• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    गौरमा गरमागरम : माधव नेपालमाथि प्रश्नैप्रश्न, केपी ओलीलाई पनि लिएर चर्काचर्की

  • वीरगंज संजाल
  • २९ कार्तिक २०७९, मंगलवार १२:२०
  • १४६९

    वीरगंज । भारतीय सीमामा रहेको गौरको भन्सार रोड नजिकै चिया पसलमा अहिले हरेक दिन जसो चुनाव चर्चा हुने गर्छ। रौतहट प्रतिनिधिसभा क्षेत्र नम्बर १ मा पर्ने यो स्थानबाट नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपाल प्रतिस्पर्धामा छन्। त्यसैले पनि चिया पसलमा उनको पक्ष विपक्षमा चियाको चुस्कीसँगै छलफल चलिरहन्छ। २०७० सालमा नेपाल यो क्षेत्रबाट नेकपा एमालेको सूर्य चिह्नबाट लडेका थिए। त्यही सूर्य चिह्न उनले हराएका उम्मेदवार अजय गुप्ताले पाएका छन् यसपटक। गठबन्धनको साथ रहँदा पनि काठमाडौं-२ असुरक्षित देखिएपछि रौतहट झरेका माधव नेपालको नतिजा के हुन्छ? भारतीय सीमामा रहेको गौरको भन्सार रोडमासमेत चियापसलमा यसबारे छलफल चल्ने गर्छ। भन्सार रोडमा चिया पसल गर्दै आएका एक स्थानीयले यसपटक यो क्षेत्रमा नेपाल नै जित्ने दाबी गरे। भारतको सीमामा बनेको पुल देखाउँदै ती चिया पसलेले भने – माधव नेपालले पुल बनाइदिएको छ। ओलीले के गरेको छ? ‘पुलमात्र बनाएर विकास हुन्छ?’ उनको पसलमा चिया पिइरहेका भन्सार रोडका स्थानीयले चिया पसलेलाई प्रश्न गरे। कोरोनाको समयमा आफ्नो व्यापार चौपट भएको र आफ्नो १७ वर्षे छोरो गुमाएकोसमेत गुनासो चियापसलेले गरे। ओलीकै कारण देश अस्तव्यस्त भएको ती चियापसलेको आरोप थियो। तर, चिया पिइरहेका उनका ग्राहकले भने रौतहतका लागि माधव नेपालले केही नगरेको दाबी गर्दै थिए। ‘के गरेको छ रौतहटको लागि माधव नेपालले?’ गौरको मेयरमा एकीकृत समाजवादीका शम्भु साह निर्वाचित भएका छन्। साहले निर्वाचित हुनसाथ पुल बन्ने वचन दिएका रहेछन्। गौरका मेयर साहको भाषण सुनाउँदै अर्का व्यापारी आक्रोशित सुनिए। सामाजिक सञ्जालमा शम्भु साहको भाषणसँगै बाँसको पुल बनाएको भिडियो ‘ट्रोल’ भएको रहेछ। ‘पुल त बनायो तर यस्तो बनायो, बाँसको’ भिडियो देखाउँदै आफ्नो नाम मोहन यादव बताएका उनले भने। भन्सार रोडका ती व्यापारीले माधव नेपालले फ्रि भिसाबारे बोलेको भाषणको भिडियो पनि देखाए हामीलाई। ‘२० वर्षदेखि कहाँ थियो, फ्रि भिसा फ्रि टिकट बरु विदेश पठाउनुभन्दा नेपालको नागरिकलाई नेपालमै जागिर मिलाएर राख्नु नि,’ सुझाव दिनसमेत भ्याए उनले।

    नेताजस्तो मानिसले मान्छे विदेश पठाउने एजेन्टको हैसियतमा भाषण गरेको उनको भनाई थियो। त्यसो त उनले आफूलाई समस्या पर्दा नेपालले साथ नदिएको बताए। आफू पहिले माधव नेपालको ‘भक्त’ भएको उनको दाबी थियो।’के माधव नेपाल एजेन्ट हो त? इलेक्सन आएपछि एक महिनादेखि आएर यहाँ घुमेको छ। २० वर्षदेखि कहाँ बेपत्ता भयो होला? काठमाडौंमा जाँदा हाम्रो क्षेत्रको माधव नेपाललाई भेटौं भन्दा त्यो पनि छैन। म पनि माधव नेपालको भक्त थिएँ। त्यसको लागि वडा मेयरमा जिताउन रातभरि बाइक कुदाएको। भोटरलाई किन्छ भनेर,’ यादवले भने, ‘मेरो एउटा समस्या आउँदा माधव नेपाल कहाँ छ फोन गर्दा उठाउँदैन। त्यसको कार्यकर्ताले उठाउँदैन। भेट गराउँ भन्दा गराएन। एक हप्ता काठमाडौंमा रोएर बसेको थिएँ। मैले कांग्रेसीलाई पक्रे। त्यसपछि मेरो नाइट बस छुटाइदियो।”पब्लिकको मत नै अजय गुप्ताको पक्षमा छ,’ उनको दाबी थियो। गुप्ता स्थानीय निर्वाचनमा लोकतान्त्रिक समाजवादीबाट गौरका मेयरमा प्रत्यासी थिए। चुनावको मनोनयनअघिमात्र उनी एमाले पसेर टिकट लिएका हुन्। मधेसी जनाधिकार फोरमबाट २०७० मा नेपालसँग भिडेका उनी त्यतिबेला पराजित भएका थिए।त्यही पसलमा आइपुगेका अर्का ग्राहकले भने माधव नेपालले नै बाजी मार्ने बताए। ‘माधव नेपाल स्योर जित्छ। राजदेवी नगरपालिकामा सबै एकीकृत समाजवादी हो,’ उनले भने।अजय गुप्ता मधेश मुद्दा त्यागेर आएकाले जितको कुनै सम्भावना नरहेको उनको भनाई थियो। ‘अजय मधेशवादी दलमा राजनीति गरेर आएका व्यक्ति हुन्। साइकल छापबाट उनी आएका हुन्,’ उनी भन्दै थिए, ‘नेपाल वजनदार छ। जित्यो भने काम गर्न सक्छ।’

    माधव कुमार नेपालको प्रचारका लागि टाँसिएको पोस्टर र गौरस्थित उनको घर : कांग्रेसबाट विद्रोह गरि क्षेत्र नम्बर १ (क) बाट स्वतन्त्र उम्मेदवार बनेका प्रभात केशरीले पनि प्रतिनिधिसभामा नेपालको मत राम्रो आउने बताए।’कार्यकर्ताहरु गाउँगाउँ पुगेका छन्। गठबन्धनकै दबदबा छ। माधव नेपाल इन्टरनेसनल लेभलको नेता। प्रधानमन्त्री भएको मान्छे,’ केशरीले भने, ‘केही आरोप छ गौरमा बस्नुहुन्न भन्ने। तर १० – १५ हजार मत बढीमा जित्नुहुन्छ।’नेपालले गौरमा विकासका योजनाहरु प्रशस्तै ल्याए पनि ती पुरा नभएको स्थानीयको आरोप छ। गौरको बसपार्क नजिकैको पुल बन्न नसक्दा बर्षायाममा डुबानमा पर्ने उनीहरुले सुनाए।रौतहट १ मा गौर नगरपालिका, राजदेवी नगरपालिका, माधवनारायण नगरपालिका, दुर्गा भगवती गाउँपालिका र जमुनामाई गाउँपालिका नेता नेपालको निर्वाचन क्षेत्रमा पर्छन्। त्यसैगरी गढीमाई नगरपालिकाका ६, ७ र ८ तथा गरुढा नगरपालिकाको १ नम्बर वडा पनि यही निर्वाचन क्षेत्रमा पर्छ।गौर नगरपालिका र राजदेवी नगरपालिकामा एकीकृत समाजवादी विजयी भएको थियो। कांग्रेसको जनमत आफ्नो पक्षमा पार्न नेता नेपालले रौतहट १ का दुबै प्रदेशका क्षेत्र कांग्रेसलाई छाडेका छन्। यहाँ प्रदेश (क) बाट कांग्रेसका नागेन्द्र साह र (ख) मा मधेश प्रदेशका कांग्रेस सभापतिसमेत रहेका कृष्णा यादव गठबन्धनबाट उम्मेदवार छन्।स्थानीय तह निर्वाचनको मत परिणामअनुसार रौतहट १ मा एकीकृत समाजवादी पहिलो शक्ति हो। रौतहट १ मा एकीकृत समाजवादीका वडाध्यक्षले १८ हजार ५ सय मत प्राप्त गरेका थिए।त्यसैगरि कांग्रेसले १३ हजार ९ सय ४६, लोसपाले १० हजार १ सय ४०, जसपाले ७ हजार ६ सय १७, एमालेले ७ हजार १ सय १७, माओवादी केन्द्रले ६ हजार ६ सय ९१ मत प्राप्त गरेका थिए।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • आज सोमवारको राशिफल
  • पर्सामा सशस्त्र प्रहरीले छापामारी गरी ६ लाख ९८ हजार बराबरको कपडा बरामद
  • उच्च युरिक एसिड भएकाले यी कुरा नखानुहोस्
  • मेवाको पातको रस यी ५ समस्या भएकाहरुले अवश्य पिउनुहोस्!
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    आज सोमवारको राशिफल

    पर्सामा सशस्त्र प्रहरीले छापामारी गरी ६ लाख ९८ हजार बराबरको कपडा बरामद

    उच्च युरिक एसिड भएकाले यी कुरा नखानुहोस्

    मेवाको पातको रस यी ५ समस्या भएकाहरुले अवश्य पिउनुहोस्!

    हत्या अभियोगमा एक जना पक्राउ

    बिना अक्सिजन धौलागिरीको चुचुरोमा पुगे पाकिस्तानी आरोही

    दक्षिण लेबनानमा स्थानीयबासी र संयुक्त राष्ट्रका शान्ति सैनिकबीच झडप

    भारतलाई निःशुल्क शालिग्राम दिइएको भन्दै गौतमको आपत्ति

    कांग्रेस–एमालेले उपसभामुखलाई हटाउन खोज्दैछन् : सांसद सिंह

    ३ जना मृतावस्थामा फेला

    पर्सामा सशस्त्र प्रहरीले छापामारी गरी ६ लाख ९८ हजार बराबरको कपडा बरामद

    मेवाको पातको रस यी ५ समस्या भएकाहरुले अवश्य पिउनुहोस्!

    हत्या अभियोगमा एक जना पक्राउ

    बिना अक्सिजन धौलागिरीको चुचुरोमा पुगे पाकिस्तानी आरोही

    दक्षिण लेबनानमा स्थानीयबासी र संयुक्त राष्ट्रका शान्ति सैनिकबीच झडप

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    आज सोमवारको राशिफल

    News

    पर्सामा सशस्त्र प्रहरीले छापामारी गरी ६ लाख ९८ हजार बराबरको कपडा बरामद

    News

    उच्च युरिक एसिड भएकाले यी कुरा नखानुहोस्

    News

    मेवाको पातको रस यी ५ समस्या भएकाहरुले अवश्य पिउनुहोस्!

    News

    हत्या अभियोगमा एक जना पक्राउ

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑