वीरगंज । भारतीय सेनाले लद्दाखमा सुरक्षा व्यवस्थालाई कडा पारिरहेको बीबीसी हिन्दीले उल्लेख गरेको छ। चीनको सामना गर्न अहिले भारती सेनाले तयारी गरिरहेको हो। इकोनमिक्स टाइम्समा प्रकाशित समाचारलाई आधार बनाएर बीबीसी हिन्दीले भारतीय सेनाले यस क्षेत्रमा हतियारको संग्रह गरि भूमिगत व्यवस्थापन गर्ने कार्य गरिरहेको छ।
यस्तै, २२ हजार सैनिक बस्न मिल्ने गरि क्याम्पसमेत निर्माण भइरहेको छ। सेनाले लद्दाखमा पुलहरुको मर्मतसमेत गरिरहेको छ। भारी सवारी साधनको क्षमता ठेग्न सक्ने गरि सेनाले तयारी गरिरहेको हो। चिनियाँ ट्यांकहरुबाट हुन सक्ने आक्रमणको विरुद्ध गर्न सकिने जवाफी कारवाहीको तयारी पनि भइरहेको छ। निजी कम्पनीको सहयोगमा सेनाले विभिन्न सामाग्री तयार गरिरहेको जनाइएको छ।
सेनाले थ्रीडी प्रिन्टेड डिफेन्समा पनि काम गरिरहेको छ। गलवानमा भारत र चीनका सेनाबिच भएको झडपपछि अहिले भारतीय सेनाले सीमा क्षेत्रमा सेनालाई बलियो बनाउने योजना बनाएको बताइन्छ। जस अन्तर्गत सडक, सुरुङमार्ग र हवाइ क्षेत्रको निर्माण समेत रहेको छ।