वीरगन्ज । मधेशका मुद्दाहरु लाई आत्मसात गर्दै राष्ट्रिय तह र तप्का सम्म आफ्नो आवाज को गर्जन पुर्याउन सफल भएका लक्ष्मणलाल कर्णको जन्म २००३ साल चैत १५ गते भएको हो । उहाँको जन्मस्थल पर्साको जानकीटोल हाल जगरनाथपुर गाउँपालिका हो ।
दुर्गम स्थितिमा जन्म लिएका कर्णलाई शिक्षित हुनबाट दुर्गमताले पनि छेक्न सकेन । गाउँमा प्राथमिक विद्यालयसम्म पनि नहुँदा उनी शिक्षा आर्जन गर्न भारत पुगे । तत्पश्चात को शिक्षा कर्णले नेपाल फर्किदै सम्पन्न गरे । उहाँले आफ्नो स्नातक कानुन तथा शिक्षा सङ्कायमा हासिल गरेका छन् । कर्ण कानुन क्षेत्रमा विज्ञता हासिल गरेका व्यक्तित्व हुन् । २०३३ साल बाट प्रारम्भ उँहाको वकालतले निकै चर्चा कमायो । उनी वरिष्ठ अधिवक्ताको नामले पनि परिचित छन् ।
बहुप्रतिभाशाली कर्णको बौदिकता र कार्य क्षमता कानुन क्षेत्रसम्म मात्र सीमित रहेन । २०४० साल बाट थालनी भएको उहाँको राजनीतिक यात्रा द्वारा उनी दुई पटकसम्म समानुपातिकतर्फबाट सभासदका लागि निर्वाचित भए । उनी त्यतिबेला सद्भावना परिषदका सचिव थिए । विनाविभागीय मन्त्री भइ उनले १४ महिनाको कार्यकाल सम्हालेसँगै पार्टीको उपाध्यक्ष भए ।
लक्ष्मणलाल कर्ण जित्ने प्रबल सम्भावना किन र त्यसका आधार के ?
• नागरिकता विधेयक कै लागि पटकपटक सडक र संसद भवन आफ्ना तर्कहरुले थर्कमान बनाउँछन् । उनको राजनीतिक यात्रामा यस विषयलाई अत्याधिक जोड दिएको पाइन्छ ।
• १८ दिनकै कार्यकालमा उनले रामराजा मेडिकल कलेजका लागि ९२ बिघा जग्गाका लागि स्वीकृति दिए ।
• वीरगंजस्थित जनकपुर उच्च अदालत उनकै पहलको प्रतिफल हो
• राष्ट्रिय स्तरकै कानुन तथा नीति निर्माणका निम्ति कर्ण आफ्नो बौद्धिक र कार्यक्षमताका कारण विशेष रोजाइमा पर्छन्
• मधेसलाई परेका पीडा र अन्याय सम्बोधन गर्न कर्ण कहिल्यै पनि पछि हटेनन् । नेपाल-भारत सिमानामा दिएका यिनका तर्क हरुले संसदलाई नै सोचमग्न तुल्यायो ।
इ-अथावत कुराले लक्ष्मणलाल कर्ण जित्ने प्रबल सम्भावना पनि देखिएको छ ।