• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    पृथ्वीको जनसंख्या ८ अर्ब पुग्यो, कस्तो असर पर्ला ?

  • वीरगंज संजाल
  • २९ कार्तिक २०७९, मंगलवार १३:४७
  • १७३३

    वीरगंज । पृथ्वीको जनसंख्या ८ अर्ब पुगेको छ । मानिस जनसंख्या वृद्धि गराउन माहिर छन् । सय करोडबाट २०० करोड पुग्न १२५ वर्ष लाग्यो तर ७०० बाट ८०० करोड पुग्न १२ वर्ष मात्रै लागेको छ । १५ नोभेम्बर २०२२ मा धर्तीमा मानिसको जनसंख्या ८ करोड पार हुने यसअघि नै प्रक्षेपण गरिएको थियो । संयुक्त राष्ट्रले यो वृद्धिका लागि विज्ञान, प्रविधि, नयाँ परिवर्तन, लामो उमेर र स्वस्थ जीवनलाई जिम्मेवार बताएको छ । मानिसको जनसंख्या वृद्धिको दर केही दशकमा खस्किरहेको छ । तर यति हुँदा हुँदै पनि सन् २०३७ सम्म हाम्रो जनसंख्या ९०० करोड र २०५८ सम्म १,००० करोड पुग्नेछ । यस्तो अनुमान UN DESA को वर्ल्ड पपुलेसन प्रसपेक्ट्स २०२२ को रिपोर्टमा लगाइएको छ । संयुक्त राष्ट्रको पपुलेसन फन्डकी प्रमुख नटालिया कानेमले यो मानवीय इतिहासको कोसेढुङ्गा साबित हुने बताएकी छिन् किनभने अहिले आमा र बच्चाको मृत्यु कम हुने गर्छ ।

    नटालिया भन्छिन्, ‘मलाई मानिसको बढ्दो जनसंख्यासँग कुनै डर छैन । डर यो कुराको छ कि यसले स्रोत साधनको खपत तीब्र रुपमा बढ्नेछ । यो कुराको चिन्ता सबै देशले गर्नुपर्छ । विशेषगरी ती देशले जहाँ प्रजनन दर बढि छ । धेरै मानिसहरु यस्ता कुरामा मतलब नै गर्दैनन् । रकफेलर युनिभर्सिटीको लेबोरेटरी अफ पपुलेसनका जोएल कोहेनले ‘के म धर्तीमा अतिरिक्त छु ?’ भनेर प्रश्न गरेका छन् । उृनले लेखेका छन्, ‘धर्तीले हामी मानिसको बोझ कसरी सहन्छ । यसका दुई पक्ष छन् – पहिलो, प्राकृतिक सीमा र दोस्रो, मानिससँग भएका विकल्प ।’ जति धेरै प्राकृतिक स्रोध साधनको खपत हुन्छ, मुश्किल त्यति नै बढ्नेछ जोएल थप्छन्, ‘हाम्रो विकल्पले यो निश्चित गर्नेछ कि मानिसले कति धेरै जैविक स्रोतको प्रयोग गर्छन् । जस्तै जमिन, जल र जंगल । यदि पृथ्वीले यी चिजलाई लगातार हरेक वर्ष तीब्र गतिमा पैदा गर्छ भने मानिसले यसको प्रयोग वा खपत गर्न सक्छन् । तर खपत बढी भयो र पृथ्वीले सही समयमा पैदा वा संरक्षित गर्न सक्दैन भने मुश्किल बढ्नेछ । जमिनका लागि जंगल फँडानी हुनेछ । फँडानी हुँदा जलमा कमी आउनेछ । नतिजा प्राकृतिक प्रकोप ।’ मानिसको बानी नै हो – लोभ र मुर्खतापूर्ण काम गर्नु

    जोएल भन्छन्, ‘मुर्खतापूर्ण काम गर्नु र लोभ गर्नु मानिसको बानी नै हो । थप इन्धनका लागि जीवाश्म इन्धनको दुरुपयोग हुनेछ । फलस्वरुप कार्बन डाइअक्साइडको उत्सर्जन बढी हुनेछ । यसका कारण धर्तीमा ग्लोबल वार्मिङ बढ्नेछ । हिमनदी पग्लिनेछन् । समुद्रको जलस्तर बढ्नेछ । जमिन समुद्रमा समाहित हुनेछ । मौसम बदलिनेछ । अत्यधिक गर्मी हुनेछ । बेमौसमी वर्षा हुनेछ । चिसो छोटो वा लामो हुनसक्छन् ।’ बढ्दो जनसंख्याको हिसाबले मानिसलाई चाहिन्छ १.७५ धर्ती डब्ल्यूडब्ल्यूएफ र ग्लोबल फुटप्रिन्ट नेटवर्ककका अनुसार जुन गतिमा मानिसको जनसंख्या बढिरहेको छ, त्यो हिसाबले हामीलाई धर्ती कम हुनेछ । मानिसको आवश्यकता पूरा गर्नका लागि १.७५ धर्ती थप चाहिन्छ । अर्थात्, अहिले जति छ त्यसमा ७५ प्रतिशत थप चाहिन्छ । अब यस्तो त हुन सक्दैन । हालै सार्वजनिक भएको संयुक्त राष्ट्रको जलवायु सम्बन्धि रिपोर्ट अनुसार ग्रीनहाउस ग्यास बढी उत्सर्जन हुनुको मुख्य कारण नै बढ्दो जनसंख्या हो । जबकी बढ्दो जनसंख्या आर्थिक विकासमा पनि मद्दत गरिरहेको छ । जोएल कोहेनका अनुसार हामी मानिसलाई भविष्य हेर्न आउँदैन । सबैभन्दा बढी जनसंख्या यी आठ देशमा बढ्नेछ, जसलाई नियन्त्रण गर्न सकिने छैन संयुक्त राष्ट्रको रिपोर्ट अनुसार सन् २०५० सम्म विश्वका जुन आठ देशमा सबैभन्दा तीब्र गतिमा जनसंख्या बढ्नेछ, ती हुन् – कंगो, इजिप्ट, इथियोपिया, भारत, नाइजेरिया, पाकिस्तान, फिलिपिन्स र तान्जानिया । सन् २०५० सम्म जति पनि जनसंख्या बढिरहेको छ, त्यसमध्ये आधाभन्दा बढी योगदान अफ्रिकाको सब–सहारन देशको रहनेछ ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • गोलबजारमा युवतीद्वारा युवकमाथि डेरामै छुरा प्रहार, प्रेम सम्बन्धबाट उत्पन्न विवादको आशंका
  • पर्सा–३ मा रुपेश पाण्डे : उदाउँदो राजनीतिक तारा किशोरदेखि युवासमूहसम्मको रोजाइ, ज्येष्ठ नागरिकको भरोसा बटुल्दै
  • बाँकेमा अगुवा कार्यकर्ता भेटघाट कार्यक्रम सम्पन्न : मन्त्री राजकुमार गुप्ताको संगठन सुदृढीकरणमा जोड
  • अमेरिकाले फेरि विदेशी विद्यार्थीहरूलाई भिसा दिने प्रक्रिया सुरु गर्ने, तर शर्त पालना गर्नुपर्ने
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    गोलबजारमा युवतीद्वारा युवकमाथि डेरामै छुरा प्रहार, प्रेम सम्बन्धबाट उत्पन्न विवादको आशंका

    पर्सा–३ मा रुपेश पाण्डे : उदाउँदो राजनीतिक तारा किशोरदेखि युवासमूहसम्मको रोजाइ, ज्येष्ठ नागरिकको भरोसा बटुल्दै

    बाँकेमा अगुवा कार्यकर्ता भेटघाट कार्यक्रम सम्पन्न : मन्त्री राजकुमार गुप्ताको संगठन सुदृढीकरणमा जोड

    अमेरिकाले फेरि विदेशी विद्यार्थीहरूलाई भिसा दिने प्रक्रिया सुरु गर्ने, तर शर्त पालना गर्नुपर्ने

    इरानको सरकारी टिभी ह्याक

    इरानमाथि आक्रमण गर्न अमेरिकी सेनालाई राष्ट्रपति ट्रम्पको स्वीकृति

    लागूऔषधसहित पोखराबाट चार जना पक्राउ

    राष्ट्रिय प्रजातन्त्र पार्टीले गर्‍यो संसद वहिष्कार

    सांसद थापाले च्याते संसदभित्रै बजेट पुस्तिका

    सुरक्षित तथा पर्याप्त खानेपानी पुर्‍याउन सरकार प्रतिबद्ध छ : मन्त्री यादव

    गोलबजारमा युवतीद्वारा युवकमाथि डेरामै छुरा प्रहार, प्रेम सम्बन्धबाट उत्पन्न विवादको आशंका

    पर्सा–३ मा रुपेश पाण्डे : उदाउँदो राजनीतिक तारा किशोरदेखि युवासमूहसम्मको रोजाइ, ज्येष्ठ नागरिकको भरोसा बटुल्दै

    बाँकेमा अगुवा कार्यकर्ता भेटघाट कार्यक्रम सम्पन्न : मन्त्री राजकुमार गुप्ताको संगठन सुदृढीकरणमा जोड

    अमेरिकाले फेरि विदेशी विद्यार्थीहरूलाई भिसा दिने प्रक्रिया सुरु गर्ने, तर शर्त पालना गर्नुपर्ने

    इरानको सरकारी टिभी ह्याक

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    गोलबजारमा युवतीद्वारा युवकमाथि डेरामै छुरा प्रहार, प्रेम सम्बन्धबाट उत्पन्न विवादको आशंका

    News

    पर्सा–३ मा रुपेश पाण्डे : उदाउँदो राजनीतिक तारा किशोरदेखि युवासमूहसम्मको रोजाइ, ज्येष्ठ नागरिकको भरोसा बटुल्दै

    News

    बाँकेमा अगुवा कार्यकर्ता भेटघाट कार्यक्रम सम्पन्न : मन्त्री राजकुमार गुप्ताको संगठन सुदृढीकरणमा जोड

    News

    अमेरिकाले फेरि विदेशी विद्यार्थीहरूलाई भिसा दिने प्रक्रिया सुरु गर्ने, तर शर्त पालना गर्नुपर्ने

    News

    इरानको सरकारी टिभी ह्याक

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑