• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    सप्तरी- २ मा त्रिपक्षीय भिडन्त, संकटमा उपेन्द्र यादव!

  • वीरगंज संजाल
  • २९ कार्तिक २०७९, मंगलवार १५:५१
  • १८०५

    जनकपुरधाम । आसन्न प्रतिनिधिसभाको निर्वाचनमा सप्तरी निर्वाचन क्षेत्र नं. २ मा त्रिपक्षीय प्रतिस्पर्धा हुने देखिएको छ। मधेस प्रदेशमा रहेको ३२ वटा प्रतिनिधिसभा निर्वाचन क्षेत्रमध्ये सबैभन्दा बढी चर्चा र चासोको रूपमा क्षेत्र नं. २ लाई हेरिएको हो । कारण हो, यस क्षेत्रमा दुई पार्टीका केन्द्रीय अध्यक्ष एक अर्काविरुद्ध चुनावी मैदानमा छन् । जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव र जनमत पार्टीका अध्यक्ष डा. चन्द्रकान्त (सीके) राउत चुनावी प्रतिस्पर्धामा छन्। यी दुईबाहेक पाँच दलीय गठबन्धनको तर्फबाट लोकतान्त्रिक समाजवादी पार्टी नेपालका जयप्रकाश ठाकुर चुनावी प्रतिस्पर्धामा हुन् । यी तीन उम्मेदवारसहित १६ जना यस क्षेत्रबाट उम्मेदवार छन्। जसपा अध्यक्ष यादव ०७४ को निर्वाचनमा यसै क्षेत्रबाट २१ हजार ६२० मत ल्याएर निर्वाचित भएका थिए । उक्त निर्वाचनमा तत्कालिन राष्ट्रिय जनता पार्टी नेपाल र संघीय समाजवादी फोरमबीच गठबन्धन भएको थियो । परिणाम स्वरुप सप्तरी २ मा झण्डै दोब्बर मत ल्याएर यादव निर्वाचित भएका थिए । उनका निकटतम प्रतिद्वन्द्वीको रूपमा माओवादी केन्द्रका उमेशकुमार यादव ११ हजार ५८० मत ल्याएका थिए भने स्वतन्त्रबाट उम्मेदवारी दिएका ठाकुरले ९ हजार ४५९ मत ल्याएर तेस्रो स्थान प्राप्त गरेका थिए । यसपालिकाे निर्वाचनमा भने यस निर्वाचन क्षेत्रमा अवस्था फेरिएको छ ।

    जसपा एमालेसँग गठबन्धन गरेर चुनावी मैदानमा छ भने पाँच दलीय गठबन्धन उनको विपक्षमा आफ्नो उम्मेदवार खडा गरेका छन् । यसअघिको निर्वाचनमा निकटतम प्रतिद्वन्द्वीकाे रूपमा रहेका उमेश यादव यस पटकको निर्वाचनमा प्रदेशमा उम्मेदवार बनेका छन् भने तेस्रो स्थान प्राप्त गरेका ठाकुर पाँच दलीय गठबन्धनबाट उम्मेदवार हुन् । गत निर्वाचनको पाँच वर्ष बित्दा सो क्षेत्रको अवस्थामासमेत परिवर्तन आएका छन् । झण्डै दोब्बर मतले निर्वाचित भएका यादव यस पटकको निर्वाचनमा संकटमा परेका हुन् । उनीसँग त्यस क्षेत्रका जनताका गुनासो धेरै छ भने एमालेसँग गठबन्धन गरेपछि त्यसको प्रभाव समेत पर्ने आकलन गरिएको छ । हालै सम्पन्न स्थानीय तहको निर्वाचनमा समेत उनको पार्टीले राम्रो पदर्शन गर्न सकेको छैन । सप्तरी २ मा चार स्थानीय तहको ३७ वटा वडा छ । महदेवा गाउँपालिका, तिलाठी कोइलाडी गाउँपालिका, छ्रिन्नमस्ता गाउँपालिका र राजविराज नगरपालिकाको ३७ वडामध्ये १७ वटा वडामा जसपा-एमालेका उम्मेदवार निर्वाचित भएका छन् भने पाँच दलीय गठबन्धनका समेत १७ वडामा उम्मेदवार निर्वाचित भएका थिए । यस्तै, जनमत पार्टीले तीन वडामा जित निकाल्न सकेको थियो । स्थानीय तहको वडाको मत अनुसार जसपाले १४ हजार ४०३ मत ल्याएर पहिलो पार्टी बनेको थियो भने क्रमशः नेपाली कांग्रेस १० हजार ८०७, लोसपा १० हजार ५३५, माओवादी केन्द्र ९ हजार ५३४, नेकपा एमाले ५ हजार ९५४ र नेकपा एसले २ हजार ३०८ मत ल्याएका थिए । यस हिसाबले पाँच दलीय गठबन्धनले ३३ हजार १८४ मत ल्याउँदा जसपा-एमाले गठबन्धन २० हजार ३५७ मत ल्याएका थिए । स्थानीय बुद्धिजिवि डा. शरद यादवले सप्तरी २ का जनताले विगत पाँच वर्षमा भएको कामकै आधारमा यहाँका जनताले मतदान गर्ने बताए । उनले विगतमा गरिएको वाचा, विकास नै जनताले खोजीरहेको भन्दै तीनै जना मुख्य प्रतिस्पर्धीको रुपमा रहेको भने । स्थानीय तहको मत परिणाम अनुसार जसपा यस क्षेत्रमा कमजोर देखिएपनि यस क्षेत्रमा सबैभन्दा बढी मतदाता यादव समूदायका रहेकाले त्यसले पनि निर्वाचन परिणाममा प्रभाव पार्ने जसपाकै नेता बताउँछन् ।

    उम्मेदवारहरूको आ-आफ्नै दाबी : जसपा अध्यक्ष यादवले यस पटकको निर्वाचनमा समेत आफ्नोलागि कुनै गाह्रो नभएको दाबी गरे । उनले भने, ‘मैले देश र जनताको लागि काम गरेको छु । जनतको अधिकारको लागि, लोकतन्त्रको लागि निरकुंशताको अन्त्यका लागि लडेको छु । मधेस जनविद्रोह मार्फत मधेसी जनतालाई सम्मान, स्वभिमान र सहभागिता दिलाउने प्रयास गरेको छु । विकास निर्माणमा अन्य जिल्ला र क्षेत्रको तुल्नामा यहाँ निकै अगाडि बढेको छ । अब यसमा गाह्रो भन्ने कुनै आउँदैन ।’अध्यक्ष यादवले विकास र अधिकार नै आफ्नो मुख्य मुद्दा रहेको भन्दै मधेसमा नागरिकताको समस्या, कृषिको समस्या, गरिबी र बेरोजगारी हल गर्ने समस्यादेखि लिएर जनसंख्याको आधारमा प्रतिनिधित्व गर्ने सवाल, आदिवासी-जनजाती, दलीतको सवाल, मुस्लिमको अधिकारको सवाल मुख्य एजेण्डा रहेको बताए । यादवले आफूले गरेको काम, जिवनभर गरेको संघर्ष र जनताले दिएको माया सदभाव आफ्नो जितको मुख्य आधार रहेको बताए । यस्तै, मुलधारको राजनीतिमा आएपछि डा. सीके राउत पहिलो पटक निर्वाचनमा भाग लिएका छन् । जनमत पार्टीबाट सप्तरी २ बाट उम्मेदवारी दिएका राउतलाई यादवको मुख्य प्रतिस्पर्धीको रुपमा मानिएको छ । राउतको पार्टीले गरेको किसान आन्दोलन र युवा तथा वैदेशिक रोजगारीमा रहेका युवाहरू सीके राउतप्रति बढी आकर्षित देखिएको छ । जनमत पार्टीका अध्यक्ष एवम् उम्मेदवार राउतले यस क्षेत्रमा आफू जित्ने प्रवल सम्भावना रहेको दाबी गरे । यस क्षेत्रमा दुईजनाबीच मुख्य प्रतिस्पर्धा रहेको भन्दै राउतले भने, ‘पाँच वर्षको मूल्यांकन गर्दा उहाँहरू कहिल्यै जनताकोबीचमा जानु भएन, कुनै काम पूरा नभएको, भ्रष्टाचारमा लिप्त भएको देखिएकाले त्यहाँका जनता जनमत पार्टीलाई जिताउन लागि परेका छन् ।’

    विपक्षीहरू अहिलेखदेखि नै मतपत्र कसरी च्यात्ने, मतपेटीका कसरी लुटने रणनीति बनाइरहेको आराेप लगाउँदै स्वच्छ रूपमा मतदान गराइदिन राउतले निर्वाचन आयोगलाई आग्रह गरे । राउत सुशासन, सेवा प्रवाह, स्वास्थ्य, शिक्षा, रोजगारी, बैदेशिक लगानी भित्राउन विभिन्न भिजनसहितका एजेण्डा लिएर चुनावमा होमिएको बताए । यता, पाँच दलीय गठबन्धनबाट उम्मेदवार बनेका ठाकुर यस निर्वाचनमा शतप्रतिशत आफू नै जित्ने आश गरेको बताए । उनले गत निर्वाचनमा स्वतन्त्रबाट आफू लड्दा करिब १० हजार मत ल्याएको र हालै सम्पन्न स्थानीय तहको मत परिणाम अनुसार विपक्षी गठबन्धनभन्दा धेरै बढी मत रहेकाले आफ्नो जित सुनिश्चित रहेको दाबी गरे । ०७४ को निर्वाचनमा सातवटा दल हुँदासमेत आफूले करिब १० हजार मत ल्याउँदा यादव २१ हजार मत ल्याएर निर्वाचित भएकाले यस पटक आफू नै निर्वाचित हुने दाबी गरे । उनले पाँच वर्षमा जनताले धेरै कुरा देखिसकेकाले यस पटक आफूलाई मत दिने दाबी गरे । उनले मधेसको विकास, शहीदको सम्मान, धर्म, संस्कृतिको विकास आफ्नो मुख्य एजेण्डा रहेको बताए ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • अनेरास्ववियु पर्साद्वारा ठाकुरराम क्याम्पसमा वृक्षारोपण कार्यक्रम सम्पन्न
  • संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा
  • सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट
  • नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    अनेरास्ववियु पर्साद्वारा ठाकुरराम क्याम्पसमा वृक्षारोपण कार्यक्रम सम्पन्न

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश

    वीरगन्ज लेडिज सर्कल ३ द्वारा नारायणी अस्पतालमा फलफुल वितरण

    सामाजिक युवा एकता क्लबद्वारा रक्तदान, ५१ जनाले गरे रक्तदान

    छपकैयाका आलमलाई उपकार सेवा नेपालद्वारा व्हिलचेयर सहयोग

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    अनेरास्ववियु पर्साद्वारा ठाकुरराम क्याम्पसमा वृक्षारोपण कार्यक्रम सम्पन्न

    News

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    News

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    News

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    News

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑