वीरगंज । मंगलबार शेयर बजार पुनः ओरालो झरेको छ । हिजो सोमबार भने बजार दोहोरो अंकले बढेको थियो । नेपाल स्टक एक्सचेञ्ज लिमिटेड (नेप्से) का अनुसार आज बजार ६.५९ अंकले घटेको हो । ०.३५ प्रतिशतले बजार घट्दा नेप्से परिसूचक १८९७.८६ अंकमा ओर्लिएको छ । आज २२९ कम्पनीका २७ लाख ४५ हजार १ सय ९ कित्ता शेयर किनबेच हुँदा १ अर्ब २ करोड ३६ लाख ९ हजार ९ सय ६० रुपियाँ ४२ पैसा बराबरको कारोबार भएको नेप्सेले जनाएको छ ।
समग्रमा बजार घटे पनि आज सिटिजन्स म्युचुअल फण्डका लगानीकर्ताले सबैभन्दा बढी ४.५८ प्रतिशतले नाफा कमाएका छन् । त्यसैगरी तारागाउँ रिजेन्स होटलका लगानीकर्ताले सबैभन्दा बढी ८.५६ र आजैबाट कारोबार शुरु भएको सिक्लेस हाइड्रोपावरका लगानीकर्ताले ८.४२ प्रतिशतले घाटा व्यहोरेका छन् । हिमालयन डिस्टिलरी लिमिटेडको आज उच्च कारोबार भएको छ ।
उक्त कम्पनीको ८ करोड २२ लाख ३४ हजार ६ सय ७५.९० रुपियाँ बराबरको शेयर किनबेच भएको हो । साताको पहिलो आइतबार १०.५४ अंकले बजार घट्दा ७७ करोड ४९ लाख ११ हजार ७ सय ६ रुपियाँ ६५ पैसा र हिजो सोमबार २१.२६ अंकले बजार बढ्दा ९४ करोड ६० लाख ८९ हजार ५ सय २१।२२ रुपियाँ बराबरको कारोबार भएको थियो ।