनाउन थाल्नु पर्छ । लामखुट्टेको टोकाइबाट बच्ने उपाय अपनाउनु पर्छ । आवश्यक सावधानी अपनाइरहने हो भने यो सिजनलाई डेंगु करिब–करिब गयो भने पनि हुन्छ, तर आगामी वर्षका लागि भने अहिलेदेखि नै तयारी गर्नु पर्छ ।काठमाडौंको तुलनामा तराई तथा अन्य पहाडी क्षेत्रमा डेंगु बढेको हो ?संक्रमण शहरी क्षेत्रमा मात्र हुने भन्ने हुँदैन । भरखरै दशैं–तिहार जस्ता ठूला चाडपर्वको क्रममा मानिसहरु शहरबाट गाउँ अनि गाउँबाट शहर जाने–आउने क्रम चलिरह्यो । यसका कारण पनि राजधानी काठमाडौंमा केन्द्रित भएको डेंगुको संक्रमण गाउँ–गाउँसम्म पुगेको हुनसक्छ । सामान्यतया मानिसको आवतजावतले पनि संक्रमण फैलाउन सहयोग पुर्याउँछ, संक्रमण बढाउन सकछ ।मानिसहरु त यो डेंगु नभएर कोरोनाको एउटा स्टेज हो भन्न थालेका छन् नि ?यो गलत कुरा हो । डेंगु र कोरोना दुई भिन्न कुरा हुन् । कोरोना भनेको मानिसबाट मानिसमा सर्ने रोग हो भने डेंगु लामखुट्टेको टोकाइबाट मात्र सर्ने रोग हो । त्यसैले यी दुबै रोग एउटै हुँदै होइनन् । अधिकांश संक्रमणका लक्षणहरु उस्तै–उस्तै हुनाले मानिसलाई त्यस्तो लागेको हुनसक्छ । तर कोरोना र डेंगु दुई भिन्न संक्रमण हुन् ।युवा अवस्थाका मानिसले पनि डेंगुबाट ज्यान गुमाएका छन्, के कारण होला ?सामान्यतया डेंगुको संक्रमण जोखिमपूर्ण नै हुन्छ । सुरुवाती चरणमा हुने संक्रमण खासै जोखिमपूर्ण नहोला, तर कतिपयलाई यो जोखिमपूर्ण नै हुन्छ । डेंगुको संक्रमण प्रायः सबै उमरका व्यक्तिहरुका लागि जोखिमपूर्ण मानिन्छ । व्यक्ति अनुसार कतिपयलाई यसका सामान्य लक्षण देखिएलान्, कतिपयलाई अलि गम्भिर लक्षण देखिएलान् । कसैलाई हल्का ज्वरो मात्र आउन सक्छ, कसैलाई त्यही ज्वरो उच्च मात्राको आउन सक्छ । अझ दोहोर्याएर संक्रमण भयो भने त्यो झन् बढी जोखिमपूर्ण हुनसक्छ । तर उमेर समुह अनुसार फरक हुन्छ भन्ने हुँदैन । डेंगु सबै उमेर समुहका व्यक्तिका लागि उत्तिकै जोखिमपूर्ण हुन्छ भन्ने कुरा सबैले बुझ्नु पर्छ । कसलाई कति असर गर्छ भन्ने कुराभन्ने कुरा शरीरमा संक्रमण आएपछि मात्र थाहा हुन्छ ।काठमाडौंको फोहोर लामो समयसम्म नउठेकोले लामखुट्टे फैलिएको र डेंगुले महामारी ल्याएको भन्छन् नि के भन्नु हुन्छ ?हुन त संक्रमण फैलिने भनेकै फोहोरबाटै हो । तर काठमाडौंमा थुप्रिएको फोहोर-मैलाले मात्रै डेंगु फैलिएको हो भन्ने आधार छैन ।

    सामान्यतया घर वरिपरी जम्ने पानीमा एडिज जातको लामखुट्टेले पार्ने फूलबाट डेंगु फैलिने हो । तर, आफ्नो टोल, समाज सफा राख्नु नै कुनै पनि संक्रमणलाई फैलिन नदिने उपाय हो ।आगामी वर्षको गर्मी मौसममा डेंगी फैलिन नदिनका लागि अहिलेदेखि कुनै तयारी गर्दै हुनुहुन्छ कि ?यो स्वास्थ्य मन्त्रालयले मात्र गरेर टुंगिने कुरा होइन । डेंगु नियन्त्रणका लागि सबै जना जोडिनु आवश्यकता छ । सबैले सचेतना अपनाउनु अनिवार्य छ । स्वास्थ्य मन्त्रालयले समन्वय गर्ने हो, प्रवन्ध गर्ने हो । डेंगु फैलिन नदिन के, के गर्न सकिन्छ, त्यो मन्त्रालयले गर्ने कुरा हो । यद्यपि, सामुहिक सचेतनाले नै यस्ता संक्रमणलाई रोक्न सकिन्छ । जबसम्म एउटा व्यक्ति, एउटा परिवार, एउटा टोल, एउटा समाज सचेत हुँदैन, यस्ता संक्रमणलाई रोक्न गाह्रो परिरहन्छ । सबैले लामखुट्टेको संख्या बढ्न नदिने, फोहोरमैला व्यवस्थापन गर्ने, घर वरपर खाल्डा खुल्डी छन् भने पुर्ने, त्यसमा पानी जम्न नदिने, घरभित्र लामखुट्टे छिर्न नदिने, राति सुत्दा झुल हालेरमात्र सुत्ने, घरबाहिर निस्कँदा पुरा बाहुला लुगा लगाएर निस्कने आदि गर्ने हो भने डेंगुको संक्रमणबाट बच्न सकिन्छ ।अन्त्यमा, हामी निर्वाचनको मुडमा छौं । चुनावी प्रचार–प्रसारको क्रममा जम्मा हुने भिडले कोरोना बढाउने सम्भावना कत्तिको देख्नु हुन्छ ?हामी अझै पनि कोरोनाकै बीचमा छौं । मंगलबार सम्म झण्डै पाँच सय जना सक्रिय संक्रमित हुनुहुन्छ । यो भनेको हामीबाट कोरोना गैसकेको छ भन्ने अवस्था होइन । कोरोना अझै पनि हामी माझ नै छ । अर्कोतिर हामी सबैले कोरोनाविरुद्धको खोपको दोस्रो मात्रा लगाइसकेको अवस्था छैन । यस्तो अवस्थामा एक व्यक्तिबाट अर्को व्यक्तिमा सजिलै सर्ने यो संक्रमणबाट आफूले आफैंलाई जोगाउने उपाय गर्नु पर्छ । अहिले पनि भिडभाडमा जाँदा मास्क लगाउन बिर्सनु हुन्न । सकेसम्म भिडभाडमा जानबाट बच्नु पर्छ । जानै परे मास्क लगाउनु पर्छ । अहिले भैरहेको संक्रमणमा नयाँ भेरियन्ट थपियो भने थप जोखिमपूर्ण हुन सक्छ । कोरोनाको महामारी भएको बेलाको जस्तो दैनिकी गर्नु पर्छ भन्ने होइन, तर संक्रमण अहिले पनि कायम रहेकाले सबैले सचेत हुनै पर्छ । सावधानी अपनाउनै पर्छ ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • अनेरास्ववियु पर्साद्वारा ठाकुरराम क्याम्पसमा वृक्षारोपण कार्यक्रम सम्पन्न
  • संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा
  • सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट
  • नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    अनेरास्ववियु पर्साद्वारा ठाकुरराम क्याम्पसमा वृक्षारोपण कार्यक्रम सम्पन्न

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश

    वीरगन्ज लेडिज सर्कल ३ द्वारा नारायणी अस्पतालमा फलफुल वितरण

    सामाजिक युवा एकता क्लबद्वारा रक्तदान, ५१ जनाले गरे रक्तदान

    छपकैयाका आलमलाई उपकार सेवा नेपालद्वारा व्हिलचेयर सहयोग

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    अनेरास्ववियु पर्साद्वारा ठाकुरराम क्याम्पसमा वृक्षारोपण कार्यक्रम सम्पन्न

    News

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    News

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    News

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    News

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑