वीरगञ्ज । वीरगञ्ज महानगरपालिकाका पूर्व मेयर बिजय कुमार सरावगी पनि एमालेलाई जिताउन खुलेर लागेका छन् । पर्साको क्षेत्र नम्बर १ (क) बाट नेकपा एमालेको उम्मेदवार बिचारी यादवलाई जिताउन सरावगी खुलेरै लागेका हुन् ।
यस अघि पर्साको क्षेत्र नम्बर २, ४ मा गएर एमालेका उम्मेदवारहरुलाई जिताउन मत अपिल गरेका सरावगीले आज क्षेत्र नम्बर १ (क) को उम्मेदवार बिचारी यादवसँग पनि घरदैलो गरेका छन् । सबैठवामा एमालेको सयुँक्त घरदैलोका क्रममा सहभागी सरावगीले एमालेलाइ जिताउन अपरिहार्य भएको बताए ।
पाँच दलीय सत्ता गठबन्धनलाई परास्त गर्नका लागि एमालेलाइ जित्नुपर्ने सरावगीको भनाई छ । सो अवसरमा नेकपा एमालेका नेता डा. बिशम्भर शर्मा, शम्भु प्रसाद गुप्ता, प्रदेश सभा सदस्यका उम्मेदवार बिचारी यादव लगायत एमालेका नेता एवम् कार्यकर्ताहरुको उल्लेख्य उपस्थिती रहेको थियो ।