• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    दार्चलामा कामका आधारमा बडूलाई भर, ठगुन्नालाई सकस

  • वीरगंज संजाल
  • ३० कार्तिक २०७९, बुधबार १५:००
  • १७७३

    दार्चुला । दार्चुलामा उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्रप्रसाद बडू र पूर्वमन्त्री गणेशसिंह ठगुन्नाबीच मुख्य प्रतिस्पर्धा हुने देखिएको छ । सत्ता गठबन्धनबाट कांग्रेस नेता बडू र एमालेबाट ठगुन्नासहित ९ जना उम्मेदवार चुनावी मैदानमा छन् । विगका निर्वाचन झै यसपालि पनि कांग्रेस र एमालेबीच कडा टक्कर हुने संकेत देखिएको हो । मन्त्री बडू र पूर्वमन्त्री ठगुन्ना २०६४ सालयता तेस्रो पटक आमानेसामने हुँदै छन् । २०६४ मा यी दुवैलाई माओवादीका लक्ष्मणदत्त जोशीले पराजित गरेका थिए भने २०७० मा बडूलाई ठगुन्नाले पराजित गरेका थिए । ठगुन्ना २०७४ मा पनि दोहोरिएका थिए भने बडू समानुपातिकतर्फको उम्मेदवार बने । त्यसअघि, २०४८ र २०५६ मा भने उनी सांसद चुनिएका थिए । एमाले–माओवादी वाम गठबन्धनबाट उम्मेदवार बनेका ठगुन्नाले कांग्रेसका विक्रमसिंह धामीलाई हराएका थिए । ठगुन्नाले २८ हजार ९९८ मत ल्याएका थिए भने धामीले २२ हजार २३३ मत ल्याएका थिए । यसपल्ट दुवै जना प्रत्यक्ष चुनाव जितेर ‘ह्याट्रिक’ गर्ने दाउमा छन् । तर, सत्ता गठबन्धनविरुद्ध ठगुन्नालाई जित हासिल गर्न सहज छैन । २०७४ मा एमालेको जितको सारथी माओवादी अहिले कांग्रेससँग सहकार्य गरिरहेको छ ।

    गत वैशाखमा भएको स्थानीय निर्वाचनको मतपरिणाम हेर्दा सत्ता गठबन्धन र एमालेबीच कडा प्रतिस्पर्धा हुने देखिन्छ । स्थानीय निर्वाचनमा एमालेले वडागत रूपमा २९ हजार ३९७ मत ल्याउँदा कांग्रेसले २१ हजार ५५४ र माओवादीले ७ हजार ८८१ मत पाएको थियो । जिल्लाका ९ स्थानीय तहमध्ये एमालेले २ नगरपालिकासहित ५ र माओवादीले ४ पालिका प्रमुख जितेका थिए । कांग्रेसले नेतृत्व लिन सकेको थिएन । ६१ वडामध्ये ३४ वडामा एमाले विजयी भएको थियो । कांग्रेसले १७ र माओवादीले १० वडाध्यक्ष जितेका थिए । विगतका निर्वाचनमा नेताहरूले दिएका आश्वासन पूरा नभएकाले पनि यसपालि मतदातमा चरम निराशा छ । यसको फाइदा बडूले उठाउन सक्ने चर्चा छ । बडूले आफूले जिल्लाको लागि सरकारमा छँदा र बाहिर रहँदासमेत काम गरेको भन्दै आगामी ५ वर्ष दार्चुलाको विकासका लागि जनताले जनमत दिने विश्वास व्यक्त गरे ।

    उनले २०४८ सालदेखि जिल्लामा ठूला परियोजना भित्र्याएको बताउँदै विकासको निम्ति र मुलुकको स्थिरताका हिसाबले पनि आफूहरु जित्ने दाबी गरे ।जिल्लाको विकासका लागि आफूले एडीबीका परियोजना, विद्युत उत्पादनका योजना, विद्युतीकरण, संचार सेवा विस्तार, शिक्षा क्षेत्रका महत्वपूर्ण काम, पर्यटकीय पूर्वाधार, खाद्य डिपो संचालन तथा जनजीविकाका सवालमा थुप्रै कामहरु गरेको उनको भनाइ थियो । ‘विकास मैले गरँे भनेर ठगुन्नाले गीत मात्रै गाए जिल्लाको विकास जति मेरो पालामा मैले गरेको छु’, बडूले भने । एमाले उम्मेदवार ठगुन्नाले भने आफूले पाँच वर्षमा गरेको काम हेरेर आफूलाई जनताले मत दिने बताए । दार्चुलामा एमाले बलियो रहेको भन्दै सहजै जित्ने उनको दाबी छ । ‘एमाले सांगठनिक रूपमा बलियो छ, जस्तोसुकै गठबन्धन भए पनि केही फरक पर्दैन । एमालेको जित सुनिश्चित छ,’ उनले भने । तर यसपालि सुदूरपश्चिमबाट एमाले निराश देखिएको बुझिएको छ । त्यसको आभाष भएरै अध्यक्ष केपी शर्मा ओली दुई पटक सुदूरपश्चिम पुगेका छन् ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • अनेरास्ववियु पर्साद्वारा ठाकुरराम क्याम्पसमा वृक्षारोपण कार्यक्रम सम्पन्न
  • संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा
  • सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट
  • नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    अनेरास्ववियु पर्साद्वारा ठाकुरराम क्याम्पसमा वृक्षारोपण कार्यक्रम सम्पन्न

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश

    वीरगन्ज लेडिज सर्कल ३ द्वारा नारायणी अस्पतालमा फलफुल वितरण

    सामाजिक युवा एकता क्लबद्वारा रक्तदान, ५१ जनाले गरे रक्तदान

    छपकैयाका आलमलाई उपकार सेवा नेपालद्वारा व्हिलचेयर सहयोग

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    अनेरास्ववियु पर्साद्वारा ठाकुरराम क्याम्पसमा वृक्षारोपण कार्यक्रम सम्पन्न

    News

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    News

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    News

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    News

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑