वीरगंज । बलिउडको बहुप्रतीक्षित फिल्म ‘उचाइ’ ले भारतको बक्स अफिसमा आक्रामक व्यापार गरेको छ । गत शुक्रवार बक्स अफिसमा आएको यस चलचित्रले हालसम्म १२.०४ करोड भारतीय रुपैयाँ कमाएको छ । निर्माता सुरज बडजात्याको बहुप्रतीक्षित यस चलचित्र ‘उचाई’ लाई शुरूदेखि नै सकारात्मक समीक्षा पाएको छ ।
फिल्मले सोमवार मात्रै १.८८ करोड भारतीय रुपैयाँ कमाएको छ । भारतका ट्रेड विश्लेषक र फिल्म समीक्षक तरण आदर्शले ट्वीटरमा फिल्मको बक्स अफिस कमाइ शेयर गरेका छन् । उचाइले चौथो दिनमा बलियो पकड कायम राखेको उनले लेखेका छन् ।
फिल्मले हलमा आएको पहिलो दिन शुक्रवार १.८१ करोड, शनिवार ३.६४ करोड भारतीय रुपैयाँ, आइतवार ४.७१ करोड र सोमवार १.८८ करोड भारतीय रुपैयाँ कमाएको छ । फिल्ममा अमिताभ बच्चनका साथै अभिनेता अनुपम खेर र बोमन इरानी पनि मुख्य भूमिकामा छन् । फिल्ममा परिणिती चोपडा र नीना गुप्ताको पनि मुख्य भूमिका छ । मित्रताको परिकल्पनामा घुमेको यो चलचित्र नोभेम्बर ११ मा रिलिज भएको हो ।