बिरगंज । बेलवा ३१ मा घरदैलो र कोण सभा सम्पन्न भएको छ । बिरगंज -३१ बेलवामा रात्री कोण सभा साथै घरदैलो कार्यक्रम सम्पन्न भएको छ। पर्सा क्षेत्र १ (ख) मा पाच दलिय लोकतान्त्रिक बाम गठबन्धनका साझा उम्मेदवारहरु प्रतिनिधिसभा का उम्मेदवार लोसपा का लक्ष्मणलाल कर्णको कोण सभा कार्यक्रम को आयोजनामा विभिन्न पार्टी का नेता कर्याकर्ता को बाक्लो उपस्थिति रहेको थियो ।
वीरगन्ज ३१ नम्बर वडा को विभिन्न टोल टोलको घर घरमा पुगेर मतदाताहरु संग भेटघाट गर्दै जित को आशिर्वाद लिएका छन ।
सो कार्यक्रममा विभिन्न दलका नेता , महिला ,युवा कार्यकर्ताहरुको बाक्लो सहभागिता रहेको थियो ।
कार्यक्रम कै क्रममा कर्णले मधेसका जनताको त्याग र बलिदानबाट प्राप्त उपलब्धिलाई समाप्त पार्ने तत्वहरुको नक्कलि चेहरा जनताको सामु उजागर भैसकेकोले त्यस्ता भ्रष्टाचारी बहुरुपिया गठबन्धनलाई यसपटक जनताले परास्त गर्ने जिकिर गर्नुभयो । आफै उमेदवार र अफनै श्रीमती लाई समानुपातिक दिनेलाई जनताले बिचार गर्छ योपालि ? गठबंधनको आन्धी र बर्सात ले छाता र माछा को पता साफ हुन्छ भने पनि जिकिर गर्णुभएको थियो ।
उहाँहरुले अहिलेको नेपाली काङ्ग्रेसको नेतृत्वको ५ दलिय बाम लोकतान्त्रिक गठबन्धन देश जनता लोकतन्त्र संविधान लाई बचाउदै बिकास समृद्धि तिर देश लाई लगिरहेकोले तपाईं सम्पूर्णले हातेमालो गरि ५ दलिय गठबन्धनका उम्मेदवारहरु लाइ अत्यधिक मत दियेर बिजयी बनाउन आजको आवस्यकता रहेको भन्दै आआफ्नो अमुल्य मत दिन आग्रह समेत गरेका छन ।
कर्ण लाई वडा का अग्रज , महिला ,युवा मतदाताहरुले जित को अग्रिम बधाई तथा शुभकामना दियेका थिए साथै तपाईं इमानदार पढेलेखेका सुयोग्य बिद्धवान बिकासप्रेमी उम्मेदवार भएको भन्दै थप हौसला प्रदान गरेका थिए ।